Wednesday, 15 January 2014

‘नेहरू साह्रै कच्चा नेता थिए’ : बीपी कोइराला (BP Koirala)

BP koirala with Neharu

(2007/10/29,Monday नयाँ पत्रिकाबाट)
(कांग्रेसका दिवंगत नेता बिपी कोइरालाले नेहरू मेमोरियल म्युजियम तथा लाइब्रेरीका डा. हरिदेव शर्मालाई २०३३ सालमा दिनुभएको ऐतिहासिक अन्तर्वार्ता क्रमशः प्रस्तुत गर्ने क्रममा आज हामीले अर्को भाग प्रस्तुत गरेका छौं। अन्तर्वार्ताको प्रतिलिपि नेपाली कांग्रेसका पुराना एवं समर्पित कार्यकर्ता पदमबहादुर थापाको अथक प्रयास र सहयोगले हामीलाई प्राप्त भएको हो। यस सामग्रीको मूल टेप र प्रामाणिक प्रतिलिपि नेहरू म्युजियममा सुरक्षित छ। थापालाई यी सामग्रीको प्रतिलिपि तयार गर्न विशेष सहयोग गर्नुहुने बिपीपुत्र शशांक र नेहरू म्युजियमका निर्देशक डा. विमल प्रसादप्रति नयाँ पत्रिका’ फेरि पनि विशेष आभार प्रकट गर्दछ। कांग्रेसका चिन्तक नेता प्रदीप गिरीको चिठी र सहयोगकै कारण थापालाई यो सामग्री हासिल गर्न थप सजिलो भएकाले हामी गिरीप्रति पनि विशेष कृतज्ञ छौं। डा. शर्माले बिपीसँग दर्जनौं प्रश्न गर्नुभएको थियो। यसपटक हामीले प्रधानमन्त्री हुँदा बिपीले भारत र चीनसँगको सम्बन्ध सन्तुलित बनाउन कस्तो प्रयास गर्नुभयो भन्ने सर्न्दर्भ प्रस्तुत गरेका छौं। यी दुर्लभ दस्तावेज हामी क्रमशः प्रकाशन गर्दै जानेछौं। सं.)

तपाईंको विदेश नीति कस्तो थियोखासगरी भारत र चीनप्रतिको धारणा ?
भारत र चीनको सम्बन्ध असहज भएको बेला म सत्तामा आएँ। स्थिति सन् १९५३ देखि नै विग्रँदै गएको थियो। तर१९५९ मा नपुग्दै यो विस्फोटक बिन्दुमा पुग्यो। तपाईंलाई आश्चर्य लाग्लाजवाहरलाल नेहरू असाध्यै कच्चा नेता थिए। म उनीसँग भारत र चीनको सम्बन्धबारे छलफल गर्थेंम प्रधानमन्त्री हुनुअघि पनि। चीनले तिब्बत कब्जा गर्नु भारतको सुरक्षाका लागि खतरा होमेरो भनाइ थियो। तरलाख कोसिस गर्दा पनि नेहरूले यो कुरा बुझेनन्बुझनै चाहेनन्। भारतप्रति आक्रामक बन्न चीन किन इच्छुक होला र उनको तर्क थियो। उनी भन्थे, ‘चीन आन्तरिक झमेलामा यति धेरै फसेको छउसले विदेशतिर आँखा लगाउने कोसिस पनि गर्नेछैन।

म जब प्रधानमन्त्री भएँराजनीतिक परिस्थिति बदलियो। एक दिनकाठमाडौंस्थित मेरो निवासमा नेहरू लन्चका लागि आएहामीले लामो कुराकानी गर्यौंन। मैले उनलाई बुझाउन खोजेँ, ‘चिनियाँ सधैं साम्राज्यवादी सोंचका छन्। उनीहरू आफूलाई विश्वको केन्द्र सम्झन्छन्। अब त त्यहाँ कम्युनिस्ट सत्ता छऊसँग आक्रामक विचारधारा छउनीहरू चीनको पुरानो साम्राज्यवादी चिन्तन बोकेरै अघि बढ्न चाहन्छन्। उनीहरू समस्या सिर्जना गर्न चाहन्छन्। चिनियाँको आधारभूतरूपमै सोच्छन्- अरू सबै असभ्य हुन् र उनीहरू मात्रै योग्य शासक हुन्। अहिलेको कम्युनिस्ट सत्ताले त स्थिति झन् बिगारेको छ।

फेरि राज्यसम्बन्धी एउटा पुरानो भनाइ नै छ- एउटा ठूलो र शक्तिशाली राज्य आफ्ना सीमाहरूमा खुम्चिएर सन्तुष्ट हुन सक्दैन। ऊसँग विस्तारवादी तर्कहरू हुन्छन्। अझ राज्यभित्रै समस्या छन् भने त जनताको ध्यान मोड्न पनि उनीहरूले अन्तराष्ट्रिय झमेलामा हात हाल्छन्अझ आक्रमण नै गर्छन्। विदेशीसँग लडाइँ-झगडा भयो भने जनता आफ्नो सरकारप्रति बफादार हुन्छन् र देशभित्र शान्ति हुन्छ। त्यसैले कुनै पनि हालतमा चीन र भारतबीच तनाब बढ्छ,’ मैले नेहरूलाई भनेँ, ‘द्वन्द्व त हुन्छ हुन्छहामी र्सतर्क हुनुपर्छ।‘ तर उनले मलाई सुन्दै सुनेनन्। चिनियाँ आफ्नै समस्यामा फसेका छन्‘ नेहरू रट लगाइरहेका थिए।

साँच्चै कठिन परिस्थितिमा म प्रधानमन्त्री भएँ। मेरो एउटा समस्या थियोमेरो आफ्नै पार्टीले चीनले तिब्बत कब्जा गरेको विरोधमा प्रस्ताव नै पारित गरेको थियो। लोहिया र जयप्रकाशसँग सल्लाह गरेर हामीले यो प्रस्ताव पारित गरेका थियौं। तरप्रस्ताव त्यति कडा थिएनजे होस् प्रस्ताव त पारित भएको थियो र त्यो चीनको विरोधमा थियो।

