Tuesday 3 January 2017

दोस्रो राष्ट्रिय महाधिवेशन

नेकपाको दोस्रो महाधिवेशन २०१४ साल जेष्ठ १५–२५ मा काठमाडौंको फोहरा दरवारमा खुला रूपमा सम्पन्न भयो । महाधिवेशनको झण्डोत्तोलन कमरेड पुष्पलालले र उद्घाटन केशरजंग रामाझीबाट भएको थियो । पहिलो महाधिवेशनद्वारा निर्वाचित महासचिव क. मनमोहन अधिकारी चीनमा उपचारका लागि बस्नु भएकोले उपस्थित हुनु भएन ।

दोस्रो महाधिवेशनमा केशरजंग रायमाझीद्वारा प्रस्तुत पार्टी कार्यक्रममा परिवर्तन किन ? भन्ने दस्तावेज पूर्ण रूपमा अस्वीकृत भयो र गणतन्त्रको कार्यक्रमिक नारा पास भयो । महाधिवेशनमा पुष्पलालद्वारा प्रस्तुत कार्यक्रमको मुख्य–मुख्य बुदाको मस्यौदा पनि पास भयो । यसकै आधारमा कार्यक्रमको पूर्ण मस्यौदा तयार गरी केन्द्रीय समितिद्वारा जारी गर्ने निर्णय समेत लिइयो ।
महाधिवेशनमा रायमाझीद्वारा प्रस्तुत लाइन अस्वीकृत भए पनि नेतृत्वमा रायमाझी गुटको नियन्त्रण रह्यो र रायमाझी दोस्रो महाधिवेशनद्वारा पुनः महासचिव बन्न पुगे । त्यसपछि उनले योजनाबद्ध रूपमा महाधिवेशनद्वारा पारित कार्यक्रम र कार्यनीतिलाई अस्वीकार गर्ने काम गरे । दुई–दुई वर्षमा महाधिवेशन गर्ने दोस्रो महाधिवेशनको निर्णयलाई केन्द्रीय समितिको बहुमतको आडमा रायमाझी गुटले ६ वर्षसम्म टार्ने काम ग¥यो । नेपालको कम्युनिस्ट आन्दोलनमा देखा परेको दक्षिणपन्थी अवसरवादी रायमाझी गुटले नेपालको कम्युनिस्ट आन्दोलनलाई लामो समयसम्म असर पा¥यो । अहिले पनि कुनै न कुनै रूपमा त्यसको प्रभाव देखिने गरेको छ ।

No comments:

Post a Comment

Infographics: The state of global youth unemployment

August 13, 2016 00:05 AM ,  Republica