Wednesday 15 January 2014

बिपि कोइरालाका प्रसिद्ध उक्तिहरू


जीवन

१—जीवन नै एक सुनिश्चित जोखिम हो।
२—जीवनको सार्थकता कुनै उद्देश्यका लागि प्रतिवध्दतामा निर्भर गर्दछ। मानिस आफ्नो सङ्कल्प र आस्थाले यथार्थमा मानिस हुन्छ।
३—मेरो राजनैतिक जीवन खुलेको पाना हो। मलाई आफ्नो सम्बन्धमा सफाई दिइरहने एकदम आवश्यकता छैन।
४—प्रश्न;
 तर तपाईंको जिवन भन्नु त तिनै संकट, जेल, यातना, मुद्दा, अभियोग इत्यादिकै कहानी होइन र ? 
उत्तर—मैले बुझेको जिवन नै त्यही किसिमको हो। अरू किसिमको जीवनलाई मैले बुझेको छैन। मानिसले अरू जुन किसिमको जीवनयापन गर्छन्, त्यसमा मलाई कुनै आकर्षण हुँदैन। त्यस्तो खालको जीवनयापन गर्नु परेको भए म दिक्क हुने थिएँ, शायद त्यसै दिक्दारीबाट मर्ने पनि थिएँ। मलाई अर्को नयाँ जीवन दिइयो भने पनि मेरो यो जिन्दगी जस्तो भयो, त्योभन्दा फरक खालको जीवन हुने छैन। तपाईंको प्रश्नका दुइटा पक्ष छन् जस्तो मलाई लाग्यो। एक पक्ष त के हो भने एक राजनीतिज्ञका हैसियतले म सफल हुन चाहन्थे होइन ? मैले जुन किसिमको समाज निर्माण गर्न चाहेको थिएँ, जुन प्रकारको आर्थिक व्यवस्था सिर्जना गर्न खोजेको थिएँ र जुन कुरा सफल भएको भए त्यसको असर मालईभन्दा अरूलाई बढी पर्ने थियो, त्यसमा सफलता नभएकोमा मलाई चिन्ता हुन्छ। तर जहाँसम्म मेरो व्यक्तिगत कुरा छ, मलाई सफलता या असफलताको कुनै महत्व छैन। आफूले चाहेको काममा आफ्नो सम्पूर्ण क्षमताको प्रयोग गरियो र आफूले सक्ने जति सम्पूर्ण कुराको बाजी लगाइयो भन्ने कुरा आफ्नो अन्तरआत्माले इमान्दारीसाथ मान्नसक्छ भने, त्यसले मानिसलाई सन्तोष दिन्छ। मलाई अनुभव भएको कुरा पनि यही हो। साधारणतया मानिसले सफलता भनेर जे कुरालाई भन्छन् त्यस अर्थमा म सफल भइन। तर जब म मानिसहरूले सस्तो सफलता प्राप्त गरेको देख्छु, त्यसबाट उनीहरूले आत्मिक सन्तोष प्राप्त गरे होलान् जस्तो मलाई लाग्दैन। असफल नै भएपनि सत्कार्यका लागि प्रयत्न गरिरहँदा एकप्रकारको आत्मिय आनन्द हुन्छ, मलाई यही नै भयो भन्ने लाग्छ।
(बी.
 पी. कोइरालाको अन्तिम अन्तरवार्ताबाट)  

राष्ट्रियता र राष्ट्रिय एकता

१—१८१६ ई. सं. पछि नेपाल देश बन्यो, नेपाल राष्ट्र बनाउने प्रयत्न भएन। शरीरको ढाँचा खडा भयो, त्यसमा आत्मा आउन सकेन। फ्रेम बनाइयो तर तस्वीर राखिएन। तसर्थ नेपालको राष्ट्रियताको इतिहासमा १८१६ पछिको काललाई, नेपाली भाषाको विकासलाई छोडेर मरूभूमिको युग भने पनि हुन्छ।

२—हिजोसम्म हाम्रो (नेपाली कांग्रेसको) संघर्ष जनताको प्रजातान्त्रिक अधिकारको निम्ति मात्र थियो। त्यसोहुनाले हामीले प्रजातान्त्रिक पक्षमा मात्र बढी जोड दियौँ। आज यसमा एउटा नायँ आयाम थपिएको छ। नेपाली कांग्रेसलाई आज दोहोरो जिम्मेवारी आई परेको छ। यो दोस्रो जिम्मेवारी हो—देशको अस्तित्वको रक्षा गर्ने।

३—राष्ट्रियताको भावनात्मक विकास एउटै विचारधाराको प्रचारले हुँदैन, त्यो विकासको क्रम द्वन्द्वात्मक हुन्छ। विचारको संघर्ष राष्ट्रिय हितका सम्बन्धमा मतभिन्नताबाट निस्केको त्यो सामूहिक निर्णयको फराकिलो शिलाखण्डमा राष्ट्रियताको भावना गहिरिँदै, बाक्लिदै र फराकिलो हुँदै दृढतर हुँदै जान्छ।
४—राष्ट्रियताको विवेचनामा सर्वप्रथम तत्व र अन्तिम तत्व पनि जनता हो। राष्ट्रियता जनताको सामूहिक मनोभावलाई लक्षित गर्ने शब्द हो। सामूहिक रूपबाट समयमा आइपर्ने व्यापक समस्याहरूको समाधानमा लाग्नुपर्दा सहज किसिमले उत्पन्न हुने जनभावना नै राष्ट्रियता हो। राष्ट्रियताको यस परिभाषामा तीन तत्व सामेल छन्—व्यापक समस्या, त्यसको समाधानको सामूहिक प्रयत्न र त्यस प्रयत्नबाट सहज किसिमले उत्पन्न हुने भावनात्मक एकता। अर्को शब्दमा राष्ट्रियता भन्नाले लक्षित गर्ने तत्वहरू—(१) जनता (२) तिनको अगाडि उपस्थित भएको समस्या (३) त्यस समस्याको सबैले मिलेर समाधान गर्ने दिशापट्टीको सामूहिक प्रयत्न र (४) त्यस प्रयत्नमा अनुभव गरेको एकताको भावना।
 यसरी राष्ट्रियताको विचार गर्दा भूगोलको भूमिका गौण भएर जान्छ।

५—राष्ट्रियता माटो होइन, जनताको सामूहिक भावना (विचार) हो।

६—हाम्रो नेपाल अत्यन्त पछि परेको देश हो। यसको पछिपरेको अवस्थाले गर्दा यसमा देखा परेका यावत कमजोरीहरू र दुर्गुणहरू हुन आएका हुन्।

७—राष्ट्रियता र प्रजातन्त्र अविभाज्य छन्।

८—राष्ट्रिय एकता प्रजातन्त्रको जगमा मात्र खडा हुन सक्छ र प्रजातन्त्रको जग देशको उत्तरोत्तर आर्थिक विकास र न्यायपूर्ण आर्थिक व्यवस्थामा मात्र बलियो हुनसक्छ। तसर्थ हाम्रो (नेपाली कांग्रेसको) दृष्टिकोणमा—राष्ट्रियता, प्रजातन्त्र, विकास र उन्नति एक अर्कामा आधारित तत्व हुन्।

९—यदि हामीले केवल राष्ट्रियताको चर्चा गर्छौँ र प्रजातन्त्रका सम्बन्धमा मौन रहन्छौँ भने अधिनायकवादका पक्षधर हुने छौं र यदि प्रजातन्त्रको चर्चा गरेर राष्ट्र रक्षाको कुरोलाई उपेक्षा गर्छौ भने हामी विदेशी तत्वको हतियार बन्न सक्छौ।

१०—राष्ट्रिय एकता कतिपय राजनेतिक नेताहरूको संयुक्त बक्तब्य होइन। त्यसको आधार त्यस्ता संस्थानहरू हुन्, जसमा विभिन्न राष्ट्रिय तत्वहरू एकत्रित हुन सक्छन् र छलफल र निर्णयद्वारा राष्ट्रिय भावना सबल र कार्यशील बनाउन सक्दछन्। यसअर्थमा प्रजातन्त्रमा मात्र राष्ट्रिय एकता सम्भव छ।

११—राष्ट्रिय सहमति प्रजातन्त्रबाट मात्रै स्थापित हुन सक्छ। दुईजना मिलेर राष्ट्रिय सहमति हुन सक्दैन।

१२—हाम्रो नेपाल अत्यन्त पछि परेको देश हो। यसको पछि परेको अवस्थाले गर्दा यसमा देखापरेका यावत कम्जोरीहरू र दुर्गुणहरू हुन आएाक हुन्। एक त यसको कमजोरी यसको राष्ट्रियताको बलियो जग बसी नसकेकाले हो। यस कमजोरीलाई हामीले हटाउनु छ। तसर्थ देशमा राष्ट्रिय भावनालाई जगाउने त्यसको अभिवृध्दि गर्दै लैजाने। हामी सङ्कीर्ण भावना, जातिगत, सम्प्रदायगत जस्ता क्षुद्र भावनाबाट माथि उठी राष्ट्रियस्तरमा सोच्ने र विचार्ने गर्नु पर्छ। यसो गर्न सकेनौँ भने हामी पछि परेका परै हुनेछौँ र त्यस्तो कमजोर अवस्थामा हामी माथि विदेशीहरूको चाल सजिलैसँग छल्न सक्छ।

१३—यदि हाम्रा बिरोधीहरूको विचार हाम्रो (नेपाली कांग्रेसको) राष्ट्रिय प्रतिवध्दतासँग मेल खाँदैन भने हाम्रो तिनीहरूसँगको सम्बन्धको कुनै आधार रहँदैन। विदेशी सरकारबाट प्रेरित र सञ्चालित संगठनहरू या समूहहरू जुनसुकै किसिमको तिनीहरूको नारा भए तापनि अराष्ट्रिय हुन्।

१४—राष्ट्रियाताको धुकधुकी अनुरूप राजनीति गरे अनन्त शक्ति प्राप्त हुन्छ।

१५—राष्ट्रियताका लागि पनि प्रजातन्त्र नभइ हुँदैन। आफ्नो राजनीतिक अधिकार खोसिएको जनता राष्ट्रियताका प्रति जागरूक हुँदैन। प्रजातन्त्र त्यसै पनि वाञ्छनीय लक्ष्य हो। त्यसमा हाम्रो देशको राष्ट्रियताको संरक्षणका लागि अन् यो आवश्यक भएको छ। त्यसैले मैले राष्ट्रियता र प्रजातन्त्र अन्योनाश्रित छन् भन्दै आएको छु। हाम्रो प्रजातान्त्रिक विचारसँग मेल नखाने तत्वहरूसँग हाम्रो राम्रो सम्बन्ध सम्भव छैन।

१६—राष्ट्रियता भनेको हामी सबै हौं। हामी तपाईंको अधिकार खोसिएपछि राष्ट्र बलियो हुन्छ भन्ने कुरो मलाई मूर्खताको कुरो जस्तो लाग्छ। तपाईंहरू बलियो हुन सक्नुभयो भने, हाम्रो अधिकार रम्रोसँग प्रयोग गर्न सक्यौँभने राष्ट्र बलियो हुन्छ। निर्धा, निमुखा, अधिकार नभएको, आफ्नो बुध्दिले सोच्न नसक्ने जनताले कहिल्यै पनि राष्ट्रियताको निर्माण गर्न सक्दैनन्।
  

प्रजातन्त्र

१—प्रजातन्त्र बिना देश रहँदैन।

२—Democracy is indispensable for development.

३—प्रजातान्त्रिक समाजवादीहरूको अहिले नेपालमा प्रजातन्त्रको निम्ति जुन सङ्घर्ष छ त्यो सबभन्दा महत्वपूर्ण सङ्घर्ष हो।

४—हामी भन्छौ हामीलाई प्रजातन्त्र चाहिन्छ—यो केवल राजनीतिक र प्रजातान्त्रिक अधिकारका निम्ति मात्र होइन। बरू जनशक्तिलाई सञ्चालित गर्नका निम्ति जनतालाई
विकासको प्रकृयामा समावेश गर्नुका साथै नीति निर्धारण र व्यवस्थापनको प्रकृयामा सहभागी बनाउन पनि।

५—आज विश्वको एकमात्र राजनैतिक समस्या प्रजातन्त्र र त्यसको निम्ति संघर्ष हो। प्रजातन्त्र अविभाज्य छ। यदि तपाईं आफ्नो निम्ति प्रजातन्त्र चाहनुहुन्छ भने विश्वभर त्यसको निम्ति चलिरहेको संघर्षको अबहेलना गर्न पाउनु हुन्न।

६—प्रजातान्त्रिक व्यवस्थामा अहिंसा साधन र साध्य दुबै हुन्छ, साथै प्रजातन्त्र भनेको अहिंसात्मक व्यवस्था हो।

७—प्रजातान्त्रिक व्यवस्थामा अहिंसा साधन र साध्य दुबै हुन्छ साथै प्रजातन्त्र भनेको अहिंसात्मक व्यवस्था हो।

८—मलाई विश्वास छ नेपालमा प्रजातन्त्रको पनर्स्थापना हुने छ।

९—प्रजातन्त्र त बडो सन्तुलित, विरोधीहरूको पनो कुरा सुन्ने, सहनशील, तर सुन्ने मात्र होइन, विरोधीहरूले भनेको ठीक छ भने हो पनि भन्ने किसिमको पध्दति हो।