हाम्रो यो कदमलाई चीनले कसरी हेछम बडो र्सतर्कतापूवर्क हेरिरहेको थिएँ। तरजब म चीन गएँ र त्यहाँका प्रधानमन्त्रीसँग कुरा गरेँउनले हाम्रो अवस्था बुझे। उनले कुरा बुझेँ,कम्तीमा चीनले हाम्रो सीमाक्षेत्रमा कुनै समस्या सिर्जना गरेन। भारतसँगको सम्बन्ध मैले राम्रो नै बनाइरहेको थिएँतर भारतीय सरकारमा पनि एउटा समूह थियो जसलाई लाग्थ्यो- म चीनसँग बढी लचिलो भइरहेको छुउनीहरू मसँग खुसी थिएनन्। त्यसैले मैले आफ्नो स्थिति स्पष्ट पार्न नेहरूसँग कुरा गरेँउनीसँग मेरो अनौपचारिक कुराकानी पनि हुन्थ्यो। उनलाई मैले कुरा बुझाउन सकेँ। ठीक छठीक छ। मैले तपाईंको कुरा बुझेँ। यसरी मैले सम्बन्ध दुवैतिर राम्रो बनाएको थिएँ। समस्या त्यस्तो केही थिएन न चीनसँग न भारतसँग। तरफेरि पनि भारतमा केही मान्छे थिए जसले हामी चीनसँग नजिक छौं भन्ने सोच्थे। अर्को रसियाबारे आर्श्चर्यजनक कुराख्रुश्चेभ बडो इच्छुक थिए हामीसँग मित्रता गर्न। त्यतिबेला मार्शल बोरोसिलोभ सोभियत रसियाको राष्ट्रप्रमुख थिए। उनले नेपालको भ्रमण गरे। पछि खु्रश्चेभ पनि आए। हामीले निम्तो दिएका थियौं र उनी आउन आतुर थिए। मलाई लाग्छनेपालमा चीनको प्रभाव नबढोस् भन्नेमा रसिया र्सतर्क थियो। तर जसरी होस्,नेपालमा विदेशीहरूको राजनीतिक अभ्यासको मैदान बन्दै थियोयो मेरो अनुभव हो।

खु्श्चेभसँग न्युयोर्कमा लामो कुराकानी गरेँसन् १९६० मा। उनी त्यति खुसी थिएनन्,उनलाई लागेको थियो- नेपालमा चीनको प्रभाव बढेको छ र भारत मौन बसेको छ। तैपनि न्युयोर्कको व्यस्त कार्यतालिकाबीच पनि उनले मलाई राम्रै समय दिए। अमेरिकावास्तवमैहामीलाई सहयोग गर्न इच्छुक थियो। सन् १९६० अमेरिकाका लागि राष्ट्रपतीय चुनावको वर्ष थियोत्यसैले उनीहरूले सहयोगका लागि ठोस प्रतिबद्धता व्यक्त गरेनन्। केनेडी राष्ट्रपति चुनिएर आएत्यतिञ्जेल म जेल परिसकेको थिएँ। परराष्ट्र नीतिलाई हेर्दा समस्या भारत र चीनबीचको सम्बन्धलाई सन्तुलित बनाइराख्नु साँच्चै चुनौतीपूर्ण थियो। हामीलाई बढी दबाब दिल्लीबाटै थियो। तर धन्य हुन नेहरूजसले हाम्रा बाध्यता बुझिदिन्थेत्यसैले समस्या थिएन। अनिचिनियाँ त खुसी नै थिएहामी उनीहरूसँग तनाव बढाउने पक्षमै थिएनौं। त्यसैले हाम्रो सम्बन्ध दुवैसँग मित्रवत् थियो। तरमैले यहाँ भन्नैपर्छहाम्रो झुकाव चीनभन्दा भारततिरै बढी थियो। तरहामीले आफूलाई सधैं बचाइरह्यौंत्यसैले भारत कि चीन भनेर खुल्लम् खुल्ला पक्ष लिनुपर्ने अवस्था आएन।

चीनका तत्कालीन प्रधानमन्त्री चाउ एन-लाईको बारेमा तपाइंको धारणा कस्तो छतपाईंले त उनीसँग लामै कुराकानी गर्नुभयो नि !

चाउ एन-लाई असाध्यै संवेदनशील र विशिष्ट कूटनीतिज्ञ थिए। मैले उनलाई नजिकबाट बुझ्न पाएँ। उनी मसँग बिहान आठ बजेदेखि साँझ चार बजेसम्म धीर भएर बस्थे। त्यो बीचमा उनी ब्रेकफास्ट
लन्चचिया र स्न्याक्स लिन्थे। उनी साँच्चै धैर्यवान थिए। तर,उनको स्वास्थ्य ठीक थिएन। म जहाँजहाँ जान्थेँ त्यहाँ उनी पुग्थे। त्यो उनको विशेषता थियो। यसले हाम्रो निजी सम्बन्ध पनि बढायो। राजनीतिक छलफललाई पनि उनी आत्मीय रङ दिन्थे। त्योभन्दा बढी उनीसँग जवाहरलाल नेहरूभन्दा बढी कूटनीतिक चरित्र थियो। चिनियाँ र भारतीय अभिजातबीच यो एउटा अन्तर थियो। चिनियाँ सालीन र शिष्ट थिए,त्यसैले उनीहरूसगको सम्बन्ध सहज बन्दै गएको हो।

चाउ एन-लाई नेपाल आउँदा एउटा प्रेस सम्मेलन गरेका थिए। म पनि थिएँ। मैले उनको परिचय दिएको थिएँ प्रेसलाई। टन्डन भन्ने कुनै भारतीय पत्रकार पनि थिए त्यहाँ। उनले एउटा अप्ठ्यारो प्रश्न सोधिदिए, ‘नेपालसँग चीनको सीमा विवाद छकसरी सुल्झ्याउनुहुन्छ ?’

यो साथी-साथीबीचको विवाद हो। त्यसो त यो विवाद नै हो भन्ने हामीलाई लाग्दैन। हामी सीमांकन गर्न चाहन्छौं। तरतपाईंले भनेजस्तो विवाद भने केही छैन‘ चाउएनको जवाफ थियो। टन्डनले अर्को प्रश्न गरे, ‘तपाईंले नै भन्नुभएको थियो केही सय वर्ग माइलमा विवाद छ भनेर। केही पकेट क्षेत्रको पनि कुरा गर्नुभएको थियो। यसपालि भने उनले अलि कडा जवाफ दिए- विवादै भए पनि भारतले टाउको दुखाउनुपर्दैन। चीनको आफ्नै विशाल जमिन छ। भूगोलका हिसाबले यो धेरै ठूलो राष्ट्र हो। हामीसँग केही सय माइल जमिन भए पनि नभए पनि हामीलाई केही फरक पर्दैन। यदि नेपाल चाहन्छ भने हामी त्यो जमिन दिन तयार छौं। मित्रका हिसाबले पनि हामी दिन सक्छौं। यो भारतको विषय होइन। हामी दुइ मित्रबीचको मामिला हो। नेपालले जे मागे पनि हामी दिन तयार छौं। उनले यसो भनेपछि म उनीतिर फर्केर मैले उनको कुरा नोट‘ गरेको थिएँ। पछि मैले त्यो कुरा आफूलाई चित्त नबुझेको जानकारी दिएँ। उनले भने, ‘तपाईंले भन्न खोजेको कुरा म बुझ्छुसीमासम्बन्धी प्रश्नमा तपाईंलाई कुनै अप्ठ्यारो नहोस् भन्ने नै मेरो आशय थियो।उनको शैली यति सहज थियो। तरसगरमाथाका सवालमा केही समस्या थिए। किनकि सगरमाथा चीनको हो भन्ने दाबी थियो उनीहरूको। हामीले यो हाम्रो साइडमा पर्छ भनेका थियौं। बहस चल्दै थियो। माओ त्सेतुङसँगको प्रेस सम्मेलनमा पनि यो कुरा उठाएका थियौं हामीले। उनले भनेका थिए, ‘माउन्ट एभरेस्ट त विदेशी नाम हो। कसरी तपाईंहरूको हुनसक्छ आफ्नो भाषामा नाम त दिन सक्नुभएको छैन। अनि कसरी हाम्रो हो भन्ने दाबी गर्नुहुन्छ तपाइंहरू ?’

