Friday, 4 April 2014

नेपाली संविधानसभा र महिलाको भूमिका

अर्जुनबहादुर अयडी
कुनै पनि देशको शासन पद्दति त्यति बेला मात्र लोकतान्त्रिक हुन्छ जब त्यस देशका आमनागरिकहरुको शासन संञ्चालन प्रक्रियामा समान सहभागिता हुन्छ  लोकतन्त्रक विनाको शासन पद्दतिले कुनै पनि देशलाई प्रगति उन्मुख गराउन सक्तैन नेपालको आधुनिक इतिहाँसका २३७ बर्षलाई फर्केर हेर्ने हो भने नेपालले विभिन्न शासन पद्दतिहरु (राजाको प्रत्यक्ष शासन, राणाको पारिवारिक निरंकुश शासन तथा प्रजातान्त्रीक शासन प्रणाली) अबलम्वन गऱ्यो तर यी कहिल्यै पनि लोकतान्त्रिक शासन प्रणाली हुन सकेनन् जसको परिणाम तपाँई हामी सबैका सामुन्ने यस बारेमा बढी चर्चा परिचर्चा गरिरहनु आवश्यक जस्तो लाग्दैन इतिहाँसले आज पुन : एकचोटि नेपाली नागरिकहरुलाई एक गम्भिर मोडमा ल्याएको , आम नेपालीहरुले आफ्नो तथा भावी सन्ततिको भविष्यको मार्ग निर्धारण गर्ने बेला आएको त्यसकारण कुनै जात, जाति ,धर्म , वर्ण , लिङ्ग, विचार नभनी आप्mनो क्षेत्रबाट सक्दो रुपमा सकारात्मक भूमिका निर्वाह गरि आप्:mनो तथा भावि सन्ततिको भविष्य उज्वल बनाउने राष्ट्रलाई प्रगति उन्मुख गराउने बेला आएको यस्तो स्थितीमा ५०% भन्दा बढि जनसंख्या ओगटेका नेपाली महिलाहरु जसले नेपालको आधुनिक इतिहाँस शुरु हुनु पहिले देखिनै राष्ट्रलाई ठूलो योगदान गरेका छन तिनीहरुले पुन: एकचोटि आफ्नो लागि सिंगो राष्ट्रकालागि आफ्नो तर्फबाट महत्वपूर्ण सकारात्मक भूमिका निर्वाह गर्नु जरुरी देखिएको त्यसैले भविष्यमा गरिने भनिएको संविधानसभाका सम्वन्धमा महिलाको भूमिका के हुन सक्छ भन्ने बारेमा निम्न अनुसार उल्लेख गर्न सकिन्छ

             संविधानसभाको बिषयगत प्रष्टता महिलाको भूमिका
यद्दपि संविधानसभाको बिषय विश्व जगतका लागी नौलो कुरो होइन नेपालमा पनि विगत ५६ वर्ष देखि बेला बेलामा विभिन्न क्षेत्र पक्ष बाट पनि उठ्दै आएको मुद्दा वा बिषयवस्तु हो वर्तमानमा यो बढि चर्चा परिचर्चा एवं छलफलमा आयो बुझेर वा नवुझेर आमनागरिकको मुद्दा वा माग बन्न पुगेको तापनि आम नेपाली नागरिकहरु अझ विशेषत : महिला समुदाय बैचारिक सैद्दान्तिक रुपमा संविधानसभाको अर्थ, परिभाषा यसको ऐतिहाँसिक पृष्ठभूमी ,आवश्यक्ता , औचित्य , महत्व ,यसको प्रक्रिया ,प्रारुप एवं स्वरुप ,लगायत यसका चुनौती सम्भावित परिणाम वारेमा प्रष्ट भइसकेको स्थिति छैन त्यसकारण सम्पूर्ण महिलाहरुले यस बारेमा बुभm्ने बुझिसकेकाले अन्य महिला तथा आम नागरिकहरुलाई बुझाउने कार्य गरी यस सम्वन्धमा प्रष्टता ल्याउन महत्वपूर्ण भूमिका निर्वाह गर्नु पर्दछ यदि यस बिषयको प्रष्ट ज्ञानविना निर्णयतिर गयौं भने त्यसभन्दा घातक अन्य केहि नहुन सक्दछ त्यसैले संविधानसभाको विषयबस्तुका बारेमा प्रष्टता ल्याउने काममा जनसंख्याको ५०% भन्दा बढि जनसंख्या ओगटेको महिला समुदायले जिम्मेवारीका साथ गर्नु पर्दछ भन्ने बेलामा आधा आकाश ढाकेका महिला समुदाय हो भन्ने गर्ने बेलामा केहि नगर्ने हो भने त्यो भनाइमा कुनै तुक रहने छैन त्यसैले भनाई जस्तै व्यबहार गर्न पनि आम नेपाली महिला समुदाय आजै बाट अघि बढ्नु पर्दछ।

