अर्जुनबहादुर अयडी
दिल्ली विधान सभाको निर्वाचनबाट
भारतीय राजनीतिको मूलधारमा डेब्यु गरेका अरविन्द केजरीवाल र उनको नेतृत्वको
आम आदमी पार्टीले आश्चर्यजनक परिणाममात्र ल्याएन। नजिकिँदै गएको लोक सभा
निर्वाचनको माहोल पनि उत्तिकै तताएका छन्।
आम आदमीका कारण भारतीय राजनीतिका
प्रमुख शक्ति मानिने भारतीय कंग्रेस पार्टी र भारतीय जनता पार्टीको निद
हराम भएको छ। भारतको शासकीय केन्द्र दिल्लीको ४९ दिने मुख्य मन्त्री बन्दा
हिन्दी फिल्म “नायक” का नायक अनिल कपुरको झझल्को दिँदै दिल्लीबासीमा आफ्नो
छाप छोड्दै मुख्य मन्त्री पदबाट बिदा भएका छन्।
दुई वर्षपहिले भ्रष्ट्राचार विरोधी सामान्य आन्दोलनबाट अघि बढेका केजरीवाल आम आदमी पार्टीको गठन र दिल्ली विधान सभाको निर्वाचनपश्चात् दिल्ली र दिल्लीबाहिरको भारतीय भूमिमा मात्र हैन, पूरै दक्षिण एसियाभर केजरीवाल र आपको चर्र्चाले छाएको छ । कतिले त आम आदमी पार्टी र यसका नेता केजरीवाललाई रोलमोडलका रूपमा पनि देख्न र मान्न थालेका छन्।
दक्षिण एसियामै चर्चाको शिखरमा पुग्न सफल केजरीवाल र उनको पार्टी आपको चर्चाले नेपाल र नेपालीलाई नछुने कुरै भएन। त्यसैले त हरेक बिहान प्रकाशित हुने नेपाली पत्रपत्रिकामा केजरीवाल र उनको पार्टीले निरन्तर महत्वपूर्ण स्थान ओगट्दै आएको छ। केही समययता नेपाली सहरिया आना केन्द्रित संकुचित मानसिकतामा रुमलिएका जमातको प्रमुख माथापच्छीको विषय पनि यिनै दिल्लीका केजरीवाल र आप बन्दै आएका छन्। नेपालमा केजरीवाल र आपका प्रतिको मोह यतिसम्म बढेको छ कि आ“प नपाएका राजनीतिक कार्यकर्ताले आफ्नो नेतृत्वलाई घुर्काउन केजरीवाल र आपको नाम जप्न थालेका छन्। बजारिया अवसरवादी जमात जसले आफू सिन्कोसम्म पनि भा“च्ने साहस गर्दैन तर एक्काइसौं शताब्दीका सुखसुविधा र ऐसआराम भने सबै आफँै उपभोग गरौँ भन्ने सोच राख्छ तिनले दिल्लीको केजरीवाल फुत्त काठमाडौं खाल्टोमा उत्पत्ति भइदिए हुन्थ्यो भन्ने अपेक्षा एवं कामना गरिरहेका छन्। आखिर के छ केजरीवाल र आपसँग त्यस्तो जादू जसले नेपालका सचेत भनिने तर घोर अवसरवादी नेपाली जमातलाई यति धेरै लोभ्याएको छ? किन नेपालका राजनीतिक दल तथा तिनका नेताले आमनेपालीको ध्यान आकर्षित गर्न सकेका छैनन्? के सिक्न जरुरी छ आपबाट नेपाली दलहरुले?
आपको भविष्य के हुन्छ अहिले नै भन्न नसकिए पनि यसको वर्तमान स्थिति भने उत्साहजनक देखिन्छ। मानिसलाई लाग्न सक्छ आपको वर्तमानलाई देखेर यसमा केही विशेष छ र यसको पछाडि विशेष कारण रहेका होलान् तर त्यो सत्य होइन। अरविन्द केजरीवाल सामान्य भारतीय नागरिक हुन र तिनले गठन गरेको आप पार्टी भर्खर जन्मिएको सामान्य राजनीतिक पार्टी हो। योसँग न त विशेष सैद्धान्तिक धरातल नै छ न विशेष सांगठनिक संरचना नै। मात्र यसले जनभावनालाई समातेको छ र पुराना राजनीतिक दलका कमजोरीमाथि खेल्दैछ। त्यसकारण आप अहिलेको स्थितिमा पुग्नुका पछाडि कुनै विशेष नभई सामान्य कारण छन्।
भारतले आफूलाई जतिसुकै ठूलो लोकतान्त्रिक मुलुक भने पनि यसभित्र सामाजिकरूपमा व्यापक विभेद, आर्थिकरूपमा चरम शोषण तथा असमानता र राजनीतिकरूपमा जनसहभागिताको खडेरी नै छ। ठूला भनिने राजनीतिक दलहरु परम्परागत खोक्रा सैद्धान्तिक राप ओकल्न र पुँजीवादी अर्थव्यवस्थाको वृद्धिदर नाप्नमा ब्यस्त रहँदा आमनागरिक सरोकारका विषयमा आफूलाई केन्द्रित गर्न सकेनन् तर भर्खरै जन्मिएको आपले जनसरोकारका आधारभूत आवश्यकता खानेपानी, बिजुली बत्ती, इन्धनलगायतका मुद्दालाई आफ्ना मुद्दा बनायो जसले उसलाई वर्तमान स्थितिमा पुग्न पहिलो खुड्किलाको काम गर्यो्े।
आपले दोस्रो हतियार चलायो राजनीतिक इमानदारिताको। दल जतिसुकै सैद्धान्तिक एवं संागठनिकरूपमा सुसज्जित होऊन् तिनको सफलता तबमात्र सम्भव हुन्छ जब तिनले आमनागरिकको साथ र सर्मथन प्राप्त गर्न सक्छन्। आमनागरिकको साथ र समर्थन दलहरुले तब पाउँछन् जब दलहरु राजनीतिकरूपमा इमानदार हुन्छन्। बेइमानी, छलकपट तथा चतुर्यापइँले दललाई अघि बढाउन सक्दैन। दल इमानदार हुनका लागि आफूले गर्न सक्नेसम्मका मुद्दा ग्रहण गर्दै तिनको सफल कार्यान्वयनमा ध्यान दिनुपर्छ। चर्का, काल्पनिक र आफ्नो क्षमताभन्दा बाहिरका मुद्दाहरुको उठानले दलहरुको इमानदारितामाथि प्रश्न चिह्न खडा गर्छ। आपले दिल्ली विधान सभाको निर्वाचनमा त्यति नै मुद्दा उठान गर्योा जति उसले मौका पाउँदा पूरा गर्न सक्थ्यो। जुन उसले ४९ दिनमात्र दिल्लीको सरकार सञ्चालन गरेर आफ्नो कथनी र करनीबीचको सामञ्जस्यता प्रमाणित गरेर पनि देखायो। परिणमतः आपको आर्कषण दिल्ली र दिल्लीबाहिरका जनतामाझ बढिरहेको छ।
दलको अस्तित्व तथा सञ्चालनार्थ आर्थिकलगायत अन्य स्रोत जरुरी हुन्छ त्यसमा दुई मत हुन सकिँदैन। आर्र्थिक तथा शासकीय पारदर्शिताले शासक सञ्चालक दल तथा व्यक्तिको सफलतामा महत्वपूर्ण भूमिका निर्वाह गर्दछ भन्ने कुरा पनि नकार्न सकिँदैन। दलहरुका आर्थिकलगायत् शासकीय गतिविधिले नै दलका एजेन्डा तर्जुमा गर्न भूमिका खेल्छ। जब दलहरु अपारदर्शी बन्छन् तिनका एजेन्डा पनि आमनागरिकको सरोकारभन्दा पर पुग्छन्। नागरिकका सम्वेदना र सरोकारबिहीन दलहरु निहित व्यक्ति र समूहको सेवामा समर्पित हुन पुग्छन् र आमजनताबाट टाढा हुन्छन्। जनताको समर्थनबिहीन दलहरु मनोवैज्ञानिकरूपमा कमजोर हुन पुग्छन्। मनोवैज्ञानिकरूपमा कमजोर दलहरु नीति तथा नेतृत्वबिहीन झुण्डमा रुपान्तरित हुन्छन्। नीति तथा नेतृत्वबिहीन झुण्डले न त आमनागरिकको साथ पाउँछ न देशलाई नै नया“ दिशा दिन सक्छ। आपको अर्को सवल पक्ष भनेको यसको आर्थिक तथा शासकीय पारदर्शिता हो। यसले पार्टी सञ्चालनार्थ संकलित रकम र त्यसको हिसाबकिताब मात्र हैन दलका हरेक गतिविधिमा आजका दिनसम्म पूर्ण पारदर्शिता अवलम्बन गर्दै आएको छ जसले गर्दा ऊ जनतासामु गर्वका साथ जान सक्छ र भन्न सक्छ– म जनताको पक्षमा काम गर्छु। यी र यस्तै सामान्य कारणले आप अहिलेको स्थितिमा पुगेको हो। यदि आपले आफूलाई यही तरिकाले अघि बढाएको खण्डमा भविष्यमा अझै ठूलो बाजी नमार्ला भन्न सकिँदैन।
हुन त सांगठनिक तथा सैद्धान्तिकरूपमा आपले पूर्णता पाइसकेको छैन, न त यसको पूर्ण परीक्षण नै भएको छ तैपनि यसले भारतीय राजनीतिमा मात्र हैन, दक्षिण एसियाकै राजनीतिमा एक तहल्का ल्याएको छ। अहिले चलेका चर्चा/परिचर्चाकै आधारमा आप पाटीबारे कुनै निष्कर्ष निकालिहाल्नु हतारो हुनसक्छ तैपनि केसम्म भन्न सकिन्छ भने आपले अवलम्बन गरेका कतिपय कुरा व्यावहरिक तथा अनुकरणीय छन्। नेपाली राजनीतिक दलले पनि आफ्ना व्यावहारिक पक्षमा थोरैमात्र परिवर्तन गर्न सकेको खण्डमा नेपालका सबै दल आपजस्तै बन्न सक्छन्।
नागरिक दैनिक
बिहीबार १५ फागुन, २०७०
No comments:
Post a Comment