१०—प्रजातन्त्र नै तीन मूलभूत सिध्दान्तहरूको व्याबहारिक राजनीतिमा प्रयोग भएको समग्र रूप हो। यी तीन सिध्दान्तहरूमा कुनै एउटा मात्रै पनि व्यवस्थामा समावेश भएको छैन भने त्यो प्रजातन्त्र नै होइन। तीनकुट्टे टेबुल जस्तै एउटा खुट्टामात्र भएको छैन भने त्यो उभिनै सक्तैन। ती तीन अनिवार्य तत्व हुन्—(१) नागरिकको मौलिक या नागरिक अधिकार
 (नागरिक भन्ने शब्दले नै ती अधिकारका उपभोक्तालाई बोध गराउँछ। नागरिक अधिकार नपाएको व्यक्ति नागरिक होइन। मोटमोटी ती अधिकार हुन्—अभिव्यक्तिको स्वतन्त्रता, वैचारिक स्वतन्त्रता, आवत जावतको स्वतन्त्रता र सङ्गठनको स्वतन्त्रता।) (२) कानूनी राज्य(Rule of Law) अर्थात् यस्तो व्यवस्था जहाँ ऐन कानूनको संरक्षण, मर्यादा र नियन्त्रणमा नागरिकहरूले आफ्नो अधिकारको उपभोग गर्ने र दायित्वलाई पालन गर्ने छन्। सरकारको निरंकुशता, हुकुमी शासन, सरकारी विभागहरूको अन्याय र अत्याचारका विरूध्द कानूनी राज्यको संरक्षण नागरिकहरूलाई चाहिन्छ। शासनको कार्यपालिका अङ्गले गैरकानूनी कार्यवाहीद्वारा नागरिकहरूमाथि अत्याचार नहोस् भनेर कानूनी राज्यको सिध्दान्त प्रजातन्त्रको मूलभूत सिध्दान्तमा गनिएको छ। (३) राज्यको नीति निर्धारण र राज्यको शक्तिको प्रयोगमा जनताको साधिकार र निर्वाध उपस्थिति र हस्तक्षेपको सिध्दान्त—यि सिध्दान्त जनताको सार्वभौमिकताको सिध्दान्तलाई प्रतिफलित छ। राज्य (State)  जनताको साझा सम्पत्ति हो। त्यसोहुनाले त्यसका उपर जनताको सर्वाधिकार रहन्छ।त्यसको व्यवस्था गर्ने अधिकार पनि जनतालाई छ भन्ने विचार नै सार्वभौमिकतामा निहित छ भन्ने सिध्दान्त हो।

११—म भन्दा धेरै दु:ख पाएका र यातना सहेका, त्याग गरेका, तपस्या गरेका हाम्रो मुलुकमा सयकडौँ यङ्गमेनहरू छन्। म त चिनिएको छु, अरूहरू त प्रजातन्त्रको जगमा त्यस्ता गडेका पत्थरहरू हुन् जसलाई कसैले छिन्दैन। प्रजातन्त्रको त्यो मन्दिरका तल गडेका जगमा रहेका ढुङ्गा जस्ता कति शहिदहरू भए, आजको उत्साहको दिनमा हामीहरूले तिनीहरूलाई सम्झिनु पर्छ, जसको त्याग र वलिदानबाट आज यस ठाउँमा म उभिएर तपाईँहरूसँग केही भन्न पाईरहेछु।
(जेठ २५, २०३६ सालमा काठमाण्डूको टुँडीखेलमा गरेको भाषणबाट) 
१२—मानिस जन्मदै परतन्त्र जन्मन्छ अनि उसले जे जति गर्छ सबै आफ्नो स्वतन्त्रताको लागि गर्छ। शिक्षा, दर्शन, राजनीति, जे पनि किन नहोस् प्रत्येकमा उसको स्वतन्त्रताको लालसाले काम गरेको हुन्छ।

१३—हामी भन्छौं हामीलाई प्रजातन्त्र चाहिन्छ—यो केवल राजनीतिक र प्रजातन्त्रिक अधिकारको निम्ति मात्रै होइन। बरू जनशक्तिलाई सञ्चालित गर्नका निम्ति, जनतालाई विकासको प्रक्रियामा समावेश गर्नुका साथै नीति निर्धारण र व्यवस्थापनको प्रक्रियामा सहभागी बनाउनका निम्ति पनि।

१४—प्रजातन्त्र नभए देश रहँदैन, राजा रहँदैनन्, हामीहरूको त कुरै भएन। त्यसैले आजको राष्ट्रियताको नारा हो—प्रजातन्त्र। 
(जेठ २५, २०३६ सालमा काठमाण्डूको टुँडीखेलमा गरेको भाषणबाट) 

१५—देशमा प्रजातन्त्रको पुनर्स्थापना गरिनु पर्दछ। त्यसो नभएमा शल्यक्रियाद्वारा बच्चा पैदा गराए जस्तै अन्य उपायद्वारा पनि प्रजातन्त्रको स्थापनाको लागि जनताले सोच्नु पर्ने छ।

हामी प्रजातान्त्रवादीहरूको कर्तव्य

 १—हामीले आफ्ना विरोधीहरूलाई सैध्दान्तिक आधारमा जित्ने प्रयत्न गर्नु पर्छ। उनीहरूको विश्वास प्राप्त गर्ने प्रयत्न गर्नु पर्छ। हाम्रो विरोधमा लागेका अधिकांश व्यक्तिहरू नबुझेर त्यसो हुन पुगेका हुन्। तिनीहरूलाई आफ्नो पक्षमा ल्याउने प्रयत्न गर्नु पर्छ।

१२—हामीले हाम्रो आफ्नो सिध्दान्तलाई त्यागेर कसैसँग कुनै पनि हालतमा सम्झौता गर्नु हुँदैन। तर हाम्रो विरोध कटुताहीन र सैध्दान्तिक हुनु पर्छ, व्यकतिगत हुनुहुँदैन।

राष्ट्रिय अस्तित्वको संकट

१—हाम्रो राष्ट्र अल्पसंख्यक जातिहरूको समूह हो। कुनै पनि जाति अरु जातिहरूको दाँजोमा अल्पसंख्यक छ। त्यसोहुनाले जातीय आधारमा यहाँ राजनीति सफल हुन सक्तैन। कुनै पनि क्षेत्रबाट कसैले जातिको आधारमा चुनाव जित्छु भन्ने आशा गर्न सक्तैन।

२—अन्यायको अनुभव कुनै समूहमा हुनगयो भने राष्ट्रको बलियो जग बनाउनमा ठूलो अडचन पर्छ।

३—हाम्रो नेपालका सम्बन्धमा तीनवटा ऐतिहासिक दायित्व हामीले (नेपाली कांग्रेसले) एकैचोटी पूरा गर्नु परेकोछ—(क) राष्ट्र बचाउनु (ख) प्रजातन्त्र ल्याउनु
  (ग) देशको आर्थिक वा सर्वाङ्गीण विकास गर्नु। 

४—हामीले स्पष्ट देखेका छौ, अराजकता र उग्रवादको सामना हाम्रो प्रजातान्त्रिक राजनीतिले गर्न सकेन भने अर्को तत्वले गर्छ—फासिष्ट सैनिक तानाशाहीले, जसको ज्वलन्त उदाहरण पाकिस्तान छ, या विदेशी सैनिक हस्तक्षेपले, जसको उदाहरण अफगानिस्तान छ। 

५—समाजको कुनै वर्गले अन्यायको अनुभव गरेसम्म राष्ट्रको जग मजबूत हुँदैन।

६—कुनै वर्ग वा सम्प्रदायसित हाम्रो शत्रुता कदापी छैन। नेपालमा बस्ने वा ऊ सित कुनै प्रकारको सम्बन्ध हुने सबै व्यक्ति हाम्रा दाजु-भाई हुन्।सम्पूर्ण देशको उन्नति नै हाम्रो अभिष्ट लक्ष हो। यसकारण कुनै वर्ग बिशेषले हामीबाट व्यक्तिगत अनिष्टको आशंका गर्नु उचित छैन। हाम्रो निमित्त सबैको सहायता ग्राह्य छ र हामी जाति, वर्ग वा कुलको पर्वाह नगरी योग्यताको विचार गर्दै सबका सहायक बन्ने छौँ। सम्पूर्ण राष्ट्रको उन्नति र अभ्यूदयमा नै हामी प्रयत्नशील रहेका छौँ।

जनशक्ति (जनता)

१—देश भन्नुहोस चाहे राष्ट्र भन्नुहोस—त्यो भूगोल होइन, त्यो माटो होइन, त्यो यथार्थमा जनता हो। जुन कुराले जनताको हित हुन्छ त्यही कुरो देश हितको कुरो हो। जनताको अधिकार हनन् देशको अधिकार हनन् हो।

२—राजनैतिक अधिकारबाट बञ्चित भएको नागरिक राष्ट्रको नागरिक हुँदैन। त्यो शोषित दलित रैति हुन्छ।नागरिक र रैतिमा धेरै फरक छ—यद्यपी दुबै एउटै देशका बासी भए पनि। नागरिक देशका समस्यालाई बुझ्ने, बुझ्न खोज्ने, चनाखो, आफ्नो अधिकार र जिम्मेवारीलाई बुझेको व्यक्ति हो। रैती निमुखो हुन्छ। त्यो अर्काको खटनमा हिँड्छ। उसलाई देशका प्रति न चाख हुन्छ, न अधिकारका प्रति जागरूकता। त्यो कुनै जिम्मेवारी लिँदैन, किनभने आज्ञा पालन गर्ने स्वभाव उसमा निर्मित भएको हुन्छ। नागरिकहरूबाट राष्ट्र बन्छ, रैतखीबाट बन्न सक्दैन।

३—नेपाल भनेको नेपालका ती गरीब जनता हुन्; जसको आङमा फाटेको र मैलो लुगा छ। टाउकोमा घेरा मात्र भएको टोपी छ। बिरामी परे ओखती-मूलो पाउँदैनन्। आफ्ना छोरा-छोरीलाई शिक्षा-दिक्षाको प्रबन्ध गर्न सक्तैनन्। जसलाई बिहान खाए बेलुका के खाउँ र बेलुका खाए बिहान के खाउँ भन्ने समस्या छ। तीनै गरिभ किसानको देश हो—नेपाल।
 ठूला-ठूला महलमा बस्ने र मोटरमा हिँड्ने त यहाँ १० प्रतिशत पनि छैनन्। तिनीहरू नेपाल होइनन्।

४—ठूला-ठूला महल र अट्टालिमा बस्नेलाई म जनता भन्दिन। त्यो त एक प्रतिशत पनि छैन जो मोटरमा हिँड्छ, राम्रो लगाउँछ र राम्रो खान्छ। जनता त गाउँमा बस्छन्।

५—अर्धनग्न हाम्रा निरीह जनता आफ्नो पुर्ख्यौली थलोमा जीविकाको केही उपाय नदेखेर प्राण रक्षाका लागि हिन्दुस्तानतिर पस्छन्।

६—जनताबाट म विश्वास चाहन्छु, आशा होइन। विश्वासमा सक्रियता, कर्मण्यता, सहउद्यमी, साख्यभाव परिलक्षित रहन्छ। आशा अकर्मण्यता र परमुखापेक्षी भावना हो।

७—मलाई नेपाली जनताले श्रेय दिन खोज्दछ भने एउटै कुरामा देओस् कि मैले देशभित्र, देशको सामर्थ्यलाई बुझेको रहेछु र देशको सामर्थ्यलाई मैले मुखरित गर्ने कोशिस गरेको रहेछु।

८—मलाई नेपाली जनतामाथि विश्वास छ। म राजनीतिमा लाग्ने थिइन यदि जनतामाथि विश्वास नभएको भए। यो देशको तकदिरमाथि मलाई यत्रो विश्वास नभएको भए म दश वर्ष जेलमा बस्दा र फाँसिको फन्दाको नगिच पुग्दासम्म म बाँची रहने थिइन।

९—जस्तोसुकै विद्वान्, प्रतिभाशाली, कार्यनिपुण भए पनि देशलाई चाहिएको नेतृत्ववर्गमा तिनले स्थान पाउन सक्दैनन्, जबसम्म तिनीहरूको जरो जनमानसमा पसेको हुन्न। नत्रभने सबै दार्शनिक या प्रोफेसर राष्ट्र निर्माता हुन्थे।

जनताको अधिकार र कर्तब्य

१—जनताको अधिकारको अपहरणले राजनीतिमा दमनको रूप लिन्छ र त्यसले आर्थिक क्षेत्रमा शोषणको रूप लिन्छ। अर्थात् आर्थिक क्षेत्रमा भइरहेको शोषणको अन्त्य गर्न राजनैतिक अधिकार नभएको ठाउँमा सकिदैन; किनभने कसैले पनि शोषणका विरूध्द आवाज उठाउन राजनीतिक अधिकार हुनुपर्छ। जबसम्म अन्यायका विरूध्द लड्ने अधिकार कुण्ठित रहन्छ तबसम्म दमन कायम रहिरहन्छ।

२—जनतालाई विकास कार्यका लागि उत्प्ररित हुने राजनैतिक संस्थाहरू मध्ये एक मौलिक अधिकारको प्रत्याभूति हो।

३—मानिसलाई मानव अधिकारले नै मानिस हो भनेर स्थापना गर्दछ। बाँचेर मात्रै मानिस होइदैन। आफ्नो मानव अधिकारका साथ उसले बाँच्नुपर्छ भन्ने सिध्दान्तको मैले प्रचार गरेको हुँ। त्यसैले मौलिक प्रजातान्त्रिक अधिकारलाई मानिसको जन्मसिध्द अधिकार भन्दछन्।

४—जन अधिकारको अपहरणले राजनीतिमा दमन, अर्थतन्त्रमा शोषणको रूप लिन्छ। म यी दुबै कुराको विरूध्दमा छु।

सम्विधान

१—तेल पुगेको असल यन्त्रको लक्षण हो ध्वनिहीन हुनु सानो स्पन्दन बाहेक। त्यस्तै सम्विधानको सञ्चालित प्रक्रिया पनि स्वाभाविक हुनु पर्दछ कि त्यो बोधहीन नहोस् र साथै यति सरल कि त्यसको पाठ साधारण नागरिकका लागि पनि बोधगम्य होस्।

२—कुनै सम्विधानको अध्ययन गर्दा त्यसका चिसा अक्षरमुनि कुनै स्पन्दित भइरहेको न्यानो आत्मा छ कि छैन भनेर खोज्छु। अधिकारको दस्तावेजभन्दा इरादाको अठोट खोज्छु। अधिकारको कागजी रूपलाई मात्र प्राप्त गर्ने कसैको उद्देश्य रह्यो भने त्यसले कागजको खोष्टो मात्र पाउँछ।

आर्थिक विकास

१-—म कुनै आर्थिक विशेषज्ञ होइन तर जुन विकासले ग्रामीण जनतालाई पछाडी छोडिदिन्छ त्यो विकास विकास नै होइन। मेरो विचारमा शहरको सुविधामात्र हेर्ने, गाउँको वेवास्ता गर्ने विकास विकास हुनै सक्दैन। किनभने नेपाल गाउँ नै गाउँले बनेको देश हो।
समाजजवाद

१—समाजवाद भविष्यको लहर हो भन्ने हामीलाई लाग्छ। समाजवाद तेस्रो विश्व भनौं या असंलग्न विश्वको स्वाभाविक मित्र हो। समाजवादीको मियोमा बाँधिएनन् भने यो तेस्रो विश्वका देशहरू या त फासिष्ट सैनिक तानाशाहीतिर जान्छन या कम्युनिष्ट तानाशाही या कुनै सुधारविरोधी प्रतिक्रियावादी धार्मिक मौलिकतावादी तानाशाहीतिर। त्यसकारण हाम्रो तेस्रो विश्वका समाजवादीहरूका अघिल्तिर एउटा ठूलो चुनौती छ। आज समाजवादको आकर्षणको केन्द्रविन्दु यूरोपबाट हटेर तेस्रो विश्वमा पुगेको छ जहाँ समाजवाद जीवनको एउटा प्रेरणादायी आदर्श र विकासको नमुनाका रूपमा सान्दर्भिक बनेको छ। यदि नेपालको कुनै भविष्य छ भने, बाँच्ने एउटैमात्र उपाय त्यही हो। समाजवादका मुख्य दुइटा पोया छन्—१—राजनीतिक स्तरमा प्रजातन्त्र
 २—आर्थिक क्षेत्रमा गरीब जनतालाई न्याय दिने विकास। यी दुईपक्ष बिना गरीबी उन्मूलन गर्छु भन्नु रा राजनीतिक स्वतन्त्रता ल्याउँछु भन्नु असम्भव कथा हाल्नु बराबर हो। यो केवल आदर्शको प्रश्न अथवा जीवनको उत्कृष्ट मूल्यमा विश्वास राख्ने प्रश्न मात्र होइन; यो जीवनमरणको प्रश्न हो।

२—समाजवादको एउटा मुख्य लक्ष छ जसले यस महान आन्दोलनलाई प्रेरणा दिन्छ। त्यो हो—समानता।
 समानता भनेको—राजनीतक तथा आर्थिक समानता। समानताका दुईटा पूर्वावश्था छन्—(१) समाज देँवि संरचना होइन। त्यो सुध्द भौतिक व्यवस्था हो।जसको उद्देश्य हो, समाजका सदस्यहरूको सर्वाधिक कल्याण र सुरक्षा। कल्याण र सुरक्षाको अर्थ शुध्द भौतिक छ आध्यात्मिक होइन। (२) समाजका सदस्यहरूको आकांक्षा  र आवश्यकताहरू प्राय: समान हुन्छन्। अर्थात् सदस्यहरूको खाने, लाउने, बस्ने आवश्यकता प्राय: सबैको सामन हुन्छ। उनीहरूको कला या विज्ञानको वृत्ति पनि प्राय: समान हुन्छ। जसका लागि आफ्नो वृत्तिको विकास गर्न सबैले समान अवसर पाउनु पर्छ।

तानाशाह

१—कम्युनिष्टहरू तानाशाहीलाई मान्दछन्। सर्वहाराको तानाशाही उनीहरूको सिध्दान्त हो। म त्यसलाई मान्दिन।

२—तानाशाही व्यवस्थालाई प्रजातान्त्रिक संज्ञा दिने प्रयत्न गर्नु एउटा असत्यलाई अर्को असत्यले ढाकछोप गर्ने प्रयत्न मात्र हो।

३—निरंकुश व्यक्ति प्रारम्भमा जस्तो भए तापनि अवस्यंबावी रूपले विग्रँदै जान्छ। उदार निरंकुशता एउटा निरर्थक अभिव्यक्ति मात्र हो। त्यसोहुँदा कुनै कारणले पनि अधिकारच्यूत तानाशाहको भयङ्कर दुर्गति हुन्छ र एकपछि एक गर्दै उसका कुकृत्यको भण्डाफोर हुँदै जान्छ।

४—दलबिहीन वा एकदलीय व्यवस्था स्वेच्छाचारी हुन्छ, निरंकुश प्रवृत्तिको शासकले नागरिकहरूलाई यातना दिन्छ र मौलिक अधिकारको पूर्णरूपेण उपेक्षा गरेको हुन्छ।

अध्यात्म
१—धर्मको विरूध्दमा त म पटक्कै छैन, छँदै छैन। तर सबैलाई थाहा छ म धर्मको अभ्यास गर्दिन।

२—ईश्वर छ तर प्रचलित होइन जस्तो कि हाम्रो नियतिको निर्माताको रूप होइन। ……ईश्वर कवितामा हुन्छन्, ईश्वर सपनामा हुन्छन्। ईश्वरलाई विज्ञानको माध्यमले व्याख्या गर्न सक्नु हुन्न। भौतिक आधारमा व्याख्या गर्न सक्नु हुन्न। ईश्वर भन्नु एक आध्यात्मिक अनुभव हो।

३—माटोले मानिसलाई यथार्थवादी र जलले भाववादी बनाउँछ। अनि मान्छे कहिल्यै पनि नसिध्दिने कौतूहलको विषय बन्न जान्छ।

४—मानिसलाई खान पाएर मात्र पुग्दैन। जीवनका अरू पक्षहरू छन् जो महत्वपूर्ण छन्, सायद बढी महत्वपूर्ण। ती रहस्यहरूको तपाईंलाई अनुभव भएको छैन भने या तीनबाट चकित हुनुभएको छैनभने तपाईंले जीवन पूर्ण रूपमा बाँच्नु भएन।

५—मलाई देवताले केही अनुकम्पा गर्लान भन्ने त्यस्तो लाग्दैन। मे देख्दछु कति साना बच्चाहरू मरिरहेका छन्। आमाहरूले कल्पेर कति देवताहरूको प्रार्थना गरेका होलान्। कतिको दुलाहा मरेका होलान्। घर बरवाद कतिको भयो होला। ती सब कुराहरू देख्दा भने मलाई ईश्वरको विशेष अनुकम्पा हुन्छ भन्ने लाग्दैन।

६—मानिसको जुन संकट छ—मानसिक होस् वा अध्यात्मिक, त्यसको निवारण उसको आत्मवलमा छ। सानो एउटा संकटले कतिलाई छटपटाएर मारिदिन्छ। कोही मान्छे त्यो संकट माथि विजय प्राप्त गर्छ। ……दैवी शक्ति भन्ने कुरा त्यसबाट नि:सृत हुन्छ।

७—मैले कुनै मन्दिरमा गएर मलाई यसो गरिदेऊ भनेको छैन। त्यसमा मलाई पत्यारै छैन किनभने म भन्दा पनि बेसी खाँचो भएका मानिस त्यहाँ पुगेका छन् र उसमा पूरा भरोसा पनि गर्छन्। मैले त्यो देखिरहेको छु भने मेरो कुरा किन पूरा हुन्छ ? त्यसोहुनाले म भन्दा पनि भन्दिन। तर मन्दिरमा जाँदाखेरी मलाई एउटा सम्वेदनशीलताको, अर्काका प्रति एउटा करूणाको भाव जागृत हुन्छ। त्यो नै मलाई लाग्दछ—मेरा निम्ति मन्दिरको त्यो महत्व छ। मन्दिरमा जान्छु म तर देवताबाट कुनै आशा गरेर जान्न तर म त्यहाँको वातावरणबाट केही न केही प्राप्त गर्दछु।

साहित्य र कला र संस्कृति

१—कुनै पनि कला मर्यादित हुँदैन। आफ्नो मर्यादा यसले आफैँ सृजना गर्छ।

२—साहित्य सभ्यताको प्रतिक हो।

३—संगित र भावको सममिश्रणबाट जन्मेको उच्चतम दर्शन नै साहित्य हो।

४—सहित्य जीवन जस्तै व्यापक छ। यथार्थमा समग्र जीवनको प्रतिविम्व नै साहित्य हो।

५—मेरो साहित्यिक उद्देश्य नियम बनाउने नभएकाले त्यसमा इन्साफको खोजी गरेमा त्यो त्यहाँ पाइने छैन।

६—साहित्यमा सम्राट पनि नाङ्गो हुन्छ।

७—जीवनका अनन्त ज्वालाबाट टिपेको शब्दमा बाँधिन सकेको भावको नाजुक फिलिंगो हो—कविता।
 जसले कुनै निहित अर्थको संकेत हाम्रो अन्तर चेतनामा झल्काउँछ।

८—लेखकको स्वतन्त्र अभिव्यक्ति माथि भाषिक विद्वता छाँटिनु उपयुक्त होइन किनभने स्वतन्त्र अभिव्यक्ति माथि भाषिक विद्वता छाँटिन थालियो भने भाषा र साहित्यको विकास अवरूध्द हुन्छ।
९—कला, साहित्य मानिसको अन्तर्प्रेरणा प्रवृत्तिको अभिव्यक्ति हो। कला सुरक्षा चाहँदैन, स्वतन्त्रता छाहन्छ। उसलाई हिँडिसकेको बाटोमा खुट्टा चाल्न मन लाग्दैन। आफूले हिँड्ने बाटो आफै बनाउन चाहन्छ। भौतिक तृप्तिभन्दा दैवी असन्तोषलाई ऊ अँगाल्छ। फ्रायडको सिध्दान्तलाई म मान्दछु तर अझ अघि बढेर म आज नैतिकत (Morality) मा पुगेको छु।

१०—म राजनीतिको मत साहित्यमा राख्न बिल्कुलै रुचाउँदिन। राजनीतिको घेरा साँगुरो छ—कानूनको निर्देशनमा, नियमवध्दतामा बाँच्छ र साहित्य विराट् शास्ततामा। राजनीति चारैतिरबाट बन्द छ र कला चारैतर्फ खुला।

११—राजनीतिमा म अन्तर्प्रेरणाले उकासिएको छु भने साहित्यमा ठीक विपरित अन्तर्प्रेरणाले। म राजनीतिमा समाजवादी हूँ भने साहित्यमा अराजकतावादी।

१२—भाषा व्याकरणका अधिनमा रहनु हुँदैन किन कि व्यकरण पनि राजनीति जत्तिकै अग्राह्य छीज हो। भाषा जति उन्मुक्त रहन्छ त्यति नै त्यो गतिशील रहन्छ।

१३—म युनिभर्सल कल्चर (विश्व संस्कृति) मा विश्वास गर्दछु।

१४—कसैको शिरमा कालो टोपी छ कि छैन भन्ने कुराले कुनै अर्थ राख्दैन। यथार्थमा संस्कृति भनेको मानवको व्यबहार हो।

१५—समालोचक हुन पर्याप्त ज्ञान र सीपको आवश्यकता हुन्छ।

१६—लक्ष्मीप्रसाद देवकोटा अभावमा पनि रसरङ्ग देख्ने, गरीबीमा पनि धनीपन देख्ने सर्वव्यापी भावना भएका हुनुहुन्थ्यो। देवकोटाको सम्वेदनशीलता व्यापक छ ।
साभारः सशाँक कोइराला ।

राष्ट्रमाथि खतरा आएको छ -बिपी कोइराला

 

म स्वदेश र्फकनुका दुई कारण छन् । एउटा कारण, हिन्दुस्तानमा अहिले देखिँदै आएको अन्तर्राष्ट्रिय नीतिको परिवर्तन हो । हामी हिन्दुस्तान किन आएका थियौँ ? हामी तिब्बतीहरू शरणार्थी भएर आएजस्तो आएका थिएनौँ । हामी ज्यान जोगाउन भागेर आएका पनि होइनौँ । भारतमा प्रजातान्त्रिक व्यवस्था भएकाले हामीलाई यहाँबाट आफ्नो संगठनको निम्ति सम्पर्कको सुविधा होला भनेर आएका थियाँै । हामी राजनीतिक उद्देश्य लिएर आएका थियौँ । राजनीतिक उद्देश्य राख्नुका तीन चार कारण छन् । 

हिन्दुस्तान प्रजातान्त्रिक मुलुक हो । यहाँको वातावरण प्रजातान्त्रिक भएकाले काम गर्न सजिलो हुन सक्छ । यहाँको सरकारले हामीलाई समर्थन नदिए पनि जनमत हाम्रो पक्षमा छ । सरकारमा रहेको पार्टीले हामीलाई मद्दत गर्न अप्ठेरो माने पनि विभिन्न पार्टीका लागि हामीलाई मद्दत गर्न अप्ठेरो हँुदैन । हाम्रो उद्देश्यका निम्ति यहाँको राजनीतिक वातावरण उपयुक्त हुनसक्छ । मलाई लाग्छ, सरकारसित पनि राजनीतिक भाषा र विचारको आदान-प्रदान हुन सक्छ । नेपालमा प्रजातन्त्र आएको खण्डमा हिन्दुस्तानको पनि भलाइ हुन सक्छ । यसले हामीलाई पनि काम गर्न सजिलो होला ।

दोस्रो कुरा, हामीले यहाँ आएपछि अन्तर्राष्ट्रिय जगत्मा पनि सम्पर्क गर्न थाल्यौँ । देशमा कडा निगरानी भएका वेला यहाँ सुरक्षित भएर देशभित्रका संगठनलाई निर्देशन दिन सकिएला, संगठन बढाउन पनि सकिएला भन्ने सोचेका थियाँै । देशमा कुनै नयाँ राजनीतिक वातावरण सिर्जना भए त्यसलाई पनि सम्बोधन गर्न सकिएला भन्ने सोचेर हामी यहाँ आएका थियाँै ।
 