             संविधानसभाको घोषणा महिलाको भूमिका
नेपालको संवैधानिक इतिहाँस लाई हेर्ने हो भने नेपालमा जति पनि संविधान अस्तित्वमा आए ति सबै शासक बाट उपहार स्वरुप प्रदान गरिए जसको परिणाम आम नेपाली जनताहरु (विशेष गरेर महिला) शासकिय प्रक्रियाबाट टाढै बस्नु पऱ्यो त्यति मात्र नभइ नागरिकको हैसीयत सम्म पनि नपाई रैतिका रुपमा बाँच्न बाध्य हुनुपरेको कुरा सबैका सामु जगजाहेर त्यसकारण अहिले मौका आएको रैती बाट नागरिक बन्ने मात्र नभई सार्वभौमसत्ता सम्पन्न नागरिक बनी शासन प्रक्रियामा सहभागि हुन पाउने गरि संविधान निर्माण गर्ने प्रक्रियाको तय गर्ने, त्यसैले वर्तमान स्थितिलाई मध्यनजर गर्दै अहिले सम्म बञ्चित रहदै आएका आम नागरिकहरुलाई आफ्ना लागि आफै संविधान बनाई घोषणा गर्ने विश्वमा प्रचलित सबैभन्दा लोकतान्त्रिक पद्दति संविधानसभा मार्फत संविधान निर्माण गर्नका लागि छिटो भन्दा छिटो संविधानसभाका लागि निर्वाचनको घोषणा गर्नको लागि सरकारलाई दवाव नदिने लविङ नगर्ने हो भने विगतको इतिहाँस नदोहोरिएला भन्न सकिदैन यदि विगतको इतिहाँस दोहोरिएको खण्डमा यसका दोषि अरु कोहि नभइ आम नेपाली नागरिकहरुनै ठहरिनेछन् त्यसमा पनि आधा हिस्सा ओगटेका नेपाली महिलाहरु बढी जिम्मेवार ठहरिने छन् त्यसैले भन्न मन लागि रहेको आधा आकाश ढाकेको गर्व गर्ने नेपाली महिलाहरुको बलबुता क्षमताको परिक्षाको घडि आएको परिक्षमा पास हुने कि फेल नेपाली महिलाहरु आफैले तय गर्नुृ पर्छ।
             संविधानसभाको गठन महिलाको भूमिका
विश्वमा संविधानसभाको गठनका लागि विभिन्न प्रक्रियाहरु अवलम्वन गरिदै आएको पाइन्छन त्यस कारण नेपालमा संविधानसभाको गठन के कस्तो प्रक्रियाबाट गरिनु पर्छ भनि तय गर्न आम नेपाली महिलाहरुले कुनै पनि बैचारिक आस्था, धर्म, वर्ण, जातजाति को आधारमा विभेद नगरी कसरी आफ्नो बढि भन्दा बढि प्रतिनिधित्व संविधानसभामा गराउन सकिन्छ त्यसको र्निक्यौल गर्नु पर्छ त्यसलाई मूर्त रुप दिन सक्दो प्रयास गरिनु जरुरी यदि त्यसो नगरि विभिन्न आधारमा महिलाहरु नै आफ्नो सामुहिक हितका लागि एकजुट नभई विभक्क्त हुने हो भने पछिदु: पाईस मंगले आफनै ढंगलेभनि पछुताउनु बाहेक अर्को कुनै विकल्प रहदैन त्यसैले समयमै बोलि भन्दा व्यवहारबाट महिलाहरुले आफ्नो व्यक्तिगत स्वार्थलाई थाति राखि सामुहिक स्वार्थका लागि लड्नुपर्ने बेला आएको छ। यदि आएको मौकालाई सहि रुपमा बुझि त्यसको प्रयोग गर्न नसके भविष्यमा महिलाहरुकालागि समाज, संस्कार , धर्म पुरुषहरुलाई सत्तोसराप गाली गर्दै बस्नु बाहेक अर्को कुनै उपलब्धी हाँसिल हुने छैन त्यसैले आम नेपाली दिदी बहिनीहरुलाई मेरो व्यक्तिगत आग्रह समयमै तपाँईहरुको बल , बुद्दि क्षमताको उपयोग गर्नुहोस् संविधानसभामा बढि भन्दा बढि आफ्ना सक्षम महिला प्रतिनिधिहरु पठाउने कार्यमा लाग्नुहोस होइनभने भविष्यमा तपाँईहरुका रोदन, चित्कार , आक्रोश सत्तोसराप गालीको कुनै अर्थ हुने छैन

