Monday 21 April 2014

नयाँ शक्ति : भावुकता र उत्तेजना

मङ्गलबार ९ बैशाख, २०७१

  • अर्जुनबहादुर अयडी
  • 1

नेपालमा नयाँ र पुरानो शक्तिको खेल नयाँ होइन। विसं २००७ सालयता नयाँ र पुरानो शक्तिको खेल निरन्तर चल्दै आएको छ। राणाविरुद्धको आन्दोलनमा राजा र तत्कालीन आन्दोलनकारीले आफूलाई नयाँ शक्ति मान्थे। विसं २०१७ मा राजा महेन्द्रले आफूलाई नयाँ शक्तिका रूपमा पेश गरे। विसं २०४६ मा नेपाली कांग्रेस र नेकपा (एमाले)ले आफूलाई नयाँ शक्ति ठाने। यस्तै २०५२–२०६५ सालका बीच नेकपा (माओवादी)ले आफूलाई नयाँमात्र होइन क्रान्तिकारी नयाँ शक्ति प्रमाणित गर्ने प्रयास गर्योा। अनि २०६४ सालपछि अरुले पनि आफूलाई नयाँ शक्तिका रूपमा प्रस्तुत गर्दैआएका छन्। देश राजतन्त्रबाट गणतन्त्रमा पुगिसक्ता पनि नयाँ र पुरानोको खेल समाप्त भएको छैन। फेरि एकचोटी नयाँ र पुरानो शक्तिको चर्चा शुरु भएको छ। राजनीति गर्नेका लागि नेपालमा 'नयाँ शक्ति' एउटा राम्रै बहाना बनेको छ। हरेक नयाँ शक्ति राजनीतिक परिवर्तनपछि पुरानोमा परिवर्तन हुनेबाहेक देश र जनताका पक्षमा खासै उपलब्धि भने भएको देखिँदैन। 

राजनीति राष्ट्र निर्माणको प्रक्रिया तथा राष्ट्र विकासको माध्यम हो। नेपालमा यसलाई भावुकता, भ्रम, आवेग, संवेग तथा उत्तेजनाको खेल बनाइँदै आयो। राजनीतिलाई आवेगको खेल बनाउने क्रममा कहिले राष्ट्रियता, कहिले धर्म, कहिले जातजाति, कहिले भाषाभाषी त कहिले भौगोलिक क्षेत्रलाई अघि सारियो। राष्ट्रलाई कहिले सिंगापुर त कहिले स्वीजरल्यान्ड बनाउनेमात्र होइन, 'जग्गा जोत्नेको घर पोत्नेको' जस्ता नाराले गरिब जनतालाई भ्रममा पार्ने काम गरियो। यही आवेग तथा भ्रमपूर्ण राजनीतिको निरन्तरता हो नया“ शक्तिको प्रसंग।

राजनीतिमा चार स– सहनशीलता, संयम, संवेदनशीलता र सदाचारको महत्वपूर्ण भूमिका हुन्छ। सहनशीलता, संंयम, संवेदनशीलता र सदाचारविहीन राजनीति भावुकता, भ्रम, आवेग, संवेग तथा उत्तेजनाको पोको बन्न पुग्छ। यसले देशलाई भुमरीमा जाक्नेबाहेक केही गर्दैन। नेपालका कथित कम्युनिस्ट र अवसरवादीहरू सहनशीलता, संंयम, संवेदनशीलता र सदाचार बिना राजनीति गर्न सबैभन्दा अघि देखिँदै आएका छन्। उनीहरु लोकतन्त्रका सबै सुविधा उपभोग गर्छन्, प“ुजीवादको रसस्वादन गर्छन्। लोकतन्त्र र पुँजीवादका मान्यताबाट व्यक्तिगत वा गुटगत स्वार्थमा असर पर्नेबित्तिकै भावना, भ्रम, आवेग, संवेग तथा उत्तेजनालाई हतियार बनाउँछन् र गरिब जनतालाई भ्रममा पार्न नया“ शक्तिको मुकुन्डो लगाउँछन्। नेपालका कथित कम्युनिस्ट पार्टीहरूको टुटफुट अनि आफूलाई मार्क्सवादका मसिहा ठान्ने कथित बुद्धिजीवीको जीवनशैली नियाले यसको वास्तविकता छर्लंग हुन्छ। नेपालका कम्युनिस्ट र केही अवसरवादीमा जरा गाडेर बसेको यही असहिष्णुता, संयमहीनता, संवेदनहीनता र दुराचार (ढोंग) नै नेपाली राजनीतिको प्रमुख अवरोध हो। यही भावकुता, भ्रम, आवेग, संवेग तथा उत्तेजनाको पछिल्लो रुप हो नया“ शक्तिको चर्चा। 

