Saturday 30 November 2013

चुनावद्वारा स्थापित मान्यता

अर्जुनबहादुर अयडी


अविश्वास र अन्यौलका बाबजुद पनि दोस्रो संविधान सभाको निर्वाचन सहजरूपमा सम्पन्न भएको छ। निर्वाचन परिणामले यसपालि पनि पहिलो निर्वाचानमा जस्तै कतिपय दल तथा भविष्यवेत्तालाई चक्मा दिएको छ। निर्वाचनको विभिन्न कोणबाट विश्लेषण भइरहेका छन्।कतिपय दल आफू पराजित हुनुमा निर्वाचनको स्वच्छतामाथि शंका गरिरहेका छन् त कतिपय भने विजयप्रति मख्ख छन्। परिणाम जे/जस्तो भए पनि यो जनताको निर्णय हो, लोकतन्त्रमा विश्वास गर्ने सबैले यसलाई सहर्षरूपमा स्वीकार गर्न सक्नुपर्छ। जनमत कदर नगर्ने दल वा समूह लोकतन्त्रवादी हुन सक्दैन। जनताले दिएको म्यान्डेटअनुसार दलले आ—आफ्नो हैसियतबमोजिमको भूमिका तत्परताका साथ निर्वाह गर्दै छिटोभन्दा छिटो देशलाई संविधान दिनेतिर लाग्नुपर्छ। दोस्रो संविधान सभा निर्वाचनमार्फत् जनताले दलको स्थानमात्र तोकेका छैनन्, केही आधारभूत मान्यता पनि स्थापित गरिदिएका छन्।

दोस्रो संविधान सभा निर्वाचनमार्फत् जनताद्वारा स्थापित पहिलो र महत्वपूर्ण मान्यता भनेको जनता लोकतन्त्रका मालिक हुन। सार्वभौमसत्ता सम्पन्न जनता जहिले पनि जनइच्छा, जनहित र राष्ट्रहितका पक्षपाती हुन्छन्। यो विपरित जाने जोसुकै राजनीतिक शक्ति वा दललाई जनताले दण्डित गर्न सक्छन्। त्यसकारण कसैले पनि एक निर्वाचन जित्दैमा ताण्डव नृत्य प्रदर्शन गर्नुहँुदैन भन्ने नै हो। जुन कुरा नेपाली जनताले २०४८ को निर्वाचनपश्चात् हरेकचोटि दोहो¥याउँदै आएका छन् तर दलहरुको घैंटामा घाम कहिले लाग्ने हो थाहा छैन।

यो निर्वाचनमा नेपाली कांग्रेस र एमालेलाई पहिलो र दोस्रो दलका रूपमा स्थापति गराउनु, सम्पूर्ण मधेस केन्द्रित दलहरु भन्दा राप्रपाका दुई खेमाको उपस्थिति बढी मजबुत बनाउनु, नेकपा एमाले र नेपाली कांग्रेसबाट अलग भएका नेताद्वारा निर्मित संघीय समाजवादी दलको अस्तित्व स्वीकार नगर्नु, दललाई बाहुन क्षत्रीको पेवा बनाउने तर जातीय मुद्दालाई आफ्नो निहीत स्वार्थमा प्रयोग गर्न अभ्यस्त एनेकपा माओवादीको पक्षमा जनमत नदेखिनु मात्र हैन, अखण्ड नेपाललगायतका विभिन्न जातीय एवं क्षेत्रीय दलहरुलाई अस्वीकार गर्नुले नेपाली जनता परिवर्तन तथा प्रगति चाहन्छन् तर परिवर्तन र प्रगतिको नाममा सामाजिक, आर्थिक, राजनीतिक, धार्मिक तथा सांस्कृतिक मूल्य/मान्यता एवं सिद्धान्तबिहीन दम्भ, वितण्डा एवं अतिवाद चाहँदैनन् भन्ने मान्यता स्थापित भएको छ। साथै नेपाली जनताले परिवर्तनका लागि आफूहरु अन्धकारमै भए पनि जमिनमा दौडनसम्म तयार भएको तर काल्पनिक दुनियाका लागि जमिन छाडेर उडिहाल्न भने तयार नभइसकेको सन्देश दिन पनि सफल भएका छन्।

निर्वाचनमा नेपाली जनताको मत कांग्रेस र नेकपा एमालेको पक्षमा देखिएको छ। कुरा समावेशी तथा समानुपातिक सिद्धान्तमा आधारित प्रतिनिधित्वमूलक शासनको गर्ने तर व्यवहारमा असमावेशी एवं अप्रतिनिधित्वमूलक राष्ट्रपतीय शासनको अडान राख्दै द्वैध चरित्र देखाउने एनेकपा माओवादीलगायत् दलको पक्षमा जनमत न्युन देखिएको छ। यसबाट थाहा हुन्छ– नेपाली जनताले आफ्नो अभिमत समावेशी तथा समानुपातिक सिद्धान्तमा आधारित प्रतिनिधित्वमूलक राज्य संरचनाको पक्षमा रहेको र असमावेशी पद्धति र द्वैध चरित्र स्वीकार्य नरहेको प्रष्ट पारेका छन्।

त्यसैगरी नेपाली जनताले संघीयता पक्षधर दलहरुलाई अत्याधिक मतदान र संघीयता विरोधी दलहरुलाई न्युन मतदान गरेर एकचोटि पुनः संघीयताको पक्षमा नै रहेको प्रष्ट पारेका छन्। साथै राप्रपा नेपाललाई जबर्जस्त मतदान गरेर यदि गणतन्त्र तथा संघीयता पक्षधर दलहरुले यससँग जोडिएका विषयवस्तुको सही तरिकाले व्यवस्थापन गर्न सकेनन् भने जनता अर्को वैकल्पिक शक्तिको खोजी एवं समर्थन गर्न हिच्किचाउने छैनन् भन्नेबारे पनि गणतन्त्र तथा संघीयता पक्षधर दलहरुलाई सचेत गराएका छन्।

प्रत्यक्षतर्फको उमेदवार र क्षेत्र निर्धारण गर्न जुन अलोकतान्त्रिक एवं एकदलीय निरंकुश शैली एनेकपा माओवादीले अवलम्बन ग¥यो र जसरी ती उमेदवारले पराजय भोग्न बाध्य भए, त्यसबाट नेपाली जनता लोकतान्त्रिक सिद्धान्तसँग मात्र परिचित छैनन्, लोकतान्त्रिक विधि, प्रक्रिया र व्यवहारबारे पनि त्यत्तिकै जानकार छन् भन्ने पुष्टि गरेको छ। यसले जनता लोकतन्त्रको विकल्प चाहँदैनन्, तर लोकतन्त्रको नाममा गरिने कुनै पनि प्रकारको निरंकुशतावादी षडयन्त्र, कूटनीति, जालझेल, सौदाबाजीका पक्षमा छैनन् र लोकतन्त्रको उपहास पनि उनीहरुलाई पाच्य हुन सक्दैन भन्ने मान्यतासमेत स्थापित भएको छ। साथै यसबाट नेपाली जनता जतिसुकै अशिक्षित, गरिब, भोका नाङ्गा भए पनि अधिकार र कर्तव्यबारे सचेत छन् भन्ने पुष्टि गरेका छन्।

विगत संविधान सभामा प्रतिनिधित्व गर्ने दलमध्ये संविधानमा समेटिनुपर्ने विवादित विषयवस्तुबारे मतैक्यता हुनसक्ने सम्भावना भएका र लोकतान्त्रिक चरित्रको संविधान निर्माणका लागि संविधान सभामा तिनीहरुको महत्वपूर्ण उपस्थिति अनिवार्य ठानिएका दुई दल नेपाली का"गे्रस र नेकपा एमालेलाई बलियो बनाएका छन्। यसो गर्दागर्दै पनि कुनै एक दललाई मात्र जनताले अत्याधिक महŒव नदिएबाट उनीहरु आगामी दिनमा पनि दलबीच सहमतीय राजनीतिक संस्कारको पाठ सिकाउ लागिपरेका देखिएको छ। असहमति र दम्भको राजनीति नेपाली जनतालाई स्वीकार्य नभएको कुरा पनि यो परिणामले प्रष्ट पारेको छ।

निर्वाचनताका वैद्य माओवादीको ३३ दलीय मोर्चाले गरेको निरन्तरको बन्द, हडताल र त्रासका बाबजुद पनि अहिलेसम्मकै अत्याधिक मतदान भएको छ। जसबाट वैद्य माओवादी मोर्चाको बन्द निष्प्रभावी हुन पुग्यो। यसबाट थाहा हुन्छ कि जनता सामाजिक सद्भाव, सहिष्णुता र शान्तिपूर्ण परिवर्तनमा पक्षमा छन् र राजनीतिलाई डर त्रास, अशान्ति, हिंसा र द्वन्द्वको बन्दी बनाउने गतिविधिको प्रतिवाद गर्न तयार रहेको सन्देश दिन पनि सफल भएका छन्।

01 DEC 2013

  • आइतबार १६ मंसिर, २०७०
  • नागरिक दैनिकमा प्रकाशित
- See more at: http://nagariknews.com/opinion/story/10365#sthash.F2tHb5HR.dpuf

Thursday 28 November 2013

CA Election FPTP Result 2070 in Map


संबिधान सभा सदस्य निर्वाचन, २०७० पहिलो हुने निर्वाचित हुने निर्वाचनमा निर्वाचित उम्मेदवारहरुको विवरण

राप्ती, भेरी, कर्णाली

नि.क्षे.
जिल्ला
विजयी उम्मेदवार
निकटतम् प्रतिद्धन्द्धी
राप्ती
नाम
पार्टी
मत
नाम
पार्टी 
मत






प्यूठान
बामदेव गौतम
एमाले
१३९६२
कृष्णबहादुर खड्का
राष्ट्रिय जनमोर्चा
८७२४
प्यूठान
हिराबहादुर केसी
एमाले
१२७९८
बोमबहादुर खत्री
राष्ट्रिय जनमोर्चा
१०५९७





रोल्पा
कृष्णबहादुर महारा
एमाओवादी
११७०७
 लेखनाथ आचार्य
कांग्रेस
८४०९
रोल्पा
ओनसरी घर्तीमगर
एमाओवादी
१४९६४
कुमार दसौंदी
एमाले
९३७२





रुकुम
गणेशमान पुन
एमाओवादी
८५९८
कृष्णबहादुर रोकाया
कांग्रेस
६१७३
रुकुम
जनार्दन शर्मा
एमाओवादी
२२७५७
गोपलजीजंग शाह
कांग्रेस
९९५७





सल्यान
टेकबहादु बस्नेत
एमओवादी
१५०८९
गुलावजंग शाह
एमाले
११८५२
सल्यान
प्रकाश ज्वाला
एमाले
१४८२९
डिल्लीराज रेग्मी
कांग्रेस
१०१३८





दाङ
पार्वती डिसी
 कांग्रेस
८७१९
रेवतीरमण शर्मा
एमाले
७०७४
दाङ
सुशीला चौधरी
 कांग्रेस
१०४३३
होमबहादुर पुन
 एमाओवादी
८५५८
दाङ
राजु खनाल
 कांग्रेस
१५०४८
लक्ष्मण आचार्य
एमाले
७९४१
दाङ
बुद्धिराम भण्डारी
 कांग्रेस
१४५०३
ंकर पोखरेल
एमाले
११८०६
दाङ
दिपक गिरी
 कांग्रेस
१५३५८
उत्तरकुमार ओली
एमाले
१०९६३
भेरी




बाँके
अमर शर्मा
एमाले
१३९७२
नारायण सिग्देल
कांग्रेस
१२४२९
बाँके
दिनेशचन्द्र यादव
एमाले
१२५८६
राजकुमार कुर्मी
कांग्रेस
७९१६
बाँके
सुशिल कोईराला
कांग्रेस
१०७५३
धवल शम्शेर जवरा
राप्रपा नेपाल
८८०९
बाँके
दलबहादुर सुनार
एमाले
१५१८०
कृष्णमान श्रेष्ठ
कांग्रेस
१०८१४





बर्दिया
बामदेव गौतम
एमाले
१८३४७
भवनकुमार थारु
एमाओवादी
११६२८
बर्दिया
सन्जयकुमार गौतम
कांग्रेस
११६१८
पूर्ण शर्मा
एमाले
१०२४२
बर्दिया
सन्तकुमार थारु
एमाओवादी
१४३०५
मालती सोडारी
कांग्रेस
१०१८४
बर्दिया
मानबहादुर थारु
एमाओवादी
१४५७४
किशोरसिंह राठौर
कांग्रेस
१३७८९





सुर्खेत
पूर्णबहादुर खड्का 
 कांग्रेस 
१७३०१
कमला शर्मा 
एमाले 
१५३९८
सुर्खेत
हृदयराम थानी
कांग्रेस 
१७४१९
यमलाल कडेंल
एमाले
९११८
सुर्खेत
तप्तबहादुर विष्ट 
 कांग्रेस 
१४७५३
नवराज रावत 
एमाले 
११९७७





दैलेख
अमर बहादुर थापा
एमाले
१५६७०
गणेश बहादुर खड्का
कांग्रेस
११८९४
दैलेख
लक्ष्मी प्रसाद पोखरेल
एमाले
१५६१९
हिमबहादुर शाही
कांग्रेस
१३९६





जाजरकोट
शक्तिबहादुर बस्नेत
एमाओवादी
८०७३
डम्मर बहादुर सिंह
एमाले
७५५३
जाजरकोट
राजीवविक्रम शाह
कांग्रेस
९३५७
कृष्णबहादुर बुढा
एमाले
९०७१
कर्णाली




डोल्पा
धनबहादुर बुढा
एमाले
६९८७
सत्य पहाडी
एमाओवादी
२७७४
जुम्ला
ललितजंग शाही
कांग्रेस
११८६६
पदम बहादुर रोकाया
एमाले
१११५१
कालिकोट
महेन्द्र बहादुर शाही
एमाओवादी
१२०८८
कुर्मराज शाही
एमाले
११२२४
मुगु
मोहन बानियाँ
एमाले
८१४६
ऐनबहादुर शाही
कांग्रेस
६२५२
हुम्ला
जीवन बहादुर शाही
कांग्रेस
८३३२
दल रावल
एमाले
४९४९

Infographics: The state of global youth unemployment

August 13, 2016 00:05 AM ,  Republica