             संविधानको निर्माण महिलाको भूमिका
हुनत संविधानसभाको गठन हुने हो कि होइन भन्ने अन्यौल रहिरहेको बेला यस भन्दा पहिले छलफल गरेको संविधानसभामा महिलाहरुको प्रतिनिधित्वको बारेमा यस बुंदामा उल्लेख गर्न खोजिएको कुराको औचित्य कति हुन्छ त्यो आफैमा विवादास्पद हुन सक्दछ तैपनि भन्ने गरिन्छसास रहुन्जेलसम्म आश रहन्छत्यसैले यि कुराहरु उल्लेख गरिरहेको छु संविधानसभा मार्फत संविधान निर्माण गर्दा सबैभन्दा ठुलो कुरा प्रतिनिधित्वको हो, जुन पक्षको प्रतिनिधित्व संख्यामा बढी क्षमतामा सक्षम हुन्छ त्यस पक्षको मोलमोलाहिजा को शक्ति बढि हुन्छ आफ्नो पक्षका बढी भन्दा बढी चासोहरुलाई संविधान मार्फत नै पहिचान गर्न , तर्जुमा गर्न सम्बोधन गर्न सकिन्छन त्यसैले महिलाहरुले सक्षम सकेसम्म बढी आफ्ना प्रतिनिधिहरु संविधानसभामा पठाई वर्तमान समय सम्म अस्तित्वमा रहेका महिला विरोधि क्रियाकलाप  , कुसंस्कार , कुप्रथा भेदभावपूर्ण कानून अन्त गरि महिलाहरुको हितका पक्षमा सकारात्मक प्रावधान संविधानबाटै तर्जुमा गर्न महिलाहरुको राज्य संञ्चालन प्रक्रियामा बढि भन्दा बढि सहभागिता गराउने व्यवस्था मिलाउन महिला प्रतिनिधिहरुले महत्वपूर्ण भूमिका निर्वाह गर्नु पर्दछ यदि महिलाहरुले त्यस्तो भूमिका निर्वाह गर्न नसके भविष्यमा पनि परनिर्भरतामा नै जिवन ब्यतित गर्नु पर्ने निश्चित त्यसैले सबे महिलाहरुलाई चेतना भया π

             संविधानको कार्यान्वयन महिलाको भूमिका
यदि संविधानसभाको गठन भई नयाँ संविधानको निर्माण गर्दा संविधान जतिसुकै महिलाको हितको पक्षमा भएपनि कार्यान्वयन पक्ष कमजोर भएको खण्डमा महिलाहरुका चाँसो छाँयामा पर्न सक्दछन किनकि, एकातिर नेपाल उत्पति देखि नै हिन्दू र्धमशास्त्रमा आधारित कानूनी व्यवस्थाबाट संञ्चालित हुदै आएको भने अर्को तिर पृतिसतात्मक सामाजिक संरचना यथावत , त्यसैगरी समाजमा व्यापक गरिबि, अशिक्षा, चाकरि चाप्लुसि, रुढिबादि परम्परा, अन्धविश्वास कुसंस्कारहरुले गहिरो रुपमा जरा गाडेको देखिन्छ त्यसैले नयाँ संविधानको निर्माण पश्चात कार्यान्वयनमा पनि बिशेष चाँसो सचेतताका साथ अघि बढि महिलाको हक अधिकार सुनिश्चित रुपमा व्यवहारमा उर्तान महत्वपूर्ण भूमिका खेल्नु पर्ने टड्कारो खाँचो देखिएको