हामी यहाँ आएको सात-आठ वर्ष हुन लाग्यो । तर, हामीमा भएको आशा पूरा हुन सकेन । भारत सरकारको नीति सधैँ राजालाई खुसी पारेर आफ्नो स्वार्थ सिद्ध गर्न र आफ्नो उद्देश्य पूरा गर्न सकिएला भन्ने किसिमको भयो । मलाई लाग्छ, कुनै न कुनै दिन उनीहरूले आफ्नो नीति गलत रहेछ भन्ने आफैँ स्विकार्नुपर्नेछ । उनीहरूको नीतिले राजालाई खुसी पार्ने र हामीलाई अप्ठेरो पार्ने भयो । हामीलाई मद्दत नगर्ने मात्र नीति भएको भए पनि एउटा वातावरण बन्न सक्थ्यो । यहाँ संकटकाल लागू भयो । यहाँबाट कुनै ठूलो स्तरको सरकारी मद्दत हामीले पाएनाँै । तर, यहाँ बस्ने साथीहरूको अनुभवमा यहाँका जनताको पूरा समर्थन हामीलाई छ । हामीलाई हिन्दुस्तानी जनता र विभिन्न पार्टीको पूरा सहानुभूति छ ।
 
म हिन्दुस्तानको राजनीतिमा सन् १९२७ देखि सक्रिय रूपमा संलग्न भएको थिएँ, स्कुल पढ्दादेखि नै । सन् १९४६ सम्म हिन्दुस्तानको साजनीतिमा रहेँ । भारतको राजनीति गर्दा-समाजवादी पार्टी, कांग्रेस पार्टी, कम्युनिस्ट पार्टीलगायत युवक संगठनको सन्दर्भमा मलाई थुनियो । कम्युनिस्ट आन्दोलनमा म पनि समातिएँ । यहाँ यति लामो अवधिसम्म मेरो राजनीतिक क्रियाकलाप भएको हुनाले धेरै ठूला-ठूला ओहोदा र राजनीतिक पार्टीका पदमा मेरा साथी छन् ।

अहिले कांग्रेसकै कुरा लिउ“m, कांग्रेसका देवकान्त बरुवा मेरा सबैभन्दा नजिकका साथी हुन् । उनले अस्ति मलाई एउटा चिठी पठाए । सन् १९३१ मा हामीले एउटा कमिटी बनाएका थियाँै । म त्यसको संयोजक थिएँ । हाल कम्युनिस्ट पार्टीका राजेश्वर राव पनि यसमा सदस्य थिए । म सन् १९४१ म्ा दरभंगामा समातिएँ र सन् १९४२ मा फेरि समातिएँ पटनामा । डा. राजेन्द्र प्रसाद, अनुग्रहनारायण सिंहलगायत धेरै साथीसँगै म समातिएँ । तसर्थ मप्रति धेरै व्यक्तिले सहानुभूति राख्छन् । तर, जनताको सहानुभूति हुनु एउटा कुरा हो । विभिन्न पार्टीको सहानुभूति हुनु अर्को कुरा हो । त्यस्तै, सरकारी स्तरको सहानुभूति अर्को कुरो हो । सरकारले समर्थन दिन पनि अप्ठेरो हुन्छ । यहाँ संकटकालमा अर्कै कुरो भयो । हामीलाई अप्ठेरो पार्ने, हाम्रो एकतालाई तोड्ने, हाम्रा मानिसलाई थुन्ने, समात्ने, हिन्दुस्तानमा हाम्रा साथीलाई क्षेत्रबन्दमा राखेर सताउने इत्यादि कुराले यहाँ हामी बसेको उनीहरूलाई ठीक लागेन भन्ने अनुभव भयो । उनीहरूले हामीलाई सबै कुरा भन्न नसके पनि अरू लक्षणबाट यो कुरा बुझियो । यहाँ हामी एउटा आशा लिएर आएका थियौँ, त्यो पूरा हुन सकेन । तर पनि यहाँ हामीले आफ्नो पुस्ता र संगठनको पुस्तालाई बचाएर राख्याँै, यो हाम्रो तेस्रो पुस्ता हो । 

यो पुस्ता नेपाली कांग्रेसप्रति आकषिर्त छ । संघर्षको यस क्रममा हामी सफल पनि भयौँ, असफल पनि भयाँै । यहाँ हामी एकत्रित भएर कार्य पूरा नहुँदै जान लागेको अर्थमा असफल भयौँ । यसैलाई पूर्णतः असफलता मान्नु भने हुँदैन । नेपालमा वर्तमान व्यवस्थाका विकल्पमा कुनै पार्टी छैनन्, अहिले पनि नेपाली कांग्रेस नै विकल्प हो । अहिले पनि देशमा स्थिरता कायम गर्न हाम्रो सहयोग चाहिन्छ । यहाँ निर्वासनमा मैले संविधानसम्बन्धी वा अन्य कुनै विषयमा बोल्नेबित्तिकै खुला परिपत्र जारी हुन्छ । तसर्थ युद्ध भनेको हार्ने कुरो मात्र होइन, कुनै पनि युद्ध विभिन्न लडाइँको क्रमिक रूप नै हो । दोस्रो विश्वयुद्धमा दुई सयभन्दा बढी ठुल्ठूला लडाइँ भए । १२५ जति लडाइँ जर्मनी समर्थित नाजी शक्तिले जिते । बर्मा, सिंगापुर, प|mान्स वा बेल्जियममा लडाइँ भए । अंग्रेजका सहयोगी हार्छन् तर फेरि ७५ ठाउँका ठूला-ठूला युद्धमा अंग्रेजले जिते । त्यसो हुनाले लडाइँमा हार व्यहोरे पनि म हिम्मत भने हार्दिनँ ।
 
अब म तपाईंहरूलाई दोस्रो विश्वयुद्धको उदाहरण दिन्छु । त्यसमा बेलायत, प|mान्स र बेल्जियम हारेकाले यो उदाहरण दिन लागेको हुँ । त्यतिवेला हारेपछि अंग्रेजले हिटलरका विरुद्धमा लड्न पल्टन पठाएका थिए । लडाइँमा हारेपछि उनीहरू हात-हतियार फ्याँकेर नांगै भए पनि डुंगामा चढेर बेलायत फर्केर आए । तिनीहरूले दुनियाँमा जहाँ पनि प|mान्स, ब्राजिल जतासुकै आत्मसमर्पण गरिदिए । त्यतिवेलाका बेलायतका विदेशमन्त्री चेम्बर लिन र प्रधानमन्त्री चर्चिलले हिम्मत हारेनन् । उनीहरूको भनाइ थियो, 'हामीले एउटा युद्ध मात्र त हारेका छौँ । हामी अन्तिम समयसम्म पनि लड्छौँ र हार्दैनाँै ।' उनीहरूसँग अमेरिकी हातहतियार थिए । त्यो सबैलाई चाहिएको थियो । त्यसकारण उनीहरूसँग हिम्मत पनि थियो । उनीहरूले ठूला-ठूला लडाइँ जितेको हुनाले अन्तिम समयसम्म जित्छौँ भन्ने हिम्मत पनि थियो । मैले पनि यहाँ बसेर युद्ध हारेको छैन । आत्मबल गुमाएको पनि छैन । यो निकै गर्वको विषय हो । यति भन्दाभन्दै म स्वदेश-नेपाल जान्छु भन्नेबित्तिकै नेपालमा यही कुरो चर्चाको विषय बनेको छ । म नेपाल जाने भएकैले नेतालगायत जनतामा यसको चर्चा छ । कसैले निराश भएर आएको भन्दैनन् । 

अर्को कुरा हिन्दुस्तानमा तपाइर्ं हामीले काम गर्यौँ । तर, यहाँका सर्वसत्तावादीले हामीलाई मन नपराएको पनि हामीले बुझ्नुपर्छ र त्यसभन्दा पनि हिन्दुस्तान, बंगालादेश, पाकिस्तान, नेपाल, भुटान, बर्मा र श्रीलंका- यो दक्षिण एसियाको भूभाग, हिमालभन्दा दक्षिणको भूभागको क्षेत्र अस्थिर अवस्थामा पुगेको छ । हिन्दुस्तानमा प्रजातान्त्रिक व्यवस्था भए पनि अस्थिरता छ । हाम्रो नेपालमा पनि अस्थिरता छ । बंगालादेशमा त झन् राजनीतिक रूपमा अस्थिरता छ । खासगरी हाम्रो नेपालमा अस्थिरताको कारण राजनीतिक व्यवस्था हो । यहाँको व्यवस्थाले जनमानसबाट स्वीकृति पाउन सकेको छैन । यसले जनताको वैधानिकता पाएको छैन । केवल राजसंस्थाको जोडले मात्र त्यो व्यवस्था टिकेको छ । यस व्यवस्थाको संगठनलाई जनताले स्वीकार गरेका छैनन् । पञ्चायतलाई जनताले अस्वीकार गरेको हुनाले यसलाई प्रशासन र पल्टनको आधार चाहिएको छ । अलिकति खुकुलो हुनेबित्तिकै व्यवस्था नै डगमगाउँछ । ०३२ सालको संविधान सुधार आयोगले जनतालाई आ-आफ्नो मन्तव्य नडराई भन्नोस् भन्दा प्रत्येक नेपालीले यस व्यवस्थाको विरोधमा विचार व्यक्त गरे । त्यसो हुनाले यो शासन प्रणाली राणाको प्रणालीजस्तै अनिश्चित छ । 

नेपाल अहिले निकै संवेदनशील क्षेत्र भएकाले यो देश अन्तर्राष्ट्रिय महत्त्वको देश भएको छ । हुन त हाम्रो सानो मुलुक हिन्दुस्तान र चीनको छिमेकी भएको एवं यी दुई देशबीच मेल नभएको कारणले उनीहरूको चासोको देश पनि भएको छ । उता अमेरिका र रुसजस्ता महाशक्तिको पनि यस क्षेत्रमा ठाडो चासो रहेको हुनाले यो क्षेत्र अस्थिर हुने आशंका व्याप्त छ । नेपालको अहिलेको राजनीतिक व्यवस्था सबैबाट अस्वीकृत भएकाले अन्तर्राष्ट्रिय कारणले यहाँ अस्थिरता छाएको छ । म एउटा उदाहरण दिन चाहन्छु, भियतनामबाट हात झिकेयता अमेरिका, रुस र चीनबीच अपि|mकी देशमा एउटा त्रिकोणात्मक लडाइँ चलिरहेको छ । रुसले अमेरिकाको निन्दा गर्छ । अमेरिकाको कूटनीति दक्षिणपूर्वी एसियामा अल्झेको हुनाले ऊ निरन्तर कमजोर भएको छ । उसका विश्वव्यापी नीति कमजोर भएको छ । अमेरिकाले एकातिर समाजवादीसँग पनि मुकाबिला गर्नुपर्ने, उता चिनियाँ र रसियन धुरीसँग पनि मुकाबिला गर्नुपर्ने भएकाले यसले नयाँ निर्णय गर्नुपर्यो । अब अमेरिकाको सामुन्ने अन्तर्राष्ट्रिय सम्बन्धको रोजाइ सबै मुलुकबाट फिर्ता आएर आफ्नो मुलुकमा मात्र सीमित रहने कि विश्वव्यापी रणनीति बनाउने, दुई विकल्प छन् ।

एउटा पक्ष भन्छ, 'हामीलाई अरूको के मतलव, अरूलाई पनि हामीसँग के मतलव ? रुससँग किन मुकाबिला गर्ने ? हामी आफ्नै देशमा सीमित रहौँ । हामीसँग जसले सम्पर्क गर्छ, त्यसलाई सघाऔँ, अरूलाई मतलव नराखौँ । हामीलाई कसैले आक्रमण गर्छ भने मजबुत भएर मुकाबिला गराँै ।' अर्को पक्ष भन्छ, 'जसरी अमेरिकाले प्रथम विश्वयुद्धमा नचाहँदा नचाहँदै संलग्न हुनुपर्यो । दोस्रो विश्वयुद्धमा पनि अमेरिकाले आखिरमा आएर बाध्यतावश फस्नै पर्यो । त्यसैले यस्तो अवस्थामा हामीले फस्नै पर्छ । तसर्थ विश्वव्यापी रूपमा आफ्नो कार्यक्षेत्र बनाउनुपर्छ।'

यतातिर हिन्द महासागर क्षेत्रको दियोगार्सियामा अमेरिकी गतिविधिबारे रुस समर्थक प्रेस, हिन्द महासागरमा अमेरिकी प्रभाव बढ्न थाल्यो भनेर लेख्छन् । अमेरिकी पक्ष चाहिँ हिन्द महासागरमा रुसको प्रभुत्व बढ्यो, हामीले बल प्रयोग नगरी भएन भन्छ । मार्गरेट थ्याचरको भाषण तपाइर्ंहरूले सुन्नुभएकै होला । अन्तर्राष्ट्रिय प्रभाव अब एसियामा आएको छ । यो कुरा मैले अढाई वर्षपहिले नै भनेको थिएँ । भारतीय पत्रपत्रिकामा तपाईंहरूले पढ्नुभयो होला । हाल कोलम्बोमा सम्पन्न असंलग्न सम्मेलनमा पास भएको प्रस्तावको पहिलो हरफमा भनिएको छ- अमेरिकीहरू भियतनामको युद्ध हारेपछि दक्षिण-पूर्वी एसियाबाट बाहिरिए । अब उनीहरू दक्षिण एसियामा आफ्नो प्रभावको केन्द्र बनाउँदै छन् । मैले भनेको भाषा अढाई वर्षपछि आएर उनीहरूले भने । 
भियतनामबाट अमेरिकी फकर्ंदा मैले भनेँ, 'अब तिमीहरू सावधान होऊ । अब यस क्षेत्रमा आउने अमेरिकी शक्तिको तिमीहरूले मुकाबिला गर्नुपर्छ ।' त्यही क्रममा उनीहरूसित सिक्किमको कुरा चल्यो । सिक्किममा आन्दोलन भयो । आन्दोलनपछि सिक्किमलाई भारतमा गाभियो । त्यसले नेपालीहरूका बीचमा शंकाको वातावरण उत्पन्न भयो । त्यस विषयमा मलाई सोधियो, यसमा तपाईंलाई के लाग्छ ? मैले भनेँ-सिक्किम तिम्रै प्रभावमा थियो । यसरी विश्वको दृष्टिकोणलाई ख्याल नराखी आफूमा मिलाउनुपर्ने कारण केही पनि देखिँदैन । तर, तिमीहरूले केही कारण देख्यौ होला । त्यस्तो कुनै बाध्यता अवश्य पर्यो होला । त्यो कुरा हामीलाई थाहा भएन । नत्र, त्यसरी सिक्किममाथि कारबाही गर्नुपर्ने कुनै कारण देखिँदैन ।
 
