Tuesday 3 January 2017

नेकपाको पहिलो महाधिवेशन

नेकपाको पहिलो महाधिवेशन ३० जनवरी १९५४ तदनुरूप २०१० माघ १७ मा भूमिगत रूपमा पाटनमा उद्घाटन भई काठमाडौं र पाटनमा गरी ९ दिनसम्म चलेको थियो । पहिलो महाधिवेशनले सात सालको जनआन्दोलनका मुख्य उपलब्धिहरूलाई जोगाउने सही कार्यनीति अवलम्वन ग¥यो ।

चिनिया कम्युनिस्ट पार्टीको आठौं महाधिवेशनमा भाग लिन नेकपाका महासचिव क. मनमोहन अधिकारीको नेतृत्वमा तीन सदस्यीय प्रतिनिधि मण्डल गएपछि नेकपाको नेतृत्व केशरजंग रायमाझीको हातमा गयो, उनी पार्टीको कार्यबाहक महासचिव बने। नेकपाभित्र नेतृत्व तहमा शुरू भएको गुटबन्दी र चीन भ्रमणमा जाने विषयमा तीव्र विवाद भएका कारणले पनि त्यो स्थिति उत्पन्न भयो । केशरजंग रायमाझीले पार्टी नेतृत्व कब्जा गरेपछि पार्टीलाई वैधानिक संघर्षमा अघि बढाउने उद्देश्यले पार्टी कार्यक्रममा परिवर्तन किन ? भन्ने दस्तावेज अघि सारे । त्यो दस्तावेज अत्यन्त विवादित बन्यो । त्यसबाट कम्युनिस्ट आन्दोलनमा प्रकट रूपमा दुई धारको संघर्ष देखा प¥यो । एउटा धारको नेतृत्व पुष्पलाल र अर्को धारको नेतृत्व केशरजंग रायमाझीले गरे ।
पार्टीमाथिको प्रतिबन्ध टंकप्रसाद आचार्यको नेतृत्वमा सरकार गठन भएपछि हट्यो । प्रतिबन्ध हटेको अवस्थामा नेकपाले मोर्चा संगठन मार्फत् कतिपय आन्दोलन सञ्चालन ग¥यो । तर पहिलो महाधिवेशनमा निर्धारित गरिएका कार्यक्रमहरूलाई कार्यान्वित गराउने दिशामा योजनाबद्ध काम र संघर्ष सञ्चालन हुन सकेन । नेतृत्व तहको गुटबन्दी र रायमाझी गुटको नियन्त्रणले पार्टी क्रमशः कमजोर बन्दै गयो ।

No comments:

Post a Comment

Infographics: The state of global youth unemployment

August 13, 2016 00:05 AM ,  Republica