समग्रमा भन्नु पर्दा महिलाहरु समाजका अभिन्न अंग हुन् , महिलाको सहभागिताविना कुनैपनि समाज राज्य सुचारु सुनिश्चित रुपमा अघि बढ्न कठिन , तापनि प्रकृतिको नियमनै बाँच्नकालागि संर्घष गर्नु पर्छ। जसले संर्घष गर्न सक्दैन या त्यो विलय भएर जान्छ या परनिर्भर भएर बाँच्नु पर्ने हुन्छ त्यसकारण महिलाहरु जसले नेपमलमा जनसंख्याको आधा भन्दा बढि हिस्सा ओगटेका छन् तिनिहरुले अव पनि अर्काको मुख ताकेर बस्नु लाजमर्दो हुदैन ? त्यसैले अर्काले दिएको कुरामा चित नबुझाई आफ्नो हक अधिकार आफै प्राप्त गर्ने कोशिस गर्नु पर्दछ जसका लागि महिलाहरुले दिन दुई गुना रात चौगुना संर्घष गरि आफ्नो क्षमता बृद्धि गर्न आफ्ना हक अधिकार खोसेर लाने कोशिस गर्नु पर्दछ यदि यसो गरिएको खण्डमा महिलाको बिजय निश्चित

निष्कर्ष

संविधानसभा विश्व समुदाय तथा नेपालका लागि समेत नौलो कुरा भने होईन यसलाई सफलतासाथ प्रयोग गर्ने साहास, उत्साह, आत्मविश्वास , दृढ निश्चय दूरदर्शिताको मात्र खाँचो पर्छ यिनै कुराहरुको अभावले गर्दा ५६ बर्ष देखि नेपालमा संविधानसभा अनिर्णित रुपमा रहन गएको एकचोटि फेरि यसको सफलकार्यान्वयनको लागि मौका आएको हो यसको कार्यान्वयन सोचेजति सहज सजिलो छैन तैपनि सम्पूर्ण नेपाली नागरिक , नेतृत्वपंक्ति, पेशा व्यवसाय लगायतका सम्पूर्ण पक्षहरुले इमान्दारिता पूर्वक साहास, आत्मविश्वास, उत्साह, दृढ निश्चय दूरदर्शिताका साथ लाग्ने हो भने कठिन छैन यदि त्यसो भएन भने अहिले पनि संविधानसभाहात्ति आयो हात्ति आयो फुस्साभनेझै हुनेछ समग्र जनसंख्याको आधाभन्दा बढि हिस्सा ओगट्ने नेपाली महिला हरुले जुनरुपमा नेपालको उत्पति देखि वर्तमानसम्म आफुनो सामुहिक हित तथा राष्ट्रिय हितकालागि जुन महत्वपूर्ण भूमिका निर्वाह गर्दे आएका छन् त्यसलाई भविष्यमा हुने भनि बहुचर्चामा आएको संविधानसभाको बारेमा आम नागरिकहरुलाई बुझाउन, संविधानसभाको गठनको लागि घोषणा गराउन, गठनमा आफ्ना बढि भन्दा बढि संख्यामा सक्षम प्रतिनिधिहरु पठाउन संविधान निर्माणमा आफ्ना हक अधिकारहरु संरक्षित गरि त्यसको सफल कार्यान्वयन गर्न महत्वपूर्ण भूमिका नेपाली महिलाहरुले निर्वाह गर्न सक्दछन गर्नु पनि पर्छ
२०६३

Thursday, 27 February 2014

आम आदमीको आकर्षण


अर्जुनबहादुर अयडी
दिल्ली विधान सभाको निर्वाचनबाट भारतीय राजनीतिको मूलधारमा डेब्यु गरेका अरविन्द केजरीवाल र उनको नेतृत्वको आम आदमी पार्टीले आश्चर्यजनक परिणाममात्र ल्याएन। नजिकिँदै गएको लोक सभा निर्वाचनको माहोल पनि उत्तिकै तताएका छन्। 
आम आदमीका कारण भारतीय राजनीतिका प्रमुख शक्ति मानिने भारतीय कंग्रेस पार्टी र भारतीय जनता पार्टीको निद हराम भएको छ। भारतको शासकीय केन्द्र दिल्लीको ४९ दिने मुख्य मन्त्री बन्दा हिन्दी फिल्म “नायक” का नायक अनिल कपुरको झझल्को दिँदै दिल्लीबासीमा आफ्नो छाप छोड्दै मुख्य मन्त्री पदबाट बिदा भएका छन्। 