सिक्किमलाई अवैधानिक ढंगबाट गाभ्नुपर्ने अरू कारण भए मलाई थाहा छैन । जे होस् मेरो उनीहरूलाई भनाइ थियो, भारतले त्यो कारबाही गरेर यस क्षेत्रलाई अप्रत्याशित रूपमा अस्थिर बनायो । अब हिन्दुस्तानले जुन पक्षसँग टक्कर लिन यो काम गर्यो, त्यस पक्षले भारतकै मिजोरमा वा अन्य भागमा वा बंगालादेशतर्फ आँखा लगाउँछ ।
 
मैले यस्तो भनेको ६ महिनापछि बंगालादेशमा 'कु' भयो । यसले अवश्य पनि हिन्दुस्तानलाई असर पुर्यायो । त्यसपछि एक दिन तिनीहरूले मलाई फेरि सोधे, 'यी सबै साम्भाव्य घटना तिमीलाई पहिल्यै थाहा थियो कि क्या हो ?' मैले भनेँ, पहिले थाहा भएको होइन । यो त घटना क्रमको विश्लेषण गरेर थाहा पाइने कुरा हो ।'
मैले भनेँ, 'यस क्षेत्रमा तिमीहरूले जसका विरुद्ध आफूलाई उभ्याएका छौ, यहाँ तिमीहरू मात्र छैनौ । सुरक्षाको प्रसंगमा त्यसले हस्तक्षेप गर्छ कि गर्दैन ? उसँग हस्तक्षेप गर्ने अरू ठाउँ छैन । सबैभन्दा प्रमुख ठाउँ अहिले बंगालादेश नै भएको छ । त्यसैले अब त्यहीँ गतिविधि गर्छ ।' तर, बंगालादेश मात्र होइन, यो सम्पूर्ण क्षेत्र नै अहिले गतिविधि गर्न सकिने ठाउँ जस्तो देखिएको छ । त्यसैले अहिले यो सम्पूर्ण क्षेत्र नै अस्थिर क्षेत्र भएको छ । 

अब, नेपालको सन्दर्भमा जाऊँ । ०१७ सालको राष्ट्रविरोधी कदममार्फत हाम्रो देशमा आफ्नो प्रभाव बढाउन चीनले राजालाई साथ दिएको थियो । चीनले प्रोत्साहन दिँदा राजाको हिन्दुस्तानको हितमाथि असर पर्नसक्ने आवाज आउँथ्यो । हिन्दुस्तानले आफ्नै व्यवस्था र चीनसँग तर्सिएका कारणले, अन्ततः राजालाई नै आफ्नो पक्षमा गराएर होस् वा जसरी भए पनि आफ्नो हित पूरा गराउने रणनीति बनायो । 

डा. तुलसी गिरी प्रधानमन्त्री भएपछि हिन्दुस्तानले उनलाई खुसी पार्ने कोसिस गर्यो । पहिलेदेखि नै डा. गिरीको हिन्दुस्तानसँग बेग्लै सम्बन्ध छँदै थियो । नेपाल चीन र हिन्दुस्तानसँग समदुरीमा बस्न चाहन्छ भन्ने नेपालका परराष्ट्रमन्त्रीको वक्तव्य आयो । तर, हिन्दुस्तानको हामीबीच विशेष सम्बन्ध हुनुपर्छ भन्ने भनाइ आयो । त्यो विशेष सम्बन्ध भनेको भावनात्मक मात्र होइन नि । कूटनीतिक भाषामा विशेष सम्बन्ध भनेको प्रतिरक्षात्मक सम्झौता हो । राजनीतिमा विशेष सम्झौता भन्नुको अर्थ कुनै क्रयविक्रयको बखत एक अर्काको पक्षमा हुनु हो । हिन्दुस्तानी पक्षको भनाइअनुसार, राणा प्रधानमन्त्री मोहन शमशेरको पालामा भारत र नेपालबीच एउटा सम्झौता भएको छ । कुनै तेस्रो शक्तिले नेपाल र भारतमाथि वा कुनै एकमाथि आक्रमण भयो भने त्यस आक्रमणलाई आफूमाथि भएको आक्रमण ठानेर आपसमा मिलेर संयुक्त कारबाही गर्ने भन्ने । त्यसैको आधारमा भारतले विशेष सम्बन्धको कुरा उठाएको हो । 

म प्रधानमन्त्री हँुदा यसै सम्बन्धमा एउटा घटना भयो । हिन्दुस्तानका प्रधानमन्त्री जवाहरलाल नेहरूले संसदमा भाषण गर्दा भन्नुभयो, 'नेपाल र भुटानमाथि भएको आक्रमणलाई भारतले आफँैमाथि भएको आक्रमण ठान्नेछ।'
उहाँको त्यो भनाइको आशय, प्रतिरक्षाको प्रसंगमा भारतको सिमाना हिमालसम्म छ र हिमाललाई पार गरेर कुनै हस्तक्षेप वा आक्रमण भयो भने त्यो आक्रमण हिन्दुस्तानमाथिको आक्रमण मानिनेछ भन्ने थियो । 

नेहरूजीको यो भनाइ मैले काठमाडौंमा अखबारमा पढँे । त्यसपछि हिन्दुस्तानका सारा अखबारले मलाई सोधे, 'यस विषयमा तपाईं के भन्नुहुन्छ ?' हो वा होइन जवाफ माग्न थाले । मेरो भनाइ थियो, 'त्यो अखवारमा मात्र आएको कुरा हो । भारतीय संसदको दस्ताबेज मैले पढेको छैन । त्यसो हुनाले अखबारमा आएको समाचारको आधारमा म हिन्दुस्तानको प्रधानमन्त्रीलाई जवाफ दिन उचित ठान्दिनँ ।'
 
मैले पत्रकारलाई यो कुरा भनेको पर्सिपल्ट उनीहरूले संसदकै रिपोर्ट ल्याएर भने, 'अब त भन्नुहोस् ।' अनि मैले भनेँ, 'नेहरूजीले नेपालसँग नसोधी नेपालमा आफ्नो अधिकार छ जस्तो गरेर त्यसो भन्न हुने थिएन । नेपाल पूर्ण सार्वभौमिकता सम्पन्न स्वतन्त्र राष्ट्र हो । उहाँले एउटा अवस्थामा नेपालले मागेमा, हामी सहायता दिन्छौँ । नेपाल पनि सुरक्षाविहीन छैन भनेर मित्रता देखाएको हो । हिन्दुस्तानको पक्षबाट एकोहोरो कारबाही गर्ने नभएर नेपालले चाहेको खण्डमा हामी सहयोग दिन्छौँ भन्न खोजेको हो ।' 

फेरि पत्रकारले जवाहरलाल नेहरूसँग प्रश्न गरे, 'तपाइर्ंले भनेका कुरामा नेपालका प्रधानमन्त्रीलेे त आफ्नो असहमति व्यक्त गरे नि ? अनि, नेहरूजीले भन्नुभयो, 'उनले भनेकै आशय ठीक हो । मैले भनेको कुरो बिपीकै व्याख्याको भाव हो ।' उहाँले संसदमा फेरि भन्नुभयो । अनि मोहनशमशेरसँग भएको सम्झौताको पत्र पहिलोचोटि बाहिर ल्याइयो । अहिले विशेष सम्बन्ध र समदुरी भन्ने कुरा त्यसैको दुरीमा भनिँदै छ र यी कुरा हाम्रो राष्ट्रको अहितमा हुन्छन् ।
 
नेपालको प्रधानमन्त्री हिन्दुस्तान आएका बखत पारेर इन्दिरा गान्धीले भनेकी थिइन्, 'नेपालले सुरक्षाको सुनिश्चितताका लागि भारतलाई आधार बनाउनु हँुदैन । हामी नेपाललाई जिम्मेवार मित्रको हदसम्म मात्र सहयोग गर्न सक्छौँ ।'

भारतीय पक्षको तत्कालीन भनाइ थियो, 'उनीहरूले नेपाललाई दिने सामान अन्तर्राष्ट्रिय मूल्य नीतिअनुसार दिनेछन् । र, नेपालले विदेशी मुद्रामा त्यसको भुक्तानी गर्नुपर्छ । भारत स्वयंले ती वस्तु डलरमा किन्ने गरेको छ ।' भारतीय पक्षको यस्तो कथन आएपछि नेपाल हच्कियो । यसबाट राजाको हिन्दुस्तानसँगको विश्वास पूर्ण रूपमा सिद्धियो । यसबाट चीनको दृष्टिकोणमा पनि परिवर्तन आयो । किनभने चीनका लागि राजाको उपयोगिता सिद्धियो । अन्तर्राष्ट्रिय स्तरमा राजाको यस्तो भूमिका छ, देशभित्रको स्थिति भिन्नै छ । महाराजधिराजको राजनीतिक प्रभाव घट्दै छ । राजाले थोपरेको व्यवस्था दिनदिनै अस्थिर हुँदै छ । गाउँ र्फकको हातमा राजनीतिक जिम्मा दिइँदै छ । तर, जनताको कुनै पनि वर्ग यसमा सन्तुष्ट छैन । अब यस्तो वेलामा म स्वदेश जाँदै छु । यसलाई आत्मसमर्पण गरेर गएको भन्न सकिँदैन । राजनीतिक विश्लेषणको आधारमा एउटा जोखिम लिएर म देशभित्र जाँदै छु ।


(राष्ट्रिय एकता र मेलमिलापको नीति अवलम्बन गरी ०३३ पुस १६ मा स्वदेश र्फकेको केही दिन पहिले भारतको दरभंगामा जननायक बिपी कोइरालाले व्यक्त गरेको विचारको अंश यो लेख बिपी कोइरालाको "अदालतको बयान" नामक पुस्तकबाट साभार गरिएको हो ।)

बीपी कोइरालासँगको अन्तर्वार्ता


मान्छे मरेर जान्छन् तर केही व्यक्तिहरू मरे पनि उनीहरूका विचारहरूले देश, समाज तथा जनतालाई सदियौंसम्म विशेष शन्देश छोडेर जाने गर्छ। बीसौँ शताब्दिका ती महानतम नेपालीले आफ्नो अन्त्यकाल आएको थाहा पाउनु भन्दा केही दिनअघि आफ्ना साथी भोला चटर्जीलाई आफ्नो मनको कुरा भन्नु भएको थियो- जो यहाँ प्रस्तुत छ।

तपाईँको प्रजातान्त्रिक समाजवाद प्रतिको वचनवद्धता एक ऐतिहासिक तथ्य हो। सन् १९३० को दशकका प्रारम्भदेखि नै तपाईँ समाजवादी रहिआउनु भएको छ। तपाईँको प्रजातान्त्रिक समाजवादको वास्तविक धारणा के हो? एउटा सैद्धान्तिक आन्दोलनका रूपमा प्रजातान्त्रिक समाजवादको वास्तविक धारणा के हो? एउटा सैद्धान्तिक आन्दोलनको रूपमा प्रजातान्त्रिक समाजवादको नेपालमा कुनै भविष्य छ जस्तो तपाईँलाई लाग्छ?
सन् १९८१ को फरवरी (फागुन) मा मैले अष्ट्रेलियाको राजधानी सिड्नीमा एउटा भाषण दिएको थिएँ। त्यसमा मैले हाम्रो सङ्घर्षको अनुभव संक्षेपमा बताएँ र संसारका समाजवादीहरूले त्यसबाट के पाठ सिक्न सक्छन् भन्‍ने कुरा गरेँ। एशियाली तथा प्रशान्त क्षेत्रको समाजवादी सङ्घको सिड्नी सम्मेलनमा मैले बनाएका पाँचवटा बूँदा प्रस्तुत गरेँ। पहिलो बूँदा प्रजातन्त्रका बारेमा छ, किनभने जनताको स्वार्थ निहीत भएका उचित राजनीतिक संस्थाहरू विना आर्थिक विकास पनि संभव छैन।

राजा महेन्द्रबाट ०१७ साल ल्याउनुको पछाडि एउटै तर्क दिइएको थियो कि आर्थिक विकासलाई राजनीतिबाट अलग्याउन सकिन्छ र विकासको गतिलाई तानाशाही व्यवस्था अन्तर्गत छिटो दौडाउन सकिन्छ। तर त्यो भएन। किनभने वास्तवमा भन्ने हो भने राजाको प्रत्यक्ष शासनले देशको आर्थिक अवस्थालाई पुरा नष्ट हुने विन्दुमा ल्याइपुर्‍यायो। २०१७ साल पछि देश झन् गरीव भएको छ। हाम्रा अनुभवमा (अर्थात् तेश्रो विश्वको) सन्दर्भमा विकास भन्नुको अर्थ जनतालाई विकासको काममा अभिप्रेरित गर्नु हो। उनीहरूलाई विकासका हरेक तहमा सामेल गर्नुपर्छ विकासको निर्णय गर्ने तहदेखि लिएर त्यो निर्णयको कार्यान्वयन गर्ने तहसम्म उनैलाई सामेल गर्नु पर्छ। यो एउटा राजनीतिक काम हो। तानाशाही शासनले एउटा प्रजातान्त्रिक महल खडा गर्न सक्छ जससित जनताको कुनै सम्बन्ध छैन। त्यसो हुनाले एउटा समाजवादी मानिसले प्रजातान्त्रिक संस्थाहरूको विकासमा समेत सरोकार राख्‍नु पर्छ।

दोश्रो बुँदा विदेशी सहायताका बारेमा छ। यस बारे हाम्रो के विचार छ भने हामीहरुको जस्तो अवस्थामा विदेशी सहायताले विकासको प्रक्रियालाई मद्दत गर्नुको सट्टा एउटा वर्ग सिर्जना मात्र गर्छ जसको सम्पन्नताले देशको आर्थिक अवस्थासित कुनै सम्बन्ध छैन। त्यो सम्पन्नता केवल बिदेशी सहायतालाई आफ्नो खल्तीमा हाल्ने, भ्रष्टाचार गर्ने या अवैध व्यापार गर्ने जस्ता कुरामा आधारित छ।

तेश्रो बूँदा, हामीहरूको जस्तो गरीव देशको विकासका लागि पश्चिमका विकसित समाजहरूले देखाएको नमूना उचित छैन भन्ने। विकासको त्यो नमूना अगाडि राखेर हामीले काम गर्नका लागि अत्यन्त ढिलो भइसक्यो। त्यस्तो उच्च स्तरको प्रविधि आयात गरेर हामीलाई हुँदैन। हामीलाई ठीक हुने प्रविधि त हाल हामीले प्रयोग गरिरहेको भन्दा केही उत्कृष्ट प्रबिधि मात्र हो। हामीलाई उच्च स्तरको प्रविधि आयात गरेर हामीलाई हुँदैन। हामीलाई ठीक हुने प्रविधि त हाल हामीले प्रयोग गरिरहेको भन्दा केही उत्कृष्ट प्रविधि मात्र हो। हामीलाई त्यस्तो प्रविधि चाहिएको छ जसलाई हाम्रा आफ्नै मानिसले सञ्चालन गर्न सकून्। हामीले विकासको पश्चिमी ढाँचा अनुकरण गर्दाखेरि खास धनी झन् झन् धनी र गरीब झन् झन् गरीब हुँदै गइरहेका छन्। त्यो सम्पन्न वर्गको जरा (आधार) यो देशमा छैन, त्यो वर्गलाई यो देशको आर्थिक पुनरूत्थानमा खास रूचि पनि छैन।

चौथो बूँदा के हो भने समाजवादीका लागि संसारमा सर्वत्र चलिरहेको प्रजातान्त्रिक आन्दोलनका प्रति उदासीन रहनु भन्दा बढी खराब काम अरू कुनै हुनै सक्तैन। प्रजातन्त्र भन्नाले मेरो तात्पर्य उदार प्रजातन्त्र पट्टी छ। यो कुरामा विशेष जोड दिएर भन्न चाहन्छु किनभने कहिले काहिँ समाजवादीहरू आर्थिक विकासलाई पहिलो प्राथमिकता दिएर यो बूँदालाई दोश्रो प्राथमिकता दिने गर्छन्।

पाँचौ बूँदा के हो भने समाजवाद भविष्यको लहर हो भन्ने हामीलाई लाग्छ। समाजवाद तेश्रो विश्वका देशहरू या त फासिष्ट सैनिक तानाशाहीतिर जान्छन्, या कुनै सुधारविरोधी प्रतिक्रियावादी तानाशाहीतिर। त्यसकारण हामी तेश्रो विश्वका समाजवादीहरूका अघिल्तिर एउटा ठूलो चुनौति छ। आज समाजवादको आकर्षणको केन्द्रविन्दु यूरोपबाट हटेर तेश्रो विश्वमा पुगेको छ जहाँ समाजवाद जीवनको एउटा प्रेरणादायी आदर्श र विकासको नमूनाका रूपमा सान्दर्भिक बनेको छ। यदि नेपालो कुनै भविष्य छ भने, बाँच्ने एउटै उपाय त्यही हो। समाजवादका मुख्य एउटा पोया छन् (१) राजनीतिक स्तरमा प्रजातन्त्र र (२) आर्थिक क्षेत्रमा गरीब जनतालाई न्याय दिने खालको विकास। यी दुई पक्ष विना गरीबी उन्मूलन गर्छ भन्नु र राजनीतिक स्वतन्त्रता ल्याउँछु भन्नु असम्भव कथा हाल्नु बराबर हो। यो केवल आदर्शको प्रश्न अथवा जीवनका उत्कृष्ट मूल्यमा विश्वास राख्ने प्रश्न मात्र होइन, यो जीवनमरणको प्रश्न हो।

तपाईँ नेपालमा कस्तो किसिमको आर्थिक व्यवस्था चाहनुहुन्छ? र नेपाले आफ्नो विकास कसरी गर्न सक्छ भन्ने ठान्नु हुन्छ?

म यस सम्बन्धी मेरो विचार तपाईँलाई भनौँला। मेरो विचार उति स्पष्टसँग परिभाषित छैन। तर म त्यसतर्फ केही उज्यालो देख्छु। म त्यही उज्यालोतिर छाम-छुम गर्दै अघि बढ्दै छु।

यस बारेमा अलि केही भन्नु सक्नु हुन्थ्यो कि?

म प्रधानमन्त्री छँदा एकपालि म योजना आयोगको अफिसमा गएँ। योजनाबिद्हरू बसिरहेको कोठाको भित्तामा राजाको एउटा तस्वीर टाँगिएको थियो। उनीहरूलाई मैले सम्बोधन गर्नु थियो तर मलाई ती योजनाबिद्हरूलाई के भनौँ भने जस्तो भइरहेको थियो।

ती सबै आर्थिक विशेषज्ञ थिए कि?

अँ तिनीहरू मध्ये केही हार्वाड र केम्ब्रिज विश्वविद्यालयका उत्पादन पनि थिए। उनिहरूलाई मैले भने- “यहाँ राजाको तस्वीर टाँगिएको छ, त्यो एकदम ठीक कुरा भएको छ। तर त्यहाँ एउटा अर्को पनि तस्वीर हुनुपर्छ- एउटा हलो जोतिरहेको किसानको तस्विर।” उनीहरूलाई मैले यो पनि भनेँ- “तपाईँहरूले जहिले पनि विकासको योजना बनाउँदा त्यो झुपडीमा बस्ने किसानलाई सम्झनुहोस्। र तपाईँहरूले यहाँ बसेर बनाएको योजनाले राजालाई होइन, कि त्यो किसानलाई के फाइदा दिन सक्छ भनेर आफैसित प्रश्न गर्नौँस।” यो मेरो मौलिक विचार होइन, महात्मा गान्धीको विचार हो। म कुनै आर्थिक विशेषज्ञ होइन तर जुन विकासले ग्रामीण जनतालाइ पछाडि छोडिदिन्छ त्यो विकास विकास नै होइन। मेरो विचारमा शहरको सुविद्या मात्र हेर्ने र गाउँको बेवास्ता गर्ने विकास विकास हुँदै होइन। किनभने नेपाल गाउँ नै गाउँ बनेको देश हो। नेपालको गरीबी भन्नु गाउँमै छ। गाउँ र गाँउलेहरूको अवस्था बारे तपाईँलाइ केही थाहा छैन भने गरीबीको समस्या बुझ्ने पट्टि पहिलो पाइला सार्न पनि सक्नुहुन्न। बडो उत्कृष्ट एवं जटिल प्रविधि भएका विकसित देशहरूबाट विकासको धारणा आयात गर्नु नै हाम्रा योजनाविद्हरूको गल्ती हो। विकसित देशहरूमा ठूलो शहरीकरण भएको छ, उनीहरू कहाँ गाउँ पनि शहर जस्तै छन्। उनीहरूको कृषिमा पनि बडो उच्च स्तरीय प्रविधिको प्रयोग भइरहेछ। नेपाली योजनाकारहरूलाई विकासको नमूना यिनै देशहरूले प्रदान गर्छन्। यदि योजनाकारहरूको बुद्धिमा उचित किसिमको प्रक्रियाको शुरूवात पनि गर्न सक्ने छैनौँ- त्यहीँबाट नै हाम्रा बाटो छुट्टिन्छ। म योजनाकारहरूलाई गाउँ र गाउँलेहरूले प्रयोग गरिरहेको प्रविधिमा केही मात्र सुधार गरिएको प्रविधि प्रयोग गर्न अनुरोध गर्छु। जस्तो की साधारण हलोको ठाउँमा विकासको हलो प्रयोग गर्ने, तर ट्रयाक्टर प्रयोग गर्ने होइन। ठूल्ठूला मेशीन, बुल्डोजर, जेट इन्जिनहरूको प्रयोग गर्ने होइन। विदेशबाट आयात गरिएका गाडीहरूमा विदेशबाटै आयात गरेको तेल हालेर विदेशमै तालीम पाएका प्राविधिकहरूद्वारा ठूल-ठूला सडकमा दौडाउन किन पर्यो र? निर्माणकै काममा पनि सिमेन्ट या फलामका छडको प्रयोग नगरेर विदेशी निर्भरता घटाउन सकिन्छ। योजनाकारहरूले कृषि उत्पादनमा बृद्धि गर्ने कुरामा र कृषिजन्य उधोगहरूको विकासमा पूरा जोड दिनु पर्छ।

तपाईँलाई थाहा छ दुई बर्ष अघि घाँटिको बेथा लागेर बम्बईको जसलोक अस्पतालमा भर्ना हुन पर्यो। त्यहाँका डाक्टरहरूसित म जनताका स्वास्थको समस्याबारे छलफल गर्थेँ। कुनै कुनै डाक्टरहरू जनताको सेवा गर्ने भावनाले ओतप्रोत भएका थिए। उनीहरूलाई मैले सोधेँ- ‘म सरकारमा भएको भए जनताको स्वास्थ्यको अवस्थामा सुधार ल्याउन के गर्नु पर्ला?’ उनीहरूको रक्षा हुन सक्नेछ। विदेशमा तालीम प्राप्त डक्टरहरुले भरिएको जसलोक अस्पताल जस्ता अस्पताल पनि चाहिँदैनन्। पानीबाट आफ्नो समस्याको समाधान थाल्नोस, कुनै कठिनाई हुने छैन। त्यसकारण मेरो सुझाव के छ भने पहिला हामीले ग्रामीण जनतालाई सफा र सुरक्षित पानी पिउने व्यवस्था मिलाई दिनु पर्छ। उनीहरूलाई आफ्नो गाउँ सफा राख्‍ने प्रेरणा दिने हो, महँगो अस्पताल बनाइदिने हैन। त्यस्को खर्च बेहोर्न हाम्रा गरीब जनता कदापि सक्तैनौँ। तर स्वास्थको मुख्य-मुख्य आवश्यकता पूरा गर्न हामी सक्छौँ। मैले भन्न खोजेको कुरा के हो भने विकसित देशको चकाचौँध देखेर हामी नबहकिऔ र विकासको प्रश्नमा भावुक नहौऔँ। विकासको काममा पहिला हामी गाउँको माटोले आफ्ना हात मैल्याऔँ जुन माटोले नेपाल बनेको छ। भोलाजी तपाईँ यसलाई ग्रामीण सभ्यता या ग्रामीण संस्कृतिको रूपमा परिणत हुने कुरो भनेर मान्न सक्नु हुन्छ।

निश्चय, तपाईँले भनेका कुरा सुन्दा मलाईँ पोल पोटको प्राथमिक साम्यवादको सम्झना भयो।
अहँ होइन। पोल पोटको जस्तो होइन। पोल पोटले जबर्जस्ती गर्छन्। साँच्चै भनुँ भने पोल पोटले शहरका जनतालाई शहरबाट बलजफ्ती निकालिदिए र गाउँतिर लघारे। नोम पेह्ग र अरू धेरै शहरबाट बलजफ्ती निकालिदिए र गाउँतिर लघारे। नोम पेह्ग र अरू धेरै शहरबाट मानिस निकालिदिए। त्यो त भयङ्कर अप्रजातान्त्रिक कुरो हो।

मैले तपाईँको कुरा बुझेँ। तपाई प्रजातन्त्रमा जोड दिन चाहनुहुन्छ। अर्थात् तपाईँ जे पनि प्रजातान्त्रिक तरीकाले गर्न चाहनु हुन्छ जुन कि जनताको स्वीकृति लिएर मात्र गरिन्छ। र सबैभन्दा महत्वपूर्ण कुरो त्यही हो। होइन?
हो। विकासको जुन नमूना अमेरिकाले देखाएको छ त्यसलाई मैले हेनरी फोर्डको नमूना भन्ने गरेको छु। यो नमूनालाई रूसले समेत ग्रहण गरेको छ। लेनिनले सत्ता लिँदा उनको विकास-नमूना त्यही थियो। उनी सँधै भन्थे कि रूसले १०/१२ वर्षमा अमेरिकालाई भेट्टाउने छ। अचेत पनि रूसीहरू आफ्नो विकासलाई अमेरिकाकै विकाससित दाँजेर हेर्छन्। उनीहरूको विकास-नमूना अमेरिकाले दिएको हो, र त्यो नमूना अमेरीकालाई हेनरी फोर्डले दिएक थिए। अब हेर्नोस्, अमेरिकाको जनसंख्या संसारको प्राकृतिक स्रोत र प्रसाधनको ३०-३५ प्रतिशत भाग उपभोग गरेका छन्। त्यही नमूनाको पछि लागेर उसै किसिमले भोग गर्न थाल्ने हो भने भारत र चीनका जनतालाइ मात्रै पनि संसारको साधनले पुग्दैन। भारत र चीनको जनसंख्या संसारको पूरा जनसंख्याको ६० प्रतिशत होला। त्यसकारण विकासको यो नमूना आफ्नै तर्कद्वारा अव्यावहारिक र अप्रासङ्गिक सिद्ध भएको छ। मलाई अमेरिकाको कोलम्बिया विश्व विद्यालयमा भाषण दिन बोलाएका थिए र मैले यो कुरो अमेरिकीहरूलाई सुनाउँदा उनीहरू झसङ्ग भए। हाम्रा किसानहरू अथवा हरियाना र पंजावका किसानहरू अमेरिकी किसानहरू भन्दा सक्षम र उत्पादनशील छन् भनेर मैले भनेँ। वास्तवमा सक्षम हुने भनेको के हो? लगानी र उत्पादनको सुसम्बन्ध हुनु पर्छ। अमेरिकीहरूलाई मैले भनेँ- तपाईँका किसानहरू खेतमा भयङ्कर खर्च गरेर महंगो मल हाल्छन् तर प्रति एकाइ अन्न उत्पादन भने हरियाना वा पंजावमा बढि हुन्छ, तर त्यसको लगानी भने अमेरिकामा भन्दा कमै हुन्छ। नेपाली किसानले पनि आफ्नो सीमित सामग्रीको उपयोग गरेर तपाईँका किसानहरूले भन्दा बढी अन्न उत्पादन गर्न सक्छन्। तपाईँहरूका वैज्ञानिकहरू र तेस्रो विश्वका वैज्ञानिकहरू एउटै स्तरमा छन्। सौरशक्तिको प्रयोग गर्न ठूलो सफलता हासिल भएका खण्डमा अमेरिका भन्दा भारत बढी सम्पन्न हुन सक्छ। किनभने अमेरिकामा भन्दा भारतमा सौरशक्ति बढी उपलब्ध हुन सक्छ।

तपाईँ द्वन्द्वात्मक भौतिकवादमा विश्वास गर्नु हुन्छ? अर्थात् इतिहासको भौतिकवादी विश्लेषणसित तपाईँ सहमत हुनुहुन्छ?