नया“ शक्ति र क्रिया प्रतिक्रिया 
पूर्व प्रधानमन्त्री तथा एनेकपा (माओवादी)का नेता बाबुराम भट्टराईले केही समय पहिला एक लेखमार्फत नेपालको प्रगति तथा उन्नतिका लागि नया“ शक्ति आवश्यक भएको धारणा व्यक्त गरेसँगै प्रतिक्रियास्वरूप विभिन्न धारणा सार्वजनिक भइरहेका छन्। यस्ता धारणामा पक्ष विपक्षमा देखिनु स्वाभाविकै हो तर भट्टराईको नया“ शक्तिको कुरा सुन्ने बित्तिकै नेपाली विद्वान्हरूलाई भावुक र उत्तेजित बनाएको देखियो। उनको नया“ शक्तिको प्रस्तावले समग्रमा नेपाली बुद्धिजीवीमा कस्तो तरंग उत्पन्न गरायो कुन्नि तर आफूलाई मार्क्सवादी ठान्नेजति अधिकांश प्रस्तावको विपक्षमा देखिए भने आफूलाई लोकतन्त्रका पक्षधर मान्ने कतिपय पक्षमा देखिए। 

भट्टराईले भनेको वास्तविक नया“ शक्ति के हो? कसैले पनि त्यस नया“ शक्तिको पूर्ण खाका तथा त्यसको भावि दृष्टिकोणको माग गरेको देखिएन। सबै आफ्नै भावुकता तथा उत्तेजनाको डंका पिट्दै पक्ष विपक्षमा बा“डिए। लेखमार्फत् आफूलाई पक्ष विपक्षमा उभ्याउने प्रतिस्पर्धा गरेपनि तिनले संप्रषण गरेका संदेशमा भने भिन्नताभन्दा समानता धेरै देखिएका छन्। सबैले आआफ्ना डम्फु बजाउने क्रममा अनुमानका डंगुर लगाएको देखियो। डंगुरभित्रका केही अनुमान यस्ता छन्ः १। बाबुरामले पार्टी फुटाउने भए। २. नया“ शक्तिको आडमा बाबुरामले सके अहिलेकै पार्टीको नेतृत्व हत्याउने नसके आफ्नो नेतृत्वमा पार्टी खोल्ने भए। ३. बाबुराम कम्युनिस्ट विचारबाटै अलग हुन खोजे आर्थात् या त उनले अहिलेकै पार्टीलाई गैरकम्युनिट बनाउने भए नभए गैरकम्युनिस्ट नया“ समूहको नेतृत्व गर्ने भए। ४. बाबुरामको नया“ प्रस्तावसँगै वैद्य र प्रचण्ड समूह एक हुने भए। यिनमा महत्वपूर्ण समानता के देखियो भने सबैजसो विचार यर्थाथपरक र व्यावहारिकभन्दा भावुकता, उत्तेजना, आवेग तथा संवेगमा आएर लेखिएका थिए। उदाहरणकारुपमा दुईवटा लेखको सार हेरौँ। नया“ शक्तिका समर्थक एक जना कति भावुक भए भने बाबुराम भट्टराईले भनेको नया“ शक्तिको रुपरेखा, आकार, प्रकार, स्वभाव, अनि लक्ष्य एवं उद्देश्य के हो भन्ने बारेमा प्रष्टै नभई प्रस्तावित नया“ शक्ति जन्मनेबित्तिकै नेपाली लाकतन्त्रले गुक्ति पाउने र आर्थिकरूपमा देशको कायापलटनै हुने ठोकुवा गर्न पुगे। त्यसको प्रतिवादमा नया“ शक्ति विरोधी अर्का एक जना चाहिँ व्यक्तिगत तहकै आरोपका पर्रा छाड्ने गरी उत्तेजित भए। यसले के देखाउँछ भने हाम्रा राजनीतिकर्मीमात्र होइन पढेलेखा विद्वान् भनिनेहरूमै लाकतान्त्रिक संस्कार छैन। उनीहरू निहित स्वार्थ, भावुकता, भ्रम, आवेग, संवेग तथा उत्तेजना भन्दामाथि उठ्न सकेका छैनन्। तिनले बोली र व्यवहारमा एकरुपता ल्याउन सकेकाछैनन्। विद्वान् कहलिएकाहरूकै यस्तो अवस्था छ भने समाजका अन्य सदस्यबाट के अपेक्षा गर्ने? 

मानिसलाई स्वार्थले संकुचित बनाउँछ, भावुकताले भ्रमित पार्छ, आवेग, संवेग तथा उत्तेजनाले विवेकहीन बनाउँछ भन्ने जान्दाजान्दै कसरी त्यस्ता मानिसद्वारा व्यक्त विचार तथा गर्ने व्यवहारले देश उभोलाग्ला भनेर विश्वास गर्ने?साच्चै राष्ट्र निर्माण गर्ने नै हो भने सर्वप्रथम निहित स्वार्थ, भावुकता, भ्रम, आवेग, संवेग तथा उत्तेजनाबाट बाहिर निस्कनै पर्छ र पाखण्डी व्यवहार त्याग्नै पर्छ।
- See more at: http://nagariknews.com/opinion/story/16862#sthash.y2C2WOkR.dpuf

Tuesday 8 April 2014

भारतीय लोकतन्त्रमा आम आदमीको प्रभाव

- अर्जुनबहादुर अयडी

नयाँ उदाएको आम आदमीका कारण ठूला पार्टीहरूको शक्ति अझ्ा घटेर साना र क्षेत्रीय दलहरूको प्रभाव बढ्ने देखिन्छ।
विश्वको ठूलो प्रजातान्त्रिक मुलुक भनिने भारत १६औं लोकसभा (संसद्को तल्लो सदन) को निर्वाचनको सँघारमा छ। २४ चैतदेखि २९ वैशाखसम्म ९ चरणमा हुने निर्वाचनले २८ प्रान्त र ७ युनियन टेरीटोरीबाट ५४३ जना सांसद् चयन गर्नेछ।
निर्वाचनको ६७ वर्ष लामो यो प्रक्रियाले उही प्रकारका प्रतिनिधि छान्ने गरेको आलोचना हुने गरेको छ। सन् १९४७ मा अंग्रेजबाट स्वतन्त्र भएपछि भारतमा हालसम्म एकदर्जन व्यक्ति प्रधानमन्त्री बने। नेहरू र गान्धी परिवारबाहेक पीभी नरसिंह राव, अटलबिहारी वाजपेयी र मनमोहन सिंहले मात्र पूरा कार्यकाल बिताए। भारतले शुरूको २५ वर्ष प्रतिपक्ष विना (पहिलो लोकसभा निर्वाचन १९५२ देखि १९७७ सम्म) संसदीय लोकतन्त्रको अनौठो अभ्यास गर्‍यो। दुई जना प्रधानमन्त्री (एक पदासीन र एक भूपू) को हत्या भयो भने १९७५―७७ मा संकटकाल (इमर्जेन्सी) लाग्यो।
गठबन्धनको बाध्यता
१९९१ मा गठित राव सरकारपश्चात् कुनै पनि दलले एकल सरकार निर्माण गर्न सकेका छैनन्। यसले भारतमा गठबन्धन सरकार बाध्यता बन्दै गएको देखाउँछ। तर गठबन्धन संस्कृतिको विकास भइसक्यो भन्ने अवस्था भने छैन। यसैगरी, ६ दशक लामो भारतीय लोकतन्त्रले अझ्ै निश्चित दिशा तय गर्न नसकेको पनि बताइँदैछ। त्यसो त, लोकतन्त्र आफैंमा प्रक्रिया भएकाले यो परिवर्तनशील हुन्छ पनि भनिन्छ। तर परिवर्तनको अर्थ अस्थिरता होइन। भारतीय लोकतन्त्र अझै परिपक्व नहुनुमा प्रमुख राजनीतिक दलप्रति आमनागरिकको आकर्षण घट्नु र क्षेत्रीय तथा समुदायकेन्द्रित दलहरूको प्रभाव बढ्नुलाई एउटा कारण मानिएको छ।
तर, क्षेत्रीय तथा समुदायकेन्द्रित दलहरूले केन्द्रीय सरकार निर्माणमा प्रभाव पारे पनि नेतृत्व भने अझै गर्न सकेका छैनन्। त्यही कारण सन् ९० को दशकदेखि भारतीय जनता पार्टी (भाजपा) ले राष्ट्रिय लोकतान्त्रिक गठबन्धन (एनडीए) र भारतीय राष्ट्रिय कंग्रेस (कंग्रेस आई) ले संयुक्त प्रगतिशील गठबन्धन (यूपीए) बनाएर सरकार बनाउने गरेका छन्। उनीहरूको गठबन्धनमा वेलाबखत उतारचढाव आए पनि चलिरहेकै छन्। यस्तो अवस्थामा हुन लागेको निर्वाचनको सम्भावित नतिजाबारे चर्चा चलिरहेको छ। आम आदमी पार्टी (आप) ले राष्ट्रिय निर्वाचनमा गरेको डेब्यूले यस्तो चर्चालाई अरू रोचक बनाएको छ।
हराउने पार्टी
दिल्ली विधानसभा निर्वाचनमा दोस्रो ठूलो दल बनेर चर्चामा आएको आप लोकसभा निर्वाचनमा सम्पूर्ण बलबुता लगाएर होमिएको छ। ४२६ क्षेत्रमा उम्मेद्वारी घोषणा गरिसकेको यसका नेताहरूले ५०० क्षेत्रमा उम्मेद्वारी दिने बताएका छन्। निर्वाचनमा सम्मानजनक नतीजा ल्याउने विश्लेषक र यसका नेताहरूको अनुमान छ। तर, सर्वेक्षणहरू, निर्वाचनमा देखिएको माहोल र उम्मेदवारी मनोनयनले आपको उपस्थिति निर्वाचन परिणाममा सामान्य तल–माथि पार्न सक्ने भए पनि समग्र परिणामको 'प्याटर्न' मा उल्लेखनीय प्रभाव पार्ने देखिंदैन। भलै, आपको डेब्यू अघि जस्तो भाजपाका नेता नरेन्द्र मोदी अहिले निर्विकल्प प्रधानमन्त्री रहेको देखिदैन भने अब मोदीको सम्भावना टरिसक्यो भन्न पनि मिल्दैन। आपको उम्मेदवारीलाई हेर्ने हो भने यसले जित्ने भन्दा पनि भाजपा र कंग्रेस आईको जित–हारलाई प्रभावित पार्न सक्ने देखिन्छ। अर्को शब्दमा भन्दा आपले जित्ने भन्दा अरूलाई हराउने सम्भावना बढी छ।
त्यसो भएमा प्रमुख दलहरू संकुचित बन्नेछन् भने क्षेत्रीय तथा साना दलहरूको केन्द्रीय सत्तामा प्रभाव अरू बढ्नेछ। गठबन्धनमा हिस्सेदारहरूको संख्या बढ्दा केन्द्रीय सरकारको स्थिरतामा अरू जटिलता थपिनेछ। क्षेत्रीय र साना पार्टी बलियो भएर केन्द्रीय सरकार कमजोर हुँदा बहुध्रुवीय विश्वमा भारतीय लोकतन्त्र अरू बलियो हुने हो वा संकटमा फस्ने हो भन्ने हेर्न चाहिं भविष्य पर्खनुपर्नेछ। तर, भारतको लोकतन्त्रको सुदृढीकरण र आर्थिक समृद्धिका लागि आगामी दिन त्यति सहज हुने छैन भन्ने चाहिं अहिले नै भन्न सकिन्छ।
हिमाल खबर पत्रीका: २३-२९ चैत्र २०७० / 6-12 April 2014

Friday 4 April 2014

नेपाली संविधानसभा र महिलाको भूमिका

अर्जुनबहादुर अयडी
कुनै पनि देशको शासन पद्दति त्यति बेला मात्र लोकतान्त्रिक हुन्छ जब त्यस देशका आमनागरिकहरुको शासन संञ्चालन प्रक्रियामा समान सहभागिता हुन्छ  लोकतन्त्रक विनाको शासन पद्दतिले कुनै पनि देशलाई प्रगति उन्मुख गराउन सक्तैन नेपालको आधुनिक इतिहाँसका २३७ बर्षलाई फर्केर हेर्ने हो भने नेपालले विभिन्न शासन पद्दतिहरु (राजाको प्रत्यक्ष शासन, राणाको पारिवारिक निरंकुश शासन तथा प्रजातान्त्रीक शासन प्रणाली) अबलम्वन गऱ्यो तर यी कहिल्यै पनि लोकतान्त्रिक शासन प्रणाली हुन सकेनन् जसको परिणाम तपाँई हामी सबैका सामुन्ने यस बारेमा बढी चर्चा परिचर्चा गरिरहनु आवश्यक जस्तो लाग्दैन इतिहाँसले आज पुन : एकचोटि नेपाली नागरिकहरुलाई एक गम्भिर मोडमा ल्याएको , आम नेपालीहरुले आफ्नो तथा भावी सन्ततिको भविष्यको मार्ग निर्धारण गर्ने बेला आएको त्यसकारण कुनै जात, जाति ,धर्म , वर्ण , लिङ्ग, विचार नभनी आप्mनो क्षेत्रबाट सक्दो रुपमा सकारात्मक भूमिका निर्वाह गरि आप्:mनो तथा भावि सन्ततिको भविष्य उज्वल बनाउने राष्ट्रलाई प्रगति उन्मुख गराउने बेला आएको यस्तो स्थितीमा ५०% भन्दा बढि जनसंख्या ओगटेका नेपाली महिलाहरु जसले नेपालको आधुनिक इतिहाँस शुरु हुनु पहिले देखिनै राष्ट्रलाई ठूलो योगदान गरेका छन तिनीहरुले पुन: एकचोटि आफ्नो लागि सिंगो राष्ट्रकालागि आफ्नो तर्फबाट महत्वपूर्ण सकारात्मक भूमिका निर्वाह गर्नु जरुरी देखिएको त्यसैले भविष्यमा गरिने भनिएको संविधानसभाका सम्वन्धमा महिलाको भूमिका के हुन सक्छ भन्ने बारेमा निम्न अनुसार उल्लेख गर्न सकिन्छ

             संविधानसभाको बिषयगत प्रष्टता महिलाको भूमिका
यद्दपि संविधानसभाको बिषय विश्व जगतका लागी नौलो कुरो होइन नेपालमा पनि विगत ५६ वर्ष देखि बेला बेलामा विभिन्न क्षेत्र पक्ष बाट पनि उठ्दै आएको मुद्दा वा बिषयवस्तु हो वर्तमानमा यो बढि चर्चा परिचर्चा एवं छलफलमा आयो बुझेर वा नवुझेर आमनागरिकको मुद्दा वा माग बन्न पुगेको तापनि आम नेपाली नागरिकहरु अझ विशेषत : महिला समुदाय बैचारिक सैद्दान्तिक रुपमा संविधानसभाको अर्थ, परिभाषा यसको ऐतिहाँसिक पृष्ठभूमी ,आवश्यक्ता , औचित्य , महत्व ,यसको प्रक्रिया ,प्रारुप एवं स्वरुप ,लगायत यसका चुनौती सम्भावित परिणाम वारेमा प्रष्ट भइसकेको स्थिति छैन त्यसकारण सम्पूर्ण महिलाहरुले यस बारेमा बुभm्ने बुझिसकेकाले अन्य महिला तथा आम नागरिकहरुलाई बुझाउने कार्य गरी यस सम्वन्धमा प्रष्टता ल्याउन महत्वपूर्ण भूमिका निर्वाह गर्नु पर्दछ यदि यस बिषयको प्रष्ट ज्ञानविना निर्णयतिर गयौं भने त्यसभन्दा घातक अन्य केहि नहुन सक्दछ त्यसैले संविधानसभाको विषयबस्तुका बारेमा प्रष्टता ल्याउने काममा जनसंख्याको ५०% भन्दा बढि जनसंख्या ओगटेको महिला समुदायले जिम्मेवारीका साथ गर्नु पर्दछ भन्ने बेलामा आधा आकाश ढाकेका महिला समुदाय हो भन्ने गर्ने बेलामा केहि नगर्ने हो भने त्यो भनाइमा कुनै तुक रहने छैन त्यसैले भनाई जस्तै व्यबहार गर्न पनि आम नेपाली महिला समुदाय आजै बाट अघि बढ्नु पर्दछ।

             संविधानसभाको घोषणा महिलाको भूमिका
नेपालको संवैधानिक इतिहाँस लाई हेर्ने हो भने नेपालमा जति पनि संविधान अस्तित्वमा आए ति सबै शासक बाट उपहार स्वरुप प्रदान गरिए जसको परिणाम आम नेपाली जनताहरु (विशेष गरेर महिला) शासकिय प्रक्रियाबाट टाढै बस्नु पऱ्यो त्यति मात्र नभइ नागरिकको हैसीयत सम्म पनि नपाई रैतिका रुपमा बाँच्न बाध्य हुनुपरेको कुरा सबैका सामु जगजाहेर त्यसकारण अहिले मौका आएको रैती बाट नागरिक बन्ने मात्र नभई सार्वभौमसत्ता सम्पन्न नागरिक बनी शासन प्रक्रियामा सहभागि हुन पाउने गरि संविधान निर्माण गर्ने प्रक्रियाको तय गर्ने, त्यसैले वर्तमान स्थितिलाई मध्यनजर गर्दै अहिले सम्म बञ्चित रहदै आएका आम नागरिकहरुलाई आफ्ना लागि आफै संविधान बनाई घोषणा गर्ने विश्वमा प्रचलित सबैभन्दा लोकतान्त्रिक पद्दति संविधानसभा मार्फत संविधान निर्माण गर्नका लागि छिटो भन्दा छिटो संविधानसभाका लागि निर्वाचनको घोषणा गर्नको लागि सरकारलाई दवाव नदिने लविङ नगर्ने हो भने विगतको इतिहाँस नदोहोरिएला भन्न सकिदैन यदि विगतको इतिहाँस दोहोरिएको खण्डमा यसका दोषि अरु कोहि नभइ आम नेपाली नागरिकहरुनै ठहरिनेछन् त्यसमा पनि आधा हिस्सा ओगटेका नेपाली महिलाहरु बढी जिम्मेवार ठहरिने छन् त्यसैले भन्न मन लागि रहेको आधा आकाश ढाकेको गर्व गर्ने नेपाली महिलाहरुको बलबुता क्षमताको परिक्षाको घडि आएको परिक्षमा पास हुने कि फेल नेपाली महिलाहरु आफैले तय गर्नुृ पर्छ।
             संविधानसभाको गठन महिलाको भूमिका
विश्वमा संविधानसभाको गठनका लागि विभिन्न प्रक्रियाहरु अवलम्वन गरिदै आएको पाइन्छन त्यस कारण नेपालमा संविधानसभाको गठन के कस्तो प्रक्रियाबाट गरिनु पर्छ भनि तय गर्न आम नेपाली महिलाहरुले कुनै पनि बैचारिक आस्था, धर्म, वर्ण, जातजाति को आधारमा विभेद नगरी कसरी आफ्नो बढि भन्दा बढि प्रतिनिधित्व संविधानसभामा गराउन सकिन्छ त्यसको र्निक्यौल गर्नु पर्छ त्यसलाई मूर्त रुप दिन सक्दो प्रयास गरिनु जरुरी यदि त्यसो नगरि विभिन्न आधारमा महिलाहरु नै आफ्नो सामुहिक हितका लागि एकजुट नभई विभक्क्त हुने हो भने पछिदु: पाईस मंगले आफनै ढंगलेभनि पछुताउनु बाहेक अर्को कुनै विकल्प रहदैन त्यसैले समयमै बोलि भन्दा व्यवहारबाट महिलाहरुले आफ्नो व्यक्तिगत स्वार्थलाई थाति राखि सामुहिक स्वार्थका लागि लड्नुपर्ने बेला आएको छ। यदि आएको मौकालाई सहि रुपमा बुझि त्यसको प्रयोग गर्न नसके भविष्यमा महिलाहरुकालागि समाज, संस्कार , धर्म पुरुषहरुलाई सत्तोसराप गाली गर्दै बस्नु बाहेक अर्को कुनै उपलब्धी हाँसिल हुने छैन त्यसैले आम नेपाली दिदी बहिनीहरुलाई मेरो व्यक्तिगत आग्रह समयमै तपाँईहरुको बल , बुद्दि क्षमताको उपयोग गर्नुहोस् संविधानसभामा बढि भन्दा बढि आफ्ना सक्षम महिला प्रतिनिधिहरु पठाउने कार्यमा लाग्नुहोस होइनभने भविष्यमा तपाँईहरुका रोदन, चित्कार , आक्रोश सत्तोसराप गालीको कुनै अर्थ हुने छैन

             संविधानको निर्माण महिलाको भूमिका
हुनत संविधानसभाको गठन हुने हो कि होइन भन्ने अन्यौल रहिरहेको बेला यस भन्दा पहिले छलफल गरेको संविधानसभामा महिलाहरुको प्रतिनिधित्वको बारेमा यस बुंदामा उल्लेख गर्न खोजिएको कुराको औचित्य कति हुन्छ त्यो आफैमा विवादास्पद हुन सक्दछ तैपनि भन्ने गरिन्छसास रहुन्जेलसम्म आश रहन्छत्यसैले यि कुराहरु उल्लेख गरिरहेको छु संविधानसभा मार्फत संविधान निर्माण गर्दा सबैभन्दा ठुलो कुरा प्रतिनिधित्वको हो, जुन पक्षको प्रतिनिधित्व संख्यामा बढी क्षमतामा सक्षम हुन्छ त्यस पक्षको मोलमोलाहिजा को शक्ति बढि हुन्छ आफ्नो पक्षका बढी भन्दा बढी चासोहरुलाई संविधान मार्फत नै पहिचान गर्न , तर्जुमा गर्न सम्बोधन गर्न सकिन्छन त्यसैले महिलाहरुले सक्षम सकेसम्म बढी आफ्ना प्रतिनिधिहरु संविधानसभामा पठाई वर्तमान समय सम्म अस्तित्वमा रहेका महिला विरोधि क्रियाकलाप  , कुसंस्कार , कुप्रथा भेदभावपूर्ण कानून अन्त गरि महिलाहरुको हितका पक्षमा सकारात्मक प्रावधान संविधानबाटै तर्जुमा गर्न महिलाहरुको राज्य संञ्चालन प्रक्रियामा बढि भन्दा बढि सहभागिता गराउने व्यवस्था मिलाउन महिला प्रतिनिधिहरुले महत्वपूर्ण भूमिका निर्वाह गर्नु पर्दछ यदि महिलाहरुले त्यस्तो भूमिका निर्वाह गर्न नसके भविष्यमा पनि परनिर्भरतामा नै जिवन ब्यतित गर्नु पर्ने निश्चित त्यसैले सबे महिलाहरुलाई चेतना भया π

             संविधानको कार्यान्वयन महिलाको भूमिका
यदि संविधानसभाको गठन भई नयाँ संविधानको निर्माण गर्दा संविधान जतिसुकै महिलाको हितको पक्षमा भएपनि कार्यान्वयन पक्ष कमजोर भएको खण्डमा महिलाहरुका चाँसो छाँयामा पर्न सक्दछन किनकि, एकातिर नेपाल उत्पति देखि नै हिन्दू र्धमशास्त्रमा आधारित कानूनी व्यवस्थाबाट संञ्चालित हुदै आएको भने अर्को तिर पृतिसतात्मक सामाजिक संरचना यथावत , त्यसैगरी समाजमा व्यापक गरिबि, अशिक्षा, चाकरि चाप्लुसि, रुढिबादि परम्परा, अन्धविश्वास कुसंस्कारहरुले गहिरो रुपमा जरा गाडेको देखिन्छ त्यसैले नयाँ संविधानको निर्माण पश्चात कार्यान्वयनमा पनि बिशेष चाँसो सचेतताका साथ अघि बढि महिलाको हक अधिकार सुनिश्चित रुपमा व्यवहारमा उर्तान महत्वपूर्ण भूमिका खेल्नु पर्ने टड्कारो खाँचो देखिएको

समग्रमा भन्नु पर्दा महिलाहरु समाजका अभिन्न अंग हुन् , महिलाको सहभागिताविना कुनैपनि समाज राज्य सुचारु सुनिश्चित रुपमा अघि बढ्न कठिन , तापनि प्रकृतिको नियमनै बाँच्नकालागि संर्घष गर्नु पर्छ। जसले संर्घष गर्न सक्दैन या त्यो विलय भएर जान्छ या परनिर्भर भएर बाँच्नु पर्ने हुन्छ त्यसकारण महिलाहरु जसले नेपमलमा जनसंख्याको आधा भन्दा बढि हिस्सा ओगटेका छन् तिनिहरुले अव पनि अर्काको मुख ताकेर बस्नु लाजमर्दो हुदैन ? त्यसैले अर्काले दिएको कुरामा चित नबुझाई आफ्नो हक अधिकार आफै प्राप्त गर्ने कोशिस गर्नु पर्दछ जसका लागि महिलाहरुले दिन दुई गुना रात चौगुना संर्घष गरि आफ्नो क्षमता बृद्धि गर्न आफ्ना हक अधिकार खोसेर लाने कोशिस गर्नु पर्दछ यदि यसो गरिएको खण्डमा महिलाको बिजय निश्चित

निष्कर्ष

संविधानसभा विश्व समुदाय तथा नेपालका लागि समेत नौलो कुरा भने होईन यसलाई सफलतासाथ प्रयोग गर्ने साहास, उत्साह, आत्मविश्वास , दृढ निश्चय दूरदर्शिताको मात्र खाँचो पर्छ यिनै कुराहरुको अभावले गर्दा ५६ बर्ष देखि नेपालमा संविधानसभा अनिर्णित रुपमा रहन गएको एकचोटि फेरि यसको सफलकार्यान्वयनको लागि मौका आएको हो यसको कार्यान्वयन सोचेजति सहज सजिलो छैन तैपनि सम्पूर्ण नेपाली नागरिक , नेतृत्वपंक्ति, पेशा व्यवसाय लगायतका सम्पूर्ण पक्षहरुले इमान्दारिता पूर्वक साहास, आत्मविश्वास, उत्साह, दृढ निश्चय दूरदर्शिताका साथ लाग्ने हो भने कठिन छैन यदि त्यसो भएन भने अहिले पनि संविधानसभाहात्ति आयो हात्ति आयो फुस्साभनेझै हुनेछ समग्र जनसंख्याको आधाभन्दा बढि हिस्सा ओगट्ने नेपाली महिला हरुले जुनरुपमा नेपालको उत्पति देखि वर्तमानसम्म आफुनो सामुहिक हित तथा राष्ट्रिय हितकालागि जुन महत्वपूर्ण भूमिका निर्वाह गर्दे आएका छन् त्यसलाई भविष्यमा हुने भनि बहुचर्चामा आएको संविधानसभाको बारेमा आम नागरिकहरुलाई बुझाउन, संविधानसभाको गठनको लागि घोषणा गराउन, गठनमा आफ्ना बढि भन्दा बढि संख्यामा सक्षम प्रतिनिधिहरु पठाउन संविधान निर्माणमा आफ्ना हक अधिकारहरु संरक्षित गरि त्यसको सफल कार्यान्वयन गर्न महत्वपूर्ण भूमिका नेपाली महिलाहरुले निर्वाह गर्न सक्दछन गर्नु पनि पर्छ
२०६३

Infographics: The state of global youth unemployment

August 13, 2016 00:05 AM ,  Republica