दुई वर्षपहिले भ्रष्ट्राचार विरोधी सामान्य आन्दोलनबाट अघि बढेका केजरीवाल आम आदमी पार्टीको गठन र दिल्ली विधान सभाको निर्वाचनपश्चात् दिल्ली र दिल्लीबाहिरको भारतीय भूमिमा मात्र हैन, पूरै दक्षिण एसियाभर केजरीवाल र आपको चर्र्चाले छाएको छ । कतिले त आम आदमी पार्टी र यसका नेता केजरीवाललाई रोलमोडलका रूपमा पनि देख्न र मान्न थालेका छन्। 

दक्षिण एसियामै चर्चाको शिखरमा पुग्न सफल केजरीवाल र उनको पार्टी आपको चर्चाले नेपाल र नेपालीलाई नछुने कुरै भएन। त्यसैले त हरेक बिहान प्रकाशित हुने नेपाली पत्रपत्रिकामा केजरीवाल र उनको पार्टीले निरन्तर महत्वपूर्ण स्थान ओगट्दै आएको छ। केही समययता नेपाली सहरिया आना केन्द्रित संकुचित मानसिकतामा रुमलिएका जमातको प्रमुख माथापच्छीको विषय पनि यिनै दिल्लीका केजरीवाल र आप बन्दै आएका छन्। नेपालमा केजरीवाल र आपका प्रतिको मोह यतिसम्म बढेको छ कि आ“प नपाएका राजनीतिक कार्यकर्ताले आफ्नो नेतृत्वलाई घुर्काउन केजरीवाल र आपको नाम जप्न थालेका छन्। बजारिया अवसरवादी जमात जसले आफू सिन्कोसम्म पनि भा“च्ने साहस गर्दैन तर एक्काइसौं शताब्दीका सुखसुविधा र ऐसआराम भने सबै आफँै उपभोग गरौँ भन्ने सोच राख्छ तिनले दिल्लीको केजरीवाल फुत्त काठमाडौं खाल्टोमा उत्पत्ति भइदिए हुन्थ्यो भन्ने अपेक्षा एवं कामना गरिरहेका छन्। आखिर के छ केजरीवाल र आपसँग त्यस्तो जादू जसले नेपालका सचेत भनिने तर घोर अवसरवादी नेपाली जमातलाई यति धेरै लोभ्याएको छ? किन नेपालका राजनीतिक दल तथा तिनका नेताले आमनेपालीको ध्यान आकर्षित गर्न सकेका छैनन्? के सिक्न जरुरी छ आपबाट नेपाली दलहरुले? 

आपको भविष्य के हुन्छ अहिले नै भन्न नसकिए पनि यसको वर्तमान स्थिति भने उत्साहजनक देखिन्छ। मानिसलाई लाग्न सक्छ आपको वर्तमानलाई देखेर यसमा केही विशेष छ र यसको पछाडि विशेष कारण रहेका होलान् तर त्यो सत्य होइन। अरविन्द केजरीवाल सामान्य भारतीय नागरिक हुन र तिनले गठन गरेको आप पार्टी भर्खर जन्मिएको सामान्य राजनीतिक पार्टी हो। योसँग न त विशेष सैद्धान्तिक धरातल नै छ न विशेष सांगठनिक संरचना नै। मात्र यसले जनभावनालाई समातेको छ र पुराना राजनीतिक दलका कमजोरीमाथि खेल्दैछ। त्यसकारण आप अहिलेको स्थितिमा पुग्नुका पछाडि कुनै विशेष नभई सामान्य कारण छन्।
भारतले आफूलाई जतिसुकै ठूलो लोकतान्त्रिक मुलुक भने पनि यसभित्र सामाजिकरूपमा व्यापक विभेद, आर्थिकरूपमा चरम शोषण तथा असमानता र राजनीतिकरूपमा जनसहभागिताको खडेरी नै छ। ठूला भनिने राजनीतिक दलहरु परम्परागत खोक्रा सैद्धान्तिक राप ओकल्न र पुँजीवादी अर्थव्यवस्थाको वृद्धिदर नाप्नमा ब्यस्त रहँदा आमनागरिक सरोकारका विषयमा आफूलाई केन्द्रित गर्न सकेनन् तर भर्खरै जन्मिएको आपले जनसरोकारका आधारभूत आवश्यकता खानेपानी, बिजुली बत्ती, इन्धनलगायतका मुद्दालाई आफ्ना मुद्दा बनायो जसले उसलाई वर्तमान स्थितिमा पुग्न पहिलो खुड्किलाको काम गर्यो्े।