तपाईँको दोस्रो प्रश्नको पहिले उत्तर दिन्छु र भन्छु-”अहँ।” सारांशमा म त्यसलाई अस्वीकार गर्छु यद्यपि त्यसमा कत्ति पनि सत्यता छैन भनेर म भन्दिन। मानिस बहुआयामिक प्राणी हो। मार्क्सले के गल्ती गरे भने मानिसलाई उनले एक आर्थिक प्राणीको रूपमा सृष्टि गरे जो आफ्नो आर्थिक जीवनसित मात्र सरोकार राख्छ। त्यसमा सत्यता छैन भनेर म भन्दिन, तर मानिसको त्यो एउटा अपूर्ण चित्र हो। मानिस आर्थिक प्राणी हो र त्यो भन्दा बढी पनि केही हो। के कुरो बढी छ उसमा? तपाईँ भन्नुहोला मानिस ईश्वरको सृष्टि हो। हो मलाई लाग्छ त्यो भन्दा पनि बढी केही हो। मानिसका अनेकौँ आयाम छन्। अर्को कुरो मानिस केवल भोजनको लोभले मात्र अभिप्रेरित भइरहँदैन। पेट मात्रै उसका सारा क्रियाकलापहरूको प्रेरक हैन। पेटभरि खान मात्रै पाइनछ् भन्ने नाराले आजसम्म कुनै आन्दोलन भएको छैन। सन् १९१७ मा रूसमा जुन समाजवादी क्रान्ति भयो-समानताका लागि। मानिस केही मात्रामा इतिहासको उत्पादन हो भने केही मात्रामा इतिहास बाहिरका तत्त्वहरूको पनि उत्पादन हो। मानिस आएपछि नै बन्न थाल्यो। जहाँसम्म मानिसको सरोकार छ, समय भन्ने कुरा पनि मानिस संसारमा आएपछि बनाइएको हो।

तपाईँ ऐतिहासिक निर्णयवादमा विश्वास गर्नु हुँदैन, हो? अर्थात सबै कुरा ऐतिहासिक नियतिले पूर्वनिर्धारण गरेको हुन्छ भन्ने कुरो मान्नु हुन्न?

ऐतिहासिक नियतिमा विश्वास गर्ने हो भने अर्थात् सबै कुरो इतिहासले निर्धारण गरे बमोजिम नै हुने हो भने हाम्रा सारा प्रयत्नहरू एउटा निरर्थक अभ्यास मात्र हुन जान्छन्। यो एउटा बडो चाखलाग्दो कुरो छ। मार्क्सको दर्शन अनुसार मानिसको मत स्वतन्त्र छैन, पूर्वनिर्धारित छ। अर्थात् मानिस जुन सामाजिक वर्गको सदस्य हुन जान्छ। त्यसै वमोजिम उसको मनस्थिति निर्धारित हुन्छ भने उनको राय छ। तर यो बिडम्बना हो कि मार्क्स उस बेलामा सबैभन्दा ठूला पर्चाबाज थिए। यदि मानिसको मन स्वतन्त्र हुँदैन, अथवा वदलिन सक्दैन, या भनौँ पूर्वनिर्धारित हुन्छ भने, उनले कसको मन बदल्नलाई पर्चा लेखेका थिए त?

तपाईँ नास्तिक हुनुहुन्छ कि?

सबभन्दा पहिले इश्वर भन्नाले मानिसको तात्पर्य के हो बन्ने बारे कुने परिभाषा दिइएको छैन। तर जुन अवस्थामा मानिस भावनाको समुद्रले भरिएर,ब्रम्हाण्डको व्यापकता देखेर अथवा सको सौन्दर्य देखेर, फूलहरू देखेर कविता लेख्न थाल्दछ, अस्तित्वको त्यही भाग नै इश्वरको अनुभूति हो, देवत्वको अनुभूति हो। मानिसलाई खान पाएर मात्रै पुग्दैन। जीवनका अरू पक्षहरू छन् जो महत्वपूर्ण छन् , शायद बढी महत्वपूर्ण। ती पक्षहरू व्याख्यान हुन नसकेका जीवनका रहस्यहरू हुन्। ती रहस्यहरूको तपाईँलाई अनुभव भएको छैन भने या तिनबाट चकित हुनु भएको छैन भने तपाईँलाई अनुभव भएको छैन भने तपाईँको जीवन पूर्ण सार्थक रूपमा बाँच्नु भएन। म प्रधान मन्त्री छँदा रविशङ्कर काठमाण्डू आएका थिए र एउटा कार्यक्रमको आयोजना भएको थियो। मलाई भयङ्कर थकाइ लागेको थियो तैपनि कार्यक्रममा उपस्थिति नहुनु अशिष्टता हुनेछ भनेर त्यहाँ शामेल हुन गएँ। म त्यो तीन या चार घण्टा लामो कार्यक्रम भरी नै बसिरहेँ। कार्यक्रम सिद्धिए पछि रविशङ्करलाई गएर मैल भने-’ यो मेरो ईश्वरसितको निकटतम अनुभूति थियो।’ उनले सितार बजाएको सुन्दा मैले ईश्वरको नगीचै पुगेको अनुभब गरे। कहिले काँही सारै राम्रो चित्रकला देख्ता या रविशङ्करको जस्तो संगीत सुन्दा यस्तो अनुभव हुन्छ।

विहान सबेरै उठेर बाहिर निस्केर, प्रकृतिको (फूलहरू, रूखहरू र नीलो आकाशको) अवलोकन गर्दा तपाईँ कस्तो अनुभव गर्नु हुन्छ? यस्ता क्षणहरूमा कहिलेकाहीँ व्याख्या गर्न नसकिने अचिन्त्य वस्तुसित आफ्नो आत्माको विचलन भएको अनुभव गर्नु भएको छ?

छु। त्यस्तो अनुभव मलाई धेरै धेरै पल्ट भएको छ। कहिलेकाहीँ कस्तो हुन्छ भने म समष्टिको एउटा अंग बन्न जान्छु। सारा चराचर सृष्टिमा जीवन छ जस्तो मलाईँ अनुभव हुन्छ, सारा ब्रम्हाण्डमा जीवनको स्पन्दन भएको र म त्यसै भित्रको एउटा अंग भएको अनुभव हुन्छ।

बीपी कोइरालाले आफ्नो जीवनको सबैभन्दा लामो समय यही सुन्दरीजल जेलमा विताउनु भएको थियो।


यस्तो क्षणमा सारा ब्रह्माण्ड र त्यसभित्रका चराचर तथा अन्य वस्तुहरूलाई मानिसले बनाएको होइन र मानिस भन्दा पर अरू केही छ भन्ने अनुभव गर्नु हुन्छ?


अहँ, त्यस किसिमको दर्शनशास्त्र होइन। म के अनुभव गर्छु भने म हरेक वस्तुको एक अंश हुँ, तर म दर्शनशास्त्रसम्म जान्न। अथवा विचारजगतमा बढी रूमलिन पनि जान्न।

त्यसो भए म तपाईँलाई नास्तिकतावादी भनौँ कि अध्यात्मवादी?
तपाईँ मलाईँ एक प्रकारको अध्यात्मवादी भन्न सक्नुहुन्छ। मलाई लाग्छ, प्रकृतिमा कैयौँ त्यस्ता तत्त्वहरू छन् जसको वैज्ञानिक व्याख्या या विश्लेषण हुन सक्तैन। समष्टिमा यसको अध्ययन गर्न सकिएला तर व्यक्ति व्यक्तिमा बुझ्न नसकिने हुनसक्छ। मनलाई विचारको आकार (संरचना) सित ढाल्ने वित्तिकै सत्यको अनुभूति उम्किन्छ। केवल आफ्नो तर्कशक्तिमा मात्र भर पर्ने हो भने मानिसले गर्ने ज्ञान अपर्याप्त हुनजान्छ।

तपाईँलाई कहिलेकाहीं राजनीतिदेखि वाक्क लागेर आयो कि? आफ्नो अधिकांश जिन्दगी अनवरत रूपमा घुमिरहेको संघर्ष, मुद्दा, जेल, अभियोग, देश निकाला इत्यादिको चक्रमा बारम्बार फंसिरह्यो भन्ने विचार कहिल्यै मनमा आयो कि? अथवा राजनीति छोडेका भए पनि हुने थियो भन्ने खालको पश्चाताप मनमा आयो कि? अथवा राजनीति छोडेका भए पनि हुने थियो भने खालको पश्चाताप मनमा आयो कि?

तपाईँलाई थाहै छ, तपाईँले भने जस्तो दु:ख, संकट झेल्न नसकेको भए, म आज जे छु त्यो हुने थिइन।

तर तपाईँको जीवन भन्नु त तिनै संकट, जेल, यातना, मुद्दा, अभियोग इत्यादिकै कहानी हैन र?

मैले बुझेको जीवन नै त्यही किसिमको हो। अरू किसिमको जीवनलाई मैले बुझेको छैन। मानिसले अरू जुन किसिमको जीवनयापन गर्छन् त्यसमा मलाई कुनै आकर्षण हुँदैन। त्यस्तो खालको जीवनयापन गर्नु परेको भए म दिक्क हुने थिएँ शायद त्यसै दिक्दारीबाट मर्ने पनि थिएँ। मलाई अर्को नयाँ जीवन दिइयो भने पनि मेरो यो जिन्दगी जस्तो भयो, त्यो भन्दा फरक खालको जिवन हुने छैन। तपाईँको प्रश्नका दुइटा पक्ष छन् जस्तो मलाई लाग्यो। एक पक्ष त के हो भने एक राजनीतिज्ञका हैसियतले म सफल हुन चाहन्थे हैन? मैले जुन किसिमको समाज निर्माण गर्न खोजेको थिएँ र म जुन कुरा सफल भएको भएको भए त्यसको असर मलाई भन्दा अरूलाऐ बढी पर्ने थियो, त्यसमा सफलता नभएकोमा मलाई चिन्ता हुन्छ। तर जहाँसम्म मेरो व्यक्तिगत कुरा छ, मलाई सफलता या असफलता या असफलताको कुनै महत्त्व छैन। आफूले चाहेको काममा आफ्नो सम्पूर्ण क्षमताको प्रयोग गरियो र आफुले सक्ने जति सम्पूर्ण कुराको बाजी लगाइयो भन्ने कुरा आफ्नो अन्तरात्माले इमान्दारीसाथ मान्नसक्छ भने, त्यसले मानिसलाई सन्तोष दिन्छ। मलाई अनुभव भएको कुरा पनि यही हो। साधारणतया मानिसले सफलता भनेर जे कुरालाई भन्छन् त्यस अर्थमा म सफल भइन। तर जब म मानिसहरूले सस्तो सफलता प्राप्त गरेको देख्छु, त्यसबाट उनीहरूले आत्मिक सन्तोष प्राप्त गरे होलान् जस्तो मलाई लाग्दैन। असफल नै भए पनि सत्कार्यका लागि प्रयत्न गरिरहँद एक प्रकारको आत्मिक आनन्द हुन्छ मलाई यही नै भयो भन्ने लाग्छ।

तपाईँलाई २०१८ सालमा जेलबाट छुटाउनका लागि नेहरूले के योजना बनाउनु भएको थियो त्यसको मलाई अलि विस्तृत ज्ञान गराइदिनु हुन्छ कि?

भोलाजी, यो अति संवेदनशील प्रश्न हो, जसमा मेरो पक्षको वाहेक भारत सरकारको समेत संलग्नता छ। म त्यो ऐले छापियोस् भन्ने चाहन्न।

ठिक छ, तपाईँले स्वीकृति नदिइकन म त्यो छाप्ने छैन भनी प्रतिज्ञा गर्छु। त्यसो भए त हुन्छ कि?

हुन्छ। २०१८ सालमा हाम्रा जुन साथीहरू भारतमा बसेर सरकारको विरोध गरिरहेका थिए उनीहरूको के सोचाई थियो भने म पनि उनीहरूका साथ भएँ भने हाम्रो संघर्ष ज्यादा प्रभावकारी हुने थियो। त्यसकारण उनीहरूले मलाई जेलबाट छुटाउन चाहे। तर त्यसबारे मलाई केही ज्ञान थिएन, किनभने मलाई जेलमा कसैसित देख, भेट गर्न या बोलचाल गर्न दिइएको थिएन। त्यसपछि राजनीतिक बन्दीहरूलाई दिइने सामान्य सुविद्या दिइनु पर्छ भनेर मैले अनशन गरेँ जुन सुविद्या मध्ये एउटा सुविधा आफ्ना नातेदार र साथीभाईलाई भेट्न पाउनु पर्छ भन्ने पनि थियो। अन्ततोगत्वा यो सुविद्या दिइयो। मेरी एउटी नातेदार मलाई भेट्न आइन्। तिनले मलाई तीन चार पल्ट भेटिन्। पहिलो पालि उनी मेरा निम्ति जवाहारलाल नेहरूसित छलफल गर्न गएकी रहिछन्। लुमुम्बा मारिएपछि म पनि उसै गरी मारिन्छु कि भनेर उनी डराएकी रहिछन्। जवाहरलालजीले भन्नु भएछ कि नेपाली शासकहरू कङ्गोका शासकहरू जस्ता जंगली छैनन्। त्यसपछि उनी मलाई भेट्न आइन् र उनले मेरो साथीहरूलाई कलकत्तामा भेटेको र जवाहारलालजीलाई समेत भेटेको कुरा गरिन्। उनीहरू मलाई जेलबाट उम्काउन चाहन्छन् भनिन्। एक थरी हाम्रा मानिसहरू सैनिक पोशाक लगाएर आउनेछन् र तिनीहरूले मलाई पनि सैनिक पोशाक लगाउन लाउने छन्, त्यसको विरोध मैले गर्न हुँदैन, बरू उनीहरूले भने बमोजिम गर्नु पर्छ भनी मलाई सिकाउन उनी आएकी रहिछन्। मैले भने ‘ यसमा भारतबाट ग्यारण्टी नलिइकन म कसरी सुरक्षित रहने, किनभने जेलबाट उम्के पनि भागेर भारत नगई नहुने हुन्छ’ भनी मैले सोधेँ। उनले यस बारेमा जवाहरलालजीलाई भेटेकी रहिछन्। वास्तवमा जवाहरलालजीले नै उनलाई पठाउनु भएको रहेछ। त्यसपछि उनी गइन्। एक महिना जति पछि उनी फेरी मलाई भेट्न र भनिन् कि योजनामा जोखिम छ। किनभने यसरी उम्काउने कामको दौरानमा कतै गोली हानाहान जस्तो भयो भने मलाई गोली लाग्न सक्थ्यो।

जवाहरलालजीलाई पनि मनमा लागेछ कि यस्तो जोखिम उठाउनु ठीक छैन जसमा मेरो जीवन जाने सम्भावना छ। त्यसकारण यो विचार छोडिदिइयो- यो कुरो २०१८ सालको मंसिर-पुषतिर भएको हो।

तपाईँलाई मैले २००६ सालतिरदेखि चिनेको हुँ। त्यसै बेलादेखि नै मैले देखेको छु कि तपाई र तपाईँकी श्रीमतिका बीचको सम्बन्ध यसो बाहिरिया किसिमले हेर्दा बडो प्रेमपूर्ण र समझदारीपूर्ण छ। तर मलाई निर्धक्क भएर बताइदिनोस् के तपाईँले आफ्नी श्रीमतीलाई आजीवन प्रेम गरिरहनु भयो? उहाँ प्रति सदैव बफादार रहनु भयो?

तपाईँ मलाई यसरी सोध्नु हुन्छ भने म भन्छु कि मैले उनलाई विवाह गरेको दिन उनी मेरा लागि जति नयाँ थिइन्, आज पनि त्यतिकै नयाँ छन्। किनभने विवाह गरेपछि जीवनको धेरै जसो समय म उनबाट टाढै रहेँ-म अनेकौँ पल्ट जेलमा परेँ, अनेक यात्रा र भ्रमणमा निस्केँ, या देशनिकाला भएर रहेँ। उनीसंग पर्याप्त मात्रामा सँगै बस्ने अवसर मलाई भएन। त्यसकारण मलाई उनका प्रति उही पुरानै आकर्षण छ। उनी मेरो ठूलो सम्पत्तिका रूपमा रहिन्। उनमा एउटा आध्यात्मिक गुण छ जसले मलाई भरोसा दिन्छ। वास्तवमा उनले मैले भन्दा बढी दु:ख पाएकी छन्। बाहिरिया किसिमले हेर्दा मात्र तपाईँ यो कुराको मर्म बुझ्नुहुन्न होला। जव म २०१७ साल पौष १ गते पक्डिएँ, मलाइ कहाँ थुनेर राखेको छ भन्ने कसैलाई थाहा थिएन। म जीवितै छु कि मरिइसकेँ भन्नेसम्म पनि कसैलाई थाहा थिएन। एक डेढ वर्षपछि जब जेलमा मलाई भेट्न उनी आइन् मैले उनको कपाल फुल्दै गइरेहेको देखेँ। र तीन वर्ष भित्रमा त उनी पूरै फुलिन् अनुहारमा चाउरी पर्यो। उनी एक साहसी नारी हुन्। बफादारीको जहाँसम्म प्रश्न छ, त्यस्तो बफादारी भनेको के हो मलाई थाहा छैन। यदि तपाईँको प्रश्न पनि प्रचलित प्रश्न नै हो, या मेरो अरू कुनै नारीसंग पनि प्रेम सम्बन्ध थियो कि भन्ने हो भने, आफ्नी पत्नी वाहेक अरू कसैसित कुनै प्रेम सम्बन्ध नभएका मानिसहरू ज्यादै कम हुँदा रहेछन् भन्ने मेरो अनुभव छ। त्यस दृष्टिले म एक साधारण व्यक्ति हुँ र मेरो अरूहरूसंग प्रेम सम्बन्ध थियो पनि। तर मेरो जीवनका स्थायी दृढ सम्बन्धको बन्धनहरू भने आफ्नै पत्नीमा रहे।

इतिहासमा तपाईँको स्मरण कुन रूपमा होस् भन्ने चाहनु हुन्छ? साँच्चै भनौँ भने तपाईँ आफ्नो मृत्यु पछि कुन वाक्यले प्रशंसित हुन चाहनुहुन्छ।

यसबारे मैले कहिल्यै सोचेको छैन। वास्तवमा मैले त्यति ठूलो काम केही गरेको छैन जसका लागि भावी पुस्ताहरूले मलाई सम्झिराखुन्। मैले तपाईँसंग अघि अघि भएका अन्तर्वातामा पनि भनिसकेको छु कि मेरो प्रयासको जुन अघ्यात्मिक पक्ष छ त्यसले इतिहासमा कुनै स्थान पाउनु पर्छ भन्ने आकांक्षा राख्दैन। मैले जीवन आनन्दसाथ भोगेँ आफ्ना कर्तव्यहरू पूरा गरेँ भन्ने मलाई लाग्छ- त्यत्ति नै पर्याप्त छ। कुनै कामको स्मारकका रूपमा मलाई जनताले संझिराखुन् भनौँ भने मेरो त्यो आकांक्षा कत्ति पनि छैन। यदि म भनूँ कि नेपालमा प्रजातान्त्रिक व्यवस्था ल्याउने व्यक्तिका रूपमा मलाई संझिनु पर्छ भने पनि, त्यो एउटा बडो अस्पष्ट स्मारक हुनेछ। त्यसकारण देश र जनताले मलाई कुन रूपमा संझिराख्नु पर्छ भन्ने बारेमा मलाई कुनै फिक्री छैन। मलाई त्यसमा चाख छैन।

तर तपाईँ आफ्नो अन्तरात्माप्रति इमान्दार रहनु भयो- यो त भन्न सक्नुहुन्छ कि? अर्थात आफुले चाहेको कामको लागि आफ्नो सम्पूर्ण क्षमतालाई उपयोग गर्नु भयो भन्न त सकिन्छ कि?

सकिन्छ, मैले त्यो गरेँ, सिवाय त्यसका लागि म संगठित थिइन यदि म बढी संगठित हुन सकेको भए मेरो योगदान ज्यादा स्थायी र बलियो हुन्थ्यो होला।

त्यसो भए तपाईँ आफ्नो आत्मा प्रति सच्चा रहनु भयो हैन त?

हो, म आफ्नो आत्माप्रति बडो सच्चा रहेँ। त्यस बारे कुनै सन्देह छैन। वास्तवमा, म आफुप्रति बडो इमान्दार रहेँ।


(यहाँहरूका भोगाइ, देखाइ, अनुभव वा सुझावहरू हामीलाई पठाउनुहोस्। यहाँहरूको सहयोग प्रति हामी आभारी रहनेछौं)

A short report on Nepal at the Congress of the Socialist International, Madrid, 1980 : BP Koirala


The last 18 moths have been a hectic time for Nepal. It was during this period that the rigid authoritarian grip of the system under the King with absolute powers has started loosening; and the opposition democratic forces driven underground during the last 20 years of authoritarian rule, started appearing overground and working among people in a generally relaxed atmosphere.

During this period the king called a referendum to decide what the people wanted by way of a change in the political system; he relaxed the ban on political campaigning and granted a general amnesty to all political prisoners (except a group of extremist terrorist known as Naxalites), and political exiles, allowing them to return to Nepal; all the cases against them, including the cases of treason, insurrection and political violence, were withdrawn. Although political parties still continue to be banned, their activities are connived at. The freedom of expression and assembly is guaranteed and although there are some restrictive clauses in the legislation pertaining to the freedom of press, expression and assembly, they are not invoked to suppress the freedom. These are the positive gains that the progressive democratic forces have achieved in recent months.

The most notable event of this period was the Referendum of May 1980. The issue to be decided by the referendum was: Multi-party system, or reforms in the existing Panchayat System. The Multi-Party, camp to which we belong and which we represented in essence lost the referendum with a small margin. We got 2.1 million votes out of 4.4 million i.e. 46% of votes. The result was so unexpected that there was a general feeling that the referendum had been rigged on a massive scale. I, however, attribute our failure to win the referendum to the following causes apart from others:

1. The terms of the referendum had been adroitly framed. The words “reforms in the existing system” were clearly defined by the King as suggesting some fundamental amendments in the system itself viz, direct election of the members of the National legislative body, election to be held on adult franchise, the Prime Minister and his government instead of being nominated by the King as of today to be elected by the national legislative body, the King giving up the role of the highest executive in the day to day governance of the country etc. The other choice before the people of Multi-party system was left vague and undefined.

2. The utilization of the authority and prestige of the King against Multi-party system to such an extent that in the mind of the people the choice was between the King and the multi-party system as represented by the Nepali Congress. It termed in some measure to be a verdict not on the system but the kingship itself.

3. Massive use of the Government machinery by the establishment to buy votes in their favor or to terrorize the people into voting against us. The government’s monopoly of the major means of publicity propaganda and the radio was used against us in a vicious manner.

4. Lack of adequate resources at the disposal of the Nepali Congress.
Association in the Multi-party camp of extremists and Communists preaching disruption and violence. Their association in the Multi-party camp with their strident and radical campaigning scared-away a large number of voters. This cost the Multi-party camp a few hundred thousand votes.
Thus, technically we lost the referendum, but politically it has strengthened the democratic base of the Opposition. We of the Nepali Congress have distinctly emerged as the viable alternative to the present faltering system. The 46% of votes cast in favor of the Multi-party system were essentially votes mobilized by our party and cast in our favor. We have a sanction of this massive vote. Our voice has received a legitimacy, which cannot be ignored in any new arrangement that the King may have in mind.

The king has promised a new Constitution. He has already given the broad outlines of the new Constitution. It will have such democratic provisions as a legislative assembly elected on the basis of adult franchise and a Government elected by the Assembly and dependent not on the King but on the Assembly. After the announcement of the Constitution, new elections for the National Assembly would be held on the newly announced terms. We are aware that the new Constitution will not be wholly democratic, but we think it will have democratic features like the ones mentioned above which could provide a basis for the gradual expansion of the democratic rights of the people. The new Legislative Assembly (elected on the basis of adult franchise) having the powerful right of making the Government of the country is a prelude to the emergence of the Parliamentary system. We are, therefore gearing up to fight the coming elections on the terms of the new Constitution. We have had, however, a very unhappy experience of participating in the referendum under a hostile and partisan Government which had thrown to the winds all norms of democratic behavior. We will therefore, insist this time on a new Interim Government to supervise the elections, a Government, which would represent our point of view also.

To summarize: the political situation is developing favorably for us, but we have still a long way to go. There is a triangular contest for power; (1) the King, (2) the establishment or the forces of reaction, (3) the popular forces represented by the Nepali Congress. The King seems to be inching forward towards a democratic polity. We are prepared to help him to get out of the clutches of the status-quoers and the reactionary elements.

The third force, other than the King and the Nepali Congress, namely those of the establishmentarians and the status-quoers are entrenched in the palace and in the administration. As the prospect of an understanding between the King and the democratic forces brightens, these forces of reaction ally themselves with elements of disruption and chaos. The parties subscribing to foreign ideologies and dependent on foreign support, and the so called radicals who expect to thrive on condition of chaos and disturbance of law and order are lending a helping hand to the forces of reaction. It is a strange combination of extreme left and the extreme right confronting the democrats in Nepal. Nepali Congress is faced with this formidable challenge. We are not, however, daunted.
With the accentuation of crises in South Asia, Nepal is left with little option. We as a nation cannot survive if the King and the democratic forces do not reach a working arrangement. We feel that there is no alternative to the line of national reconciliation i.e. reconciliation between the King and the People which was brutally disrupted by the late King in 1960; who by dismantling the democratic structure introduced an authoritarian rule under his aegis.


In the end, I must express our heartfelt appreciation and thanks to the socialists who have gathered here for their unflinching moral support to our democratic cause in Nepal. I am sure this support will be sustained and increased in coming months, when we would be laying the foundation of a democratic Nepal.

Infographics: The state of global youth unemployment

August 13, 2016 00:05 AM ,  Republica