तिमीहरूको पनि आफ्नो नाम कहाँ छ ?’ मैले प्रतिवाद गरें। एभरेस्टको चिनियाँ नामचोमोलोङ्मा‘ भएको उनले बताए। मैले चोमोलोङ्मा चिनियाँ नभई तिब्बती नाम भएको सम्झाएँ। तर उनले अडान छाडेनन्। तिब्बत अब चीनको भू-भाग भएको उनको तर्क थियो। मैले नेपाली भाषामा माउन्ट एभरेस्टको नाम सगरमाथा‘ हो भन्ने बुझाउन खोजेँ। उनले त चीनले पनि यसलाई सगरमाथा भन्ने गरेको दाबी गरे। पछि माओले एभरेस्टका लागि दुवै मुलुकसँग नाम नभएकाले फेन्डसिप पिक‘ नाउँ दिऊँ भने। यसबारे एउटा संयुक्त आयोगले निर्णय गर्ने भयो। कमिटी पनि गठन गरियो र यसले तत्कालै काम सुरु गर्यो। सीमारेखा चुचुरोबाट पास हुनुपर्छ भन्ने मलाई लागेको थियो। चिनियाँले अर्को उपाय ल्याए- एभरेस्ट जाने कुनै पनि पर्वातारोहीले दुवै साइडबाट अनुमति लिनुपर्ने। कुनै टोली नेपाल भएर जान्छ भने चीनको पनि स्वीकृति लिनुपर्ने भो। हामीलाई यो मान्य थिएन। त्यसो हो भने कुनै विदेशीलाई पर्वतारोहण अनुमति दिन्नौं भन्यौं हामीले। मैले स्पष्ट शब्दमा हुन्नभनें।

कोही तिमीहरूको साइडबाट आउँछ भने अनुमति दिने नदिने तिमीहरूको कुरो भो। कोही हाम्रोबाट आउँछ भने यो हाम्रो अधिकार भित्र पर्यो ‘ मेरो अडान थियो। यही विकल्प स्वीकृत भयो। त्यसैले यसमा खास समस्या भएन।
ल्हासा-काठमाडौं सडकमा भने उनीहरूको ठूलै चासो थियो। कोदारी-काठमाडौं सडक निर्माण गर्नुपर्छ भनेर उनीहरू निकै जोड दिइरहेका थिए। म सहमत थिइन। आर्थिक हिसाबले पनि यो उपयुक्त थिएन। हामीलाई आवश्यक पनि थिएन। त्यसैले त्यो प्रस्ताव मैले मानिनँ। त्यहाँ खर्च हुने पैसाले त्यो क्षेत्रको विकासमा कुनै योगदान दिँदैनथ्यो। त्यो पैसा अरू परियोजनामा खर्च गर्न सकिन्थ्यो। तरउनीहरू जोड गरिरहेका थिए। मलाई लागेको थियो- उनीहरू यो सडक सैन्य प्रयोजनका लागि बनाउन चाहन्थे। मैले त्यति आवश्यक छैन भन्ने सम्झाएँ। रयसलाई रोकें।

जवाहारलाल नेहरूबारे के छ नि तपाइंको मूल्यांकन ? व्यक्तिगत रूपमा ? होतपाईं प्रधानमन्त्री भएपछि नेहरूसँगको सम्बन्ध कस्तो रह्यो?

नेहरूबारे मेरो सम्झना निकै सुखद् छ। मेरो परिवार
श्रीमती र सरकारी मामिलामा समेत उनले गहिरो सुझबुझमित्रता र मानवीय गुण भरेका छन्। म तपाईंलाई एउटा उदाहरण दिऊँ। बेलायतीराजदेखि नै भारतका कारण हामी पीडित भएको एउटा समस्या थियो- नेपाल-भारतबीचको व्यापारिक सन्धि। यो समस्या अझै समाधान भएको छैन। सत्तामा आउँदा हामीसँग ठूलो आकांक्षा थियो। हामी साना उद्योगको विकास गर्न चाहन्थ्यौं। भारतीय पुँजी पनि आकषिर्त गर्नु थियो। यसलाई अलिकति उत्साही बनाउनुपर्ने थियो। भारतीय पुँजीपति नेपालमा लगानी गर्न आँतुर थिए। घनश्यामदास बिरलाशान्तिप्रसाद जैन,मोदी र टाटाजस्ता व्यापारिक घरानासँग हामी सर्म्पर्कमा थियौं। ती सबै नेपाल आउन चाहन्थे। फेरि त्यतिबेला भारतमा दुइ-तीनवटा समस्या थिए। पहिलो राष्ट्रियकरणको खतरादोस्रो आयकर र विभिन्न खाले नोकरशाही जटिलता। जैनले आफ्ना सबै कलकारखाना त्यहाँबाट निकालेर यहाँ लगानी गर्न चाहन्थे। तर घनश्यामदास बिरला हिच्किचाएका थिए। त्यसैले नेहरूसँगको संवादमा नेपालमा उत्पादित सामानले भारतमा स्वतन्त्र प्रवेश पाउनर्ुपर्छ भन्ने माग राखें मैले। बिरलाले नेपालमा कपडा कारखाना खोले त्यसको मुख्य बजार भारत हुनुपर्थ्यो किनकि नेपालको बजार त निकै सानो छ। समस्या अरू पनि थिए। तरयो नै मुख्य थियो।

मैले व्यापार सन्धिको विरोध गरेँ। यो असमान सन्धि हो। तिमीहरूमात्र यसको फाइदा लिइरहेका छौं। तिमीहरू हाम्रो देशको विकास चाहन्छौ भने हामीलाई पनि फाइदा दिनुपर्छ,’ मैले भारतीयलाई भनेँ। तरउनीहरूले मेरो अनुरोध अस्वीकार गरे। म अर्कै विषय लिएर दिल्ली पुगेको थिएँ। राजाले लामो समयदेखि दबाब दिएका कारण व्यापार सन्धिबारे नेहरूसँग छलफल गर्ने विचार गरेँ। भाग्यले भनौ या दुर्भाग्यले त्यतिबेला यो विषयका सचिव एलके झा थिए। उनी वनारसमा मेरा सहपाठी थिए। उनी पछि कश्मीरका गभर्नर भए। तरएलके पनि सहमतिमा आएनन्। त्यसपछि बिहान नेहरू राष्ट्रपति राजेन्द्रबाबूको निवासमा आए। म त्यहीं बसेको थिएँ।