आपले दोस्रो हतियार चलायो राजनीतिक इमानदारिताको। दल जतिसुकै सैद्धान्तिक एवं संागठनिकरूपमा सुसज्जित होऊन् तिनको सफलता तबमात्र सम्भव हुन्छ जब तिनले आमनागरिकको साथ र सर्मथन प्राप्त गर्न सक्छन्। आमनागरिकको साथ र समर्थन दलहरुले तब पाउँछन् जब दलहरु राजनीतिकरूपमा इमानदार हुन्छन्। बेइमानी, छलकपट तथा चतुर्यापइँले दललाई अघि बढाउन सक्दैन। दल इमानदार हुनका लागि आफूले गर्न सक्नेसम्मका मुद्दा ग्रहण गर्दै तिनको सफल कार्यान्वयनमा ध्यान दिनुपर्छ। चर्का, काल्पनिक र आफ्नो क्षमताभन्दा बाहिरका मुद्दाहरुको उठानले दलहरुको इमानदारितामाथि प्रश्न चिह्न खडा गर्छ। आपले दिल्ली विधान सभाको निर्वाचनमा त्यति नै मुद्दा उठान गर्योा जति उसले मौका पाउँदा पूरा गर्न सक्थ्यो। जुन उसले ४९ दिनमात्र दिल्लीको सरकार सञ्चालन गरेर आफ्नो कथनी र करनीबीचको सामञ्जस्यता प्रमाणित गरेर पनि देखायो। परिणमतः आपको आर्कषण दिल्ली र दिल्लीबाहिरका जनतामाझ बढिरहेको छ।

दलको अस्तित्व तथा सञ्चालनार्थ आर्थिकलगायत अन्य स्रोत जरुरी हुन्छ त्यसमा दुई मत हुन सकिँदैन। आर्र्थिक तथा शासकीय पारदर्शिताले शासक सञ्चालक दल तथा व्यक्तिको सफलतामा महत्वपूर्ण भूमिका निर्वाह गर्दछ भन्ने कुरा पनि नकार्न सकिँदैन। दलहरुका आर्थिकलगायत् शासकीय गतिविधिले नै दलका एजेन्डा तर्जुमा गर्न भूमिका खेल्छ। जब दलहरु अपारदर्शी बन्छन् तिनका एजेन्डा पनि आमनागरिकको सरोकारभन्दा पर पुग्छन्। नागरिकका सम्वेदना र सरोकारबिहीन दलहरु निहित व्यक्ति र समूहको सेवामा समर्पित हुन पुग्छन् र आमजनताबाट टाढा हुन्छन्। जनताको समर्थनबिहीन दलहरु मनोवैज्ञानिकरूपमा कमजोर हुन पुग्छन्। मनोवैज्ञानिकरूपमा कमजोर दलहरु नीति तथा नेतृत्वबिहीन झुण्डमा रुपान्तरित हुन्छन्। नीति तथा नेतृत्वबिहीन झुण्डले न त आमनागरिकको साथ पाउँछ न देशलाई नै नया“ दिशा दिन सक्छ। आपको अर्को सवल पक्ष भनेको यसको आर्थिक तथा शासकीय पारदर्शिता हो। यसले पार्टी सञ्चालनार्थ संकलित रकम र त्यसको हिसाबकिताब मात्र हैन दलका हरेक गतिविधिमा आजका दिनसम्म पूर्ण पारदर्शिता अवलम्बन गर्दै आएको छ जसले गर्दा ऊ जनतासामु गर्वका साथ जान सक्छ र भन्न सक्छ– म जनताको पक्षमा काम गर्छु। यी र यस्तै सामान्य कारणले आप अहिलेको स्थितिमा पुगेको हो। यदि आपले आफूलाई यही तरिकाले अघि बढाएको खण्डमा भविष्यमा अझै ठूलो बाजी नमार्ला भन्न सकिँदैन। 

हुन त सांगठनिक तथा सैद्धान्तिकरूपमा आपले पूर्णता पाइसकेको छैन, न त यसको पूर्ण परीक्षण नै भएको छ तैपनि यसले भारतीय राजनीतिमा मात्र हैन, दक्षिण एसियाकै राजनीतिमा एक तहल्का ल्याएको छ। अहिले चलेका चर्चा/परिचर्चाकै आधारमा आप पाