Thursday, 7 November 2013

राज्यका नीति जिम्मेवार

 १३ असोज २०७०

राज्यका नीति जिम्मेवार


- अर्जुनबहादुर अयडी
व्यक्तिको निराशा र पलायनले आत्महत्या हुने गरेको देखिए पनि राज्यका नीति त्योभन्दा बढी जिम्मेवार हुन्छन् ।
बिलाश राई
आफै‌ले आफ्नो जीवनको अन्त्य गर्नुलार्इ आत्महत्या भनिन्छ । सम्बन्धित व्यक्ति, आफन्त र समाजका लागि असहज र गैरकानूनी समेत भए पनि आत्महत्याका घटना वृद्धि भइरहेको तथ्याङ्कबाट प्रष्ट हुन्छ । एउटा अध्ययन अनुसार हरेक वर्ष विश्वमा आठ लाख र हरेक दिन २ हजार १९२ जनाले आत्महत्या गछर्न । विश्व स्वास्थ्य सगंठनको अर्को तथ्याङ्कले १० लाख मानिसमा पन्ध्र जनाले आत्महत्या गर्ने गरेको देखाउँछ । आव २०६९/७० मा ३ हजार ९७५ जना नेपालीले आत्महत्या गरेको तथ्याङ्क केहीअघि नेपाल प्रहरीले सार्वजनिक गरेको थियो । त्यो तथ्याङ्कले नेपालमा हरेक दिन ११ जनाले आत्महत्या गर्ने गरेको देखाउँछ । सुदूरपश्चिमाञ्चल क्षेत्रीय प्रहरी कार्यालय (सुपक्षेप्रका) ले सार्वजनिक गरेको अर्को तथ्याकं अनुसार, त्यहाँका ९ जिल्लामा गत दुई वर्षमा ९२० जनाले आत्महत्या गरेका थिए, त्यसमध्येमा कैलाली जिल्लामा मात्रै ४३६ जनाले आत्महत्या गरेका थिए । विश्व स्वास्थ्य संगठनको तथ्याङ्क अनुसार, पछिल्लो ४५ वर्षमा आत्महत्याका घटना ६० प्रतिशतले वृद्धि भएका छन् । यी तथ्याङ्कले आत्महत्याका घटना बढ्नुको कारण खोज्न र तिनलाई घटाउने वा नियन्त्रण गर्ने उपाय पत्ता लगाउन ढिलो भइसकको देखाउँछ नै ।
व्यक्ति मात्र जिम्मेवार होइन
कयौं धर्मग्रन्थहरूले सिकाए अनुसार मानिसहरूले मोक्ष पाउन आत्महत्या गरे होलान् भनेर यो जमानामा पत्याउन गाह्रो पर्छ । त्यसैगरी, निराशा वा पलायन जस्ता व्यक्तिगत कारणले मात्र आत्महत्या भएको भन्न पनि सकिंदैन । चर्चित समाजशास्त्री दुर्खाइमको विचारमा केही अपवाद बाहेक राज्यको संरचना र स्वरुप मानिसको आत्महत्यामा प्रमुख जिम्मेवार हुन्छन् । राज्यका पुराना मान्यता र ढाँचा भत्किएका तथा नयाँ पनि नबनेको नेपालको वर्तमान अवस्था हेर्दा दुर्खाइमको भनाइ सत्यको धेरै नजिक रहेको देखिन्छ । हरेक क्षेत्रमा उदारता भित्रिएर पनि त्यो अनुसार राज्यपनु सर्रं चना नभएको वर्तमान अवस्थामा समाजसँग व्यक्तिको दूरी बढ्दो छ । व्यक्तिका महइभ्वाकांक्षाहरू बढेर सम्बन्धहरू स्वार्थमा आधारित हुँदैछन् । जीविकाको दौडमा लाग्दालाग्दै मानिसहरूले सामाजिक र पारिवारिक विषयमा समय दिन फुर्सद पाउन छाडेका छन् । यो अवस्थाले मानिसहरूमा असन्तुष्टि र निराशा बढाएको छ ।
उदारवाद र भूमण्डलीकरणले परम्परागत स्रोतसाधनप्रति व्यक्ति र समुदायको लगाव घट्नु र राज्यले नयाँ स्रोत साधनहरूको व्यवस्थापन पनि गर्न नसक्नुले अधिकांश मानिसको दैनिकी अन्योलग्रस्त र कष्टकर बनेको छ । त्यसले मानिसमा विकृति र मानसिक डिपशे्र न बढाउँदै आपराधिक मनोवृत्तिमा समेत पुर्याएको छ । मानसिक तनाव र निराशा बढ्दै सोच र विचार शून्य हुनु आत्महत्या जस्तो कठोर निर्णयमा मानिस पुग्नुको एउटा महइभ्वपूर्ण कारण हो । तर, मानिसलाई त्यो अवस्थामा पुर्याउन राज्यले लिएका नीतिहरू जिम्मेवार हुन्छन् । मानिसहरूको समस्या केलाउन र तिनलार्इ समाधान गर्न लाग्नुपर्ने राज्यले त्यसमा ध्यान नपुर्याउँदा मानिस आत्महत्या जस्तो गम्भीर निर्णयमा पुग्ने र त्यही कारण आत्महत्याका घटना वृद्धि हुने अवस्था आएको देखिन्छ ।
समाज र राज्यका संरचना तीव्र गतिमा परिवर्तन भइरहेको यो वेला राज्यले आफ्नो कर्तव्य अनुसार भूमिका निर्वाह गर्न सकेको छैन । राज्यलार्इ नेतृत्व गर्नेहरु झिनामसिना स्वार्थमा अलमलिएका छन् । असर र परिणाम विचार नगरी नीतिहरू आयात गर्ने राज्यको प्रवृत्तिले सामाजिक समस्याहरू झन् जटिल बन्दैछन् । तर, तिनलाई समाधान गर्न राज्यले ध्यान दिएको देखिंदैन । सामाजिक समस्याहरूलाई राज्यले अहिले जसरी नै बेवास्ता गरिरहने हो भने आत्महत्याका घटना बढ्दै समाज र राज्यका लागि चुनौती नबन्लान् भन्न सकिन्न । त्यसैले आत्महत्याका कारणहरू पहिल्याउँदै तिनलाई समाधान गर्न लाग्नु बुद्धिमानी ठहर्छ ।

No comments:

Post a Comment

Infographics: The state of global youth unemployment

August 13, 2016 00:05 AM ,  Republica