नेहरूले के समस्या छ ?, म के सहयोग गर्न सक्छु ?’ भनेर सोधे। मैले नेहरूलाई समस्या बताएँ। उनले तपाईंले आफ्नो समस्या आफैं समाधान गर्नैपर्छत्यसले तपार्इंलाई राष्ट्रवादी छवि बनाउन मद्दत गर्छत्यस समस्यालाई तपाईंले स्वागत गर्नुपर्छहामी तपार्इंको राष्ट्रवादी छवि बिर्गान चाहँदैनौँ‘ भनेर सुझाव पो दिए। नेहरू मित्रवत् थिए। उनी समझदार पनि थिए। तरमैले भनेँ, ‘मेरो वर्तमान समस्या यस्तो छ। यो समस्याले मलाई अप्ठ्यारोमा पारिरहेको छ।‘ उनले भने, ‘होमलाई थाहा छ। तर भारतको समस्या के छ भने तपाईं वा अन्य कुनै व्यक्ति नेपालको सत्तामा आए हाम्रो मित्र नै रहन्छ। र्सत एउटा मात्रै छ- उसले भारत र नेपालबीचको सन्धि उल्लंघन गर्नुहुँदैन। भारतविरोधी सरकारमा आए उसले सन्धि मान्दैन भन्ने उनको तर्क थियो। त्यस्ता मान्छे नेपालको सत्तामा आए भने हङकङ वा अन्य मुलुकबाट सामान आयात गर्छन् र त्यसमा नेपालमा बनेको भनेर छाप लगाउँछन्नेपालमा सामानको प्रशोधन गर्छन्। रसन्धिको फाइदा उठाउँदै सामानलाई भारततर्फनिर्यात गर्छन्‘ उनी भन्दै थिए, ‘राजाको शासनले पनि यस्तै गर्योछ। उनीहरूले सेन्थेटिक फाइबरसेन्थेटिक यार्नखिया नलाग्ने स्टिलका भाँडाकुडा र ब्लाङकेटमा त्यस्तै गरे। उनीहरूले जापानबाट आयात गरेको कच्चापर्दाथलाई नेपालमा प्रशोधन गरेर भारतमा निर्यात गरे। तिब्बतसँग यो कमजोरी छ।

म जहिले पनि औपचारिक भारत भ्रमणमा जान्थेँनेहरूले मित्रवत् पाहुनाको व्यवहार गर्थे। एकचोटि म श्रीमतीसँग गएको थिएँ। मेरी कान्छी छोरी त्यस समय सानै थिईत्यसैले हामीसग गएकी थिइन्। इन्दिराजीले एयरपोर्टबाटै हाम्री छोरीलाई लिएर गइन्। जब हामी दिल्ली छाड्यौँबिदाइ कार्यक्रम प्लेटर्फममा नै गरिएको थियो। हामी ट्रेनबाट फिर्ता आएका थियौँविशेष ट्रेनको व्यवस्था गरिएको थियो। ट्रेनका हरेक कम्पार्टमेन्टसहित सबै बाथरुमलाई गार्डले निरीक्षण गरेका थिए। त्यसैले यो घटना एकदमै आत्मीय लाग्छ। लाग्थ्योउनीहरू एकदमै नजिकका मित्रलाई बिदाइ गर्दैछन्।

तपाईंहरूबीच अरू पनि असहमति छन् ?


प्रधानमन्त्रीको हिसाबमा मेरो नेहरूसँग कुनै असहमति छैन। तर
त्यसभन्दा पहिले तिब्बतको विषयमा हामीबीच विमति थियो। चीनको भूमिकालाई लिएर हामीबीच असहमति थियो। पचासको दशकको अन्त्यतिर हामीबीच खासै विवाद थिएनन्। आर्थिक विकासको मोडलबारे भने हाम्रा राय मिल्दैनथ्यो। तैपनि यसबारे हामीले विवाद गरेनौं। नेहरूले सोभियत शैलीको मोडल पछ्याउन खोज्दै थिए। उनी समाजवादीभन्दा पनि कम्युनिस्ट अर्थतन्त्रलाई महत्त्व दिन्थे। त्यसमा मेरो विमति थियो। तरत्यस विषयमा पनि विवाद नै चाहिँ भएन।

A letter to Jawaharlal from Nepali PM M.P. Koirala

8th May, 52.
CONFIDENTIAL
My dear Jawaharlal Ji,
I received your letter No. 5744-P.M. dated April 25, 1952, in which you have mentioned on foreign contacts of the Nepal Government with special reference to the U.S.A Government. I felt that there has been some misunderstanding in the matter.

When I was in Delhi in the first week of January last Mr. Chester Bowles referred in his talks to the request made by us to the Govt. of India for financial and technical help and that he too would try to the Govt. of India for financial and technical help and that he too would try to extend Point 4 Aid if it would be possible. Bedsides, he said that a certain American expert employed by the Govt. Of India for urban community planning would like to visit Kathmandu during his summer vacation and by the way give his advices to us if we so desired. Some of my colleagues were in Delhi in the last week of April to discuss the matter of help with the Govt. of India. Some members of the American Embassy saw them and tried to discuss the development projects so that they could plead for extension of the Point 4 Aid. As our plans and projects were being discuss with the Govt. of India my colleagues naturally told them that Govt. of India had accepted to examine our projects and help us. This is so far as the American aid is concerned. Mr. Goodal is here. He has seen me and said that he would send some manual of the American system of administrative reorganisation to us. He is not advising us in matters of reorganisation of administration in the strict sence of the term nor have we ever desired that both Indian team and American expert should help us in the reorganisation. There should have been no reason for any misunderstanding.

I hope you see that the presence of Mr. Goodal will in no way be something like a parallel or in conflict with the Indian expert for whose presence the Govt. of Nepal has made request, and he is leaving Kathmandu in course of a few days. I may add that one Mr. Behker is here in regard to the extension of the Point 4 Programme on his request to supply him with our statistics and plans for development. We have told him that we have no statistics available at present and that we have sent our available plans and projects to the Govt. of India. I have tried to keep regular consultation with the Govt. of India in matters of foreign relations and shall do so even in future.
With kindest regards,
Yours sincerely,
(M.P.Koirala)
Hon’ble Sri Jawaharlal Nehru,
Prime Minister of India,
New Delhi.

साभार: जगदम्बा प्रकाशनद्वारा प्रकाशित A role in a revolution पुस्तकबाट

Difficult Road to Democracy: Interview with B.P. Koirala

- India Today, March 16-31, 1979

Nepal’s feeble cry for democratization was virtually silenced recently in the wake of execution of two Nepali Congress activists, Captain Yagya Bahadur Thapa and Bhim Narain Shrestha. It is significant that the executions were carried out at a time when King Birendra was ostensibly moving towards a rapprochement with the ailing leader of the banned Nepali Congress party, B. P. Koiala. Equally significant was the fact that Thapa and shrestha had been sentenced to capital punishment four years ago, but were executed just when a clemency petition was pending in the courts.

The executions have added to the undercurrent of discontent that is spreading throughout Nepal. Incidents of violence have risen, specially in the rural areas; thousands of students and peasants are arrested every year-according to a recent estimate y amnesty International about 3,000 political activists are languishing in Nepali jails. The executions have proved to be a major setback to the process of “national reconciliation” which Koirala has been pursuing in the face of strong opposition from some of his own party members.

Koirala, 65, former Prime Minister of Nepal and a co-accused with Thapa was recently in Delhi on his way to Kathmandu from the US, where he had gone for medical treatment. In an exclusive interview with INDIA TODAY, he discussed the recent executions and its effects on his efforts to usher in democracy in Nepal.
Q: What effect will the execution of two of your party-men, Capt. Yagya Bahadur Thapa and Bheem Narain Shreshta, have on your efforts at ‘national reconciliation’?
BP: The executions came as a great surprise to me. They were more shocking because recently the atmosphere in the kingdom had started to ease and the general feeling was that the process of democratization would begin soon. The sudden executions have befouled the atmosphere for national reconciliation. They have created psychological difficulties for me because the killings would always be at the back of my mind when I talk to the King next. But I must say the reconciliation process will not be abandoned.
Q: You being co-accused with Capt. Thapa what behavior do you expect from the authorities on your return to Kathmandu?
BP: I am not quite sure of that. My case in slightly different from that of Capt. Thapa in that I have not been held guilty and sentenced. But the executions have certainly added grim dimensions to my personal situation.
Q: Since your talks with the King before you left for the USA, everyone had expected him to soften his stand vis-a-vis your party. What do you think made the King carry out the executions so suddenly?
BP: I believe the hard-liners in the Palace prevailed upon the King. It is quite possible the King may not even be aware of the orders that might have been passed on his behalf. These things are quite common in Nepal. A few years ago, four of our party activists under detention were shot by the police without the knowledge of the King, In the present case, I must say the hard-liners have had their way. The King, being a well-meaning person, could not do this.
Q: Who are these hard-liners?
BP: These are the people in the palace who wield power and influence because of the present political set-up in Nepal. They want to retain the monarchy in its present form because they are afraid that if the democratic forces come power, they may lose their privileges.
Q: Before leaving for the USA, you are reported to have said in Patna that you expect some changes in Nepal within one year. What changes had you expected?
BP: I had expected the process of democratization to be initiated this year. But unfortunately the Palace hard-liners are out to frustrate it. They have certainly been able to create difficulties for us. The road to democracy is not easy, but travel we must.
Q: You have been quite secretive about the details of your reconciliation talks with the King Why?
BP: I do not want to spill the beans before making much headway in the talks. The process of national reconciliation being a long drawn-out one, I do not want to give false hopes to people. However, I had discussed the talks with some of the top party leaders like Ganesh Man Singh and Krishna Prasad Bhattarai.
Q: Your own party is a divided house with many people accusing you of having sold yourself to the King. Some have called your latest stance a death-blow to the prestige of the party. Don’t you think the executions have given them a handle to denigrate you?
BP: I concede there are differences in the Nepali Congress, but which political party doesn’t have them? Leave aside the democratic parties, even communist party members differ on policy matters. There cannot be an absolute unanimity in a party but most of my party men are with me. I have given them a new approach and they are fully satisfied with it. As for criticism about me I am quite used to it. My conscience is clear; my aim is clear. Those who criticize me today will realize later how wrong they were. After my talks with the King, the prestige of the party has gone up. The people have realized that the authorities have started taking cognizance of the Nepali Congress. This is the first time the King has given credence to the party.
Q: Some of your party members charge you with making Bhattarai acting president of the party without holding any election for the post. How do you explain this alleged anti-democratic act?
BP: Two years ago, when I was going back to Kathmandu after my exile in India, thousands of my party men had come to meet me in Patna because they were sure that I would be arrested on landing at Kathmandu airport. They asked me to name some one who could take my place while I was in jail. They wanted someone they could look forward to for advice and guidance. There being no time for proper elections and Ganesh Man Singh being in jail, I had no choice but to name Bhattarai for the post. He is the one person with an impeccable record of service to the cause of democracy.
Q: You have had talks with the Janata Party President Chandra Shekhar, in Delhi. What was the nature of the talks?

BP: I did not talk to him on the political situation in Nepal. I did not feel the necessity to discuss it with him because I know his sympathies are with us. In fact most of the members of Indian Parliament, be they from any political party, sympathize with our cause. We are happy to have the support of our neighboring country.

Monday, 13 January 2014

टिके निर्वाचन प्रणालिको प्रतीस्थापन

ch'{gaxfb'/ co8L

nf]stGqsf] ;'Gb/tf eg]sf] hglgjf{lrt k|ltlglwx?sf] zff;g xf] . hgk|ltlglwx?sf] rog hgtfsf] dt -ef]6_ af6 x'g], clg hgk|ltlglwx? hgtfk|lt hjfkmb]lx x'g'kg]{ ePsfn] g} o;nfO{ cGo Joj:yf eGbfa9L nf]stflGqs, k|ltlglwd"ns tyf hglxtsf/L x'G5 eGg] dflgb} cfPsf] 5 . t/ hgk|ltlwx?sf] rog hgdtaf6 x'b}df dfq Joj:yf nf]stflGqs tyf hglxtsf/L e}xfNg] xf]O{g /x]5 . Joj:yfnfO{ nf]stflGqs, k|ltlwd"ns tyf hglxtsf/L agfpg hgk|ltlglwx?sf] rog k|ls|of klg nf]stflGqs x'g'k5{ . h;sfnfuL lgjf{rg k|ls|ofdf hgtfsf] k|ToIf ;+nUgtf klg ckl/xfo{ k"j{zt{ dflgG5 . lgjf{rg k4ltsf] unt rog jf unt k|of]un] gt hgk|ltlglwx?sf] ;lx 5gf}6 x'g;S5 gt cfdhgtfsf] ;lx k|ltlglwTjg} . unt lgjf{rg k4ltn] unt k|ltlglwx?sf] rog dfq} ub}{g hgdtsf] ckx]ngf ub}{ a}wflgs?kd} -hgdtaf6}_ cnf]stflGqs tyf hglj/f]lw zf;g Joj:yfsf] pbo x'gk'Ub5 . st} xfd|f] jt{dfg ;dfg'kflts k|0ffnLn] Tot}lt/ ws]nL /x]sf] t 5}g < o;af/]df xfdLn] ;f]Rg' kg]{ a]nf cfO{;s]sf] 5 .

;dfg'kflts k|ltlglwTj ;lxt ;dfj]zL /fHosf] Do08]6 kl/k"lt{ x]t' hgcfGbf]ng b'O{ kZrft ;DkGg ;+ljwfg;ef lgjf{rgx?df k"j{ k|rlnt ax'dtLo k|ToIf lgjf{rg k|0ffnLdf kl/jt{g ub}{ xdfLn] ldl>t lgjf{rg -k|ToIf, ;dfg'kflts / dgf]lgt_ k4ltnfO{ cjnDag u/\of} . t/ tt kZrft ;DkGg b'a} lgjf{rg ljjfb d'Qm x'g ;s]g . lgjf{rgdf pTkGg ljjfb klxnf] eGbf bf];|f] lgjf{rg kZrft 5tf5'Nn ?kdf aflx/ cfP . kl5Nnf ljjfbx?nfO{ x]bf{ dfgljo k|j[ltut sdhf]/L h:tf] b]lvP klg d'ntM xfdLn] cjnDag u/]sf] lgjf{rg k|0ffnLs} sdhf]/L xf] eGg] dnfO{ nfUb5 .
xfdL nf]stGqnfO{ hgtfsf] 3/b}nf] ;Dd k'/\ofpg] s'/f ul//x]sf 5f} . t/ Jojxf/ eg] ;w} g]tftGqd'vL ul//x]sf 5f} . nf]stGqnfO{ jf:tljs ?kdf hgtfsf] 3/b}nf];Dd k'/\ofpg] cGo ljljw kf6fx? ePklg lgjf{rg klg Ps dxTjk"0f kf6f] xf] . To;sf/0f lgjf{rg k|0ffnLsf] rogdf laz]if Wofg lbg'kg]{ x'G5, t/ xfdL o;df r'Sof} . kl/0ffd clxn] ef]Ub} 5f}, clxn] bnx? leq ljjfbdfq b]lvPsf] 5}g sltko bnx? t km'6sf] ;+3f/df k'u]sf 5g . bf];|f] ;+ljwfg;efsf] ;'?jftL r/0fd} b]lvPsf] o; l:ytLn] cfd;d'bfosf] gh/df  ;+ljwfg;ef ;+ljwfg lgdf{0f ug]{ ;Ddflgt ;efsf ?kdf eGbfklg nDk6 :jfyL{x?sf] x'nsf ?kdf hgtfsf] dfg;k6ndf k|ltlalDat x'g] ;Defjgf a9]sf] 5 . ;+ljwfg;efsf ;b:ox?sf] cfTd;Ddfgsf] kf/f] klg lgs} tn emg]{ lglZrt 5 . clg lt cfTd;Ddfg u'dfPsf lgl/x k|f0fLaf6 s:tf] ;+ljwfgsf] ck]Iff ug{ ;lsPnf < o;f] x'g'df d'ntM xfdLn] canDag u/]sf] l6s] ;dfg'kflts lgjf{rg k|0ffnL bf]ifL 5 . bf]ifL lgjf{rg k|0ffnLsf ;fy;fy} cfkm\gf] :jfy{ k"lt{ eP ;a} l7s geP ;a} unt eGg] xfd|f] ;+s'lrt dgf]j[lt / To;sf sf/0f pTkGg lgs[i6 k|j[lt klg plts} lhDd]jf/ b]lvG5 . obL To;f] xf]Og eg] lsg cfkm\gf] :jfy{ k"/f gx'bf dfq g]t[Tjsf] lj/f]w clg g}ltstf, cfb{z / ;lx d"Nof+sgsf s'/f u5f}{ < g]t[TjnfO{ ljleGg tTjx?af6 k|efljt ePsf] cf/f]k nufp5f} / cfkm\gf sdhf]/Lx?nfO{ 9fs5f]k ub{5f} < lsg s'g} klg lrhsf] cjnDagk"j{ To;sf ;sf/fTds tyf gsf/fTds kIfsf af/]df ;f]Rg ;Sb}gf} < / cnf]stflGqs lglt lgodnfO{ :jLs[tL lbG5f} < obL ;lx k|ltlglwTjsf] s'/f ug]{ xf] eg] ;j{k|yd of] ult5f8f k|j[ltsf] klg cGTo ul/g'k5{ . xf] b'a} ;+ljwfg;efsf] lgjf{rgdf ;dfg'kflts ;ef;bsf] rogubf{ blno g]t[Tjn] sfg'gL dfkb08 kl/k"lt{ u/]klg ;dfg'kfltssf] efjfgnfO{ k"0f{ ?kdf nTofPsf] s'/fdf s'g} ljjfb 5}g . xfdLn] dgg ug]{ a]nf e};s]sf] 5 st} g]t[TjnfO{ o;/L dgf]dfgL ug{ xfdLn]g} 5'6 lbPsf] t xf]Og < obL ;dod} lgjf{rg k|0fnLsf] ;'wf/sf af/]df 5nkmn rnP/ hgtf s]lGb|t lgjf{rg k|0fnLnfO{  cfTd;fy ug{ hf]8 lbPsf] eP ;fob clxn] of] kl/0ftL Joxf]g'{ kb}{g lyof] ls <

hgk|ltlglwx?nfO{ hlta9L ;f]em} hgtfk|lt hjfkmb]xL agfpg ;lsof] Toltg} zf;g Joj:yfklg nf]stflGqs, hgpTt/bfoL tyf hglxtsf/L x'g;S5 . hgk|ltlglwx?nfO{ hgtfaf6 6f9f /flvbf g]tf s]lGb|t Aoj:yfsf] ljsf; x'gaf6 s;}n] /f]Sg ;Sb}g . To;sf/0f hgtf / o;sf k|ltlglwx? lar 3lgi6 ;DaGw :yfkLt ul/g'k5{ . h;/L k|ToIf lgjf{rgdf kf6L{b\jf/f k|:tfljt pDd]bjf/n] hgtfaf6 cg'df]bg lng'k5{ To;} ul/ ;dfg'kfltsdf k|ltlglwTj ug]{ ;b:ox?n] klg hgcg'df]lbt x'g'kg]{ ePsf] eP ;fob clxn] h:tf] g]tf ljz]ifsf] s[kf, cfzL{jfb klv{g'kg]{ jf cfly{s nufot cGo lsl;daf6 k|efljt ul//xg'kg]{ l:ytL cfpb}g lyof] ls < xfd|f] jt{dfg lgjf{rg k|0ffnL cg';f/ ;+ljwfg;efsf hDdf ^)! l;6 dWo] $) k|ltzt cyf{t @$) l;6 k|ToIf?kdf hgtfaf6 lgjf{lrt x'G5g eg] ^) k|ltzt cyf{t #^! l;6sf] rog g]t[Tjsf] lgufxfdf -;"lr tyf dgf]gog_ 5f]l8Psf] 5 . o; Joj:yfn] hgk|ltlglwx? hgtfk|lt hjfkmb]lx x'g'kg]{ eGbf g]t[Tjk|lt jkmfbf/ x'g'kg]{ k|0ffnLnfO{ :yflkt u/]sf] 5 . ha;Dd clxn]sf] l6s] ;dfg'kflts lgjf{rg k|0ffnLnfO{ :jLsf/ ul/G5 jf sfod /xG5 ta;Dd g]t[Tjsf] lgufxnfO{ kv]{/ r'krfk a:g'sf] s'g} ljsNk 5}g . g]t[Tjk|lt laif adg ub}{df clg nf]stflGqs cfb{z / g}ltstfsf] b'xfO{ lbb}df tflTjs leGgtf cfpg ;Sb}g . clxn] h'gh'g g]tf, sfo{stf{ tyf ;r]t dflgg] ;d'bfon] ;dfg'kflts ;b:o rogk|lt c;Gt'li6 JoQm ul//x]sf 5g ltgx? cfkm\gf] lglxt :jfy{ eGbf dfyL p7\g tof/ 5g eg] ca lgjf{rg k|0fnLsf] ;'wf/ lt/ s]lGb|t x'g'k5{ . cGoyf lj/f]w jf c;xdltsf] s'g} cf}lrTo 5}g .

xfd|f] h:tf] ljljwtfo'Qm d'n'sdf k|ToIf?kdf lgjf{lrt x'g] ax'dtLo k|0ffnLn] dfq hgtfsf] ;lx k|ltlglwTj / ;xefuLtf x'g;Sb}g . o:t} ljljwtfnfO{ ;Daf]wgsfnfuL eg]/ g} ;dfg'kflts lgjf{rg k|0ffnLsf] ljsf; ul/Psf] xf] . ;dfg'kflts lgjf{rg k|0ffnLsf] cf}lrTo xfd|fnfuL ;dfKt e};s]sf] 5}g / cfufdL lbgdf klg o;sf] lg/Gt/tf cfjZosdfq x}g ckl/xfo{ 5 . To;sf/0f ;dfj]zL k|ltlglwTjsfnuL ldl>t lgjf{rg k|0ffnLnfO{ gof“ aGg] ;+ljwfgn] klg lg/Gt/tf lbg lxrlsrfpg' x'b}g . t/ ldl>t lgjf{rg k|0ffnLsf] s'/f ul//xbf ;dfg'kflts lgjf{rg k|0ffnL eg]sf] ;"lr k|0ffnL dfq xf]O{g eGg] s'/fnfO{ dgg ug'{ h?/L 5 . ;dfg'kflts lgjf{rg k|0ffnL leq cGo klg ljleGg zfvf, pkzfvfx? ljsl;t ePsf 5g ltgLx?sf af/]df 5nkmn cl3 a9fpg'k5{ . hgk|ltlglwx?nfO{ g]tfk|lt x}g hgtfk|lt l;w} hjfkmb]xL agfpg cfdhgtfsf] k|ToIf ;+nUgtf /xg] / xfd|f] ;dfhsfnfuL Jojxf/Ls klg x'g] ;dfg'kflts lgjf{rg k|0ffnL cjnDag ul/g'k5{{ . nf]stGqnfO{ ;'b[9 ug]{ eGbfklg g]tftGqnfO{ alnof] agfpg] / /fhg}lts bnleq tgfj ;[hgf ug]{ tyf lgjf{lrt k|ltlglwx?sf] cfTd;Ddfg lu/fpg] jt{dfg ;dfg'kflts k|0ffnL xfd|f] nf]stGqsf nfuL pkof]uL 5}g . xfd|f /fhg}lts bn tyf hgk|ltlglwsf] ;Ddfg nf]stGqsf] ;'b[l9s/0faf6 dfq x'g;Sb5 . nf]stGqsf] ;'b[l9s/0fsfnuL cGo kIfsf ;fy} lgjf{rg k|0ffnLsf] e"ldsf klg dxTjk"0f{ x'g]x'bf jt{dfg l6s] k|0ffnLnfO{ cGTo ub}{ cfufdL lbgdf hgtfsf] k|ToIf ;+nUgtf /xg] ;dfg'kflts k|0ffnL ;lxtsf] ldl>t lgjf{rg k|0ffnL cjnDag ul/g'k5{ .  

Monday, 6 January 2014

राजा ज्ञानेन्द्रको अन्तिम सम्बोधन

January 6, 2014

नेपालका अन्तिम राजा ज्ञानेन्द्रले मिति २०६५ जेठ २९ राष्ट्रको नाममा गरेको अन्तिम सम्बोधन। राजा ज्ञानेन्द्रले यो सम्वोधनमा आफू साधारण नेपाली नागरिक सरह नेपालमा नै बस्ने घोषणा गरेका थिए। विश्वको इतिहासमा शासनरत राजाले शान्तिपूर्ण रूपले सत्ता छाडेको यो घटना उल्लेख्य रहेको छ। यो सम्बोधन पछि उनले नारायणहिटी दरवार छाडेर नागार्जुन दरवार सरेका थिए।

घोषणाको पूर्ण पाठ

नेपाली दाजुभाइ, दिदीबहिनीहरू ! चार वर्ण छत्तीस जातको साझा फूलबारीका रूपमा आजभन्दा दुई सय चालीस वर्षघि हाम्रो पूर्वज बडामहाराजाधिराज श्री ५ पृथ्वीनारायण शाहबाट कल्पना र स्थापना गरिबक्सेको मुलुक आज अत्यन्त गम्भीर र समवेदनशील संक्रमणको स्थितिबाट गुज्रिरहेको छ। देश र जनताको सुखदुःखमा सहधर्मी एवं सहकर्मी रहेको नेपाली राजसंस्था नेपाली जनताकै समृद्धि तथा समुन्नतिमा अनुप्रँणित हुँदै आएको र्सवविदितै छ। इतिहासको प्रत्येक कालखण्डमा राजा र नेपाली जनताको संयुक्त प्रयासबाट भएको एकीकरण, प्रजातन्त्रीकरण एवं आधुनिकीकरण पनि यसको ज्वलन्त उदाहरण हो। राष्ट्र, राष्ट्रियता, र्सार्वभौम नेपाल एवं राष्ट्रिय अखण्डतालाई हामी नेपालीले सधैं जीवनमूल्य मानिआएका छौं। यस मूल्य र मान्यताप्रति हाम्रो निष्ठापूर्ण उत्सर्ग भावना हिजो थियो, आज छ र भोलि पनि रहनेछ।
देशमा आजभन्दा ७ वर्षअगाडि एउटा असहज, दुःखद र अनपेक्षित घटनाका कारण संविधान र परम्पराअनुसार राष्ट्राध्यक्षको उत्तरदायित्व ग्रहण गर्दा राष्ट्रधर्म, कूलधर्म र राजपरम्परा अनुरूप मुलुकको र्सार्वभौमसत्ता, स्वतन्त्रता, स्वाभिमान, अखण्डता, शान्ति र प्रजातन्त्रको संस्थागत विकास तथा नागरिकहरूको समग्र प्रगतिबाहेक अरू कुनै स्वार्थ आफूमा नभएको तथ्य पनि सबैलाई जानकारी गराउँछु। तत्कालीन हिन्दू अधिराज्य एवं बुद्धको जन्मभूमि नेपालमा शान्ति आओस् भन्ने असल नियतबाट जुन प्रयासको थालनी गरिएको थियो, त्यो प्रयास विभिन्न कारणले गर्दा सफल हुन नसकेको कुरा मैले स्वीकार गरिसकेको छु। त्यसपछिका घटनाक्रम र परिणाम सबैका सामु किताबजस्तै खुला छन्।
मैले हिजो पदीय दायित्वका कारण व्यक्त गर्न नसकेको तर मेरो अन्तरआत्मामा गुज्रिरहेको केही कुरार् इश्वरलाई साक्षी राखी आज म पत्रकार मित्रहरूमार्फ नेपाली दाजुभाइ, दिदीबहिनी एवं अन्तर्राष्ट्रिय समुदायसमक्ष राख्न चाहन्छु। नियति नै भन्नुपर्ला म एउटा अबोध बालक छँदा मेरो शिरमा पहिर्याइएको श्रीपेच चुपचाप थाप्ने बाध्यताबाहेक मेरो न चाहना थियो, नत इच्छा, नत कुनै भूमिकाको गुञ्जायश नै थियो। त्यस्तै ०५८ साल जेठ १९ गते राति दोस्रोपटक फेरि एउटा अकल्पनीय त्रासदीपूर्ण घटना राजदरबारमा घट्दा मेरो पूजनीय दाजु-भाउज्यू लगायत आफ्ना आत्मीय परिवारको वीभत्स विनाश भएको र ती प्रिय आदरणीय परिवारजनका शवमा आँसु बगाएर मन हलुका पार्ने मौकासमेत पाउन नसक्ने परम्परा र कर्तव्यको जञ्जीरमा बाँधिन विवश मेरो अन्तरवेदना शब्दमा व्यक्त गर्न सक्दिन। यसै अवस्था र घटनालाई लिएर केही र कतिले अत्यन्त निर्विवेक र निर्दयतापूर्वक म र मेरो परिवारमाथि लगाएका कठोर आरोप र लाञ्छनालाई हामीले सहनुबाहेक न कुनै उपाय नै थियो, नत हाम्रो तर्फबाट बोलिदिने नै कोही थिए। तत्कालीन परिस्थिति र घटनाबाट फाइदा उठाउन म र मेरो परिवारप्रति पूर्वाग्रही भई विभिन्न माध्यमबाट म र मेरो परिवारलाई बदनाम गर्ने काम निरन्तर रूपमा भइरह्यो, जुन मेरोलागि अति दुःखदायी थियो र छ पनि। दरबारमा घटेको घटनामा परी घाइते भएका राजपरिवारका अन्य जीवित सदस्यहरू अझै पनि जीवितै छन्। उनीहरू त्यसका प्रत्यक्ष साक्षी पनि हुन्। सोही घटनामा घाइते भई बाँचेकी मेरी श्रीमतीको शरीरमा प्रँविधिक कारणले निकाल्न नसकिएका गोलीका टुक्राहरू अझै रहेका छन्। यस सम्बन्धमा उपचारमा संलग्न चिकित्सकहरूबाट सत्यतथ्य पनि बाहिर आएकै थियो। उच्चस्तरीय छानबिन आयोगले घटनाबारे सत्यतथ्य जनसमक्ष ल्याएकै हो। समस्त नेपाली जनता र राजसंस्था शोकविह्वल रहेको अवस्थामा यस्तो प्रकारसँग आक्षेप लगाउनु मानवीय समवेदनासँग मेल नखाने तथा राजसंस्थाप्रति नेपालीसामु रहेको सद्भावलाई बिगार्ने र मात्र दुर्भावना फैलाउने रणनीति रहेको देखिन्छ।
यस्तै अर्को कुरा मैले मेरो सम्पत्ति विदेशमा राखेको छ भन्ने जस्ता लाञ्छनायुक्त प्रचार भएको पनि सुनेको छु। मेरो सम्पूर्ण सम्पत्ति नेपालमै छ। मैले विदेशमा चल-अचल सम्पत्ति राखेको छैन। नेपालको कानूनअनुसार पूर्वजबाट मेरो नाममा आएका सम्पत्तिहरू पनि मैले व्यक्तिगत नाममा नराखी संस्थागत रूपमा राख्ने व्यवस्थासमेत गरी त्यसको संरक्षण गरेको छु। विगत ७ वर्षा मैले कुनै थप सम्पत्ति जोडेको छैन। परम्परागत सम्पत्ति घटाउने काम पनि भएको छैन। राजपरिवारका कुनै पनि सदस्यको सम्पत्तिको हक छिनेको पनि छैन। नेपालको प्रचलित कानूनअनुसार निजी सम्पत्ति राख्न पाउने हक मलाई पनि हुने नै छ भन्ने विश्वास लिएको छु।
जनताको चाहना र इच्छालाई नै सर्वोपरि मान्ने राजपरम्पराअनुसार संविधानसभाको निर्वाचन र गत जेठ १५ गते संविधानसभाको बैठकले गरेको निर्णयलाई मैले सहज बनाउन सहयोगीको भूमिका सम्पन्न गरेको छु। मैले देश छाडेर जाने सोच बनाएको पनि छैन। म मातृभूमि नेपालमा नै बसी मुलुकको बृहत्तर हित र शान्तिका लागि योगदान पुर्याउन चाहन्छु। यसका लागि सबै क्षेत्रबाट सहयोग हुने नै छ भन्ने आशा लिएको छु।
हामी नेपालीका महान पूर्वजहरूको रगत-पसिना र बलिदानले बनेको स्वतन्त्र र र्सार्वभौम रहँदै आएको यो नेपाल राष्ट्रको स्वतन्त्रता र अखण्डताको निम्ति म जुनसुकै अवस्थामा र हैसियतमा रहे पनि सदा समर्पित रहने प्रण गर्छु। मलाई स्वतन्त्र राष्ट्र नेपालको माया छ। स्वतन्त्र राष्ट्रको अस्मिता, अखण्डता र मौलिक मान्यता कायम रहोस् भन्ने मेरो भावना छ। स्वाभिमानी आमनेपालीको समग्र हित होस् भन्ने मेरो हार्दिक कामना छ।
परम्परागत रूपमा शाहवंशीय राजाहरूबाट प्रयोग भई शाहवंशको विरासतको रूपमा रहेको श्रीपेच र राजदण्ड चिरकालपर्यन्त सुरक्षित रूपमा राख्नेगरी संरक्षणका लागि आजकै मितिमा नेपाल सरकारको जिम्मामा रहनेगरी मैले हस्तान्तरण गरेको छु।
अन्त्यमा, राष्ट्राध्यक्षको रूपमा नेपाल र नेपालीको हितमा काम गर्दा मैले कसैको र कुनै प्रकारको अधिकार हनन हुने किसिमबाट काम गरेको थिइन। म वा मेरा परिवारका कुनै सदस्यले विगतमा भए-गरेको कामबाट कसैलाई पीडा पर्नगएको वा कसैको अधिकार हनन् हुनगएको भएमा अन्जानमा यस्तो काम हुनगएको वास्तविकता सबैले बुझिदिनुहुने नै छ भन्ने आशा लिएको छु। विगत ७ वर्षको कार्यकालमा मलाई सहयोग गर्ने समस्त नागरिक, संवैधानिक निकाय, न्यायिक क्षेत्र, सुरक्षा निकाय, राष्ट्रसेवक, शिक्षक, प्राध्यापक, विद्यार्थी, किसान, मजदुर, उद्योगपति, व्यापारी, बुद्धिजीवी, युवा, धार्मिक सङ्घ-संस्था, नागरिक समाज, पत्रकार, राजप्रासाद सेवाका कर्मचारी लगायत विभिन्न तह र तप्कामा आबद्ध सम्पूर्ण स्वदेश तथा विदेशमा रहेका नेपालीहरूमा म आभार व्यक्त गर्न चाहन्छु। नेपालको सधैं भलो चिताउने छिमेकी मित्रराष्ट्रहरूका साथै अन्तर्राष्ट्रिय जगत र कूटनैतिक नियोगका प्रतिनिधिहरूलाई पनि धन्यवाद दिन चाहन्छु। साथै नेपाल सरकारको तर्फबाट राजदरबारमा खटिई काम गर्ने सुरक्षा एवं व्यवस्थापन समितिका सदस्यहरूलाई पनि धन्यवाद दिन चाहन्छु। नेपाल सरकारबाट वर्तमानमा भएको सहयोगका लागि धन्यवाद दिँदै भविष्यमा पनि आवश्यक सहयोग प्राप्त हुने नै छ भन्ने आशा लिएको छु।
श्री पशुपतिनाथले हामी सबैको कल्याण गरुन्। जय नेपाल।


Infographics: The state of global youth unemployment

August 13, 2016 00:05 AM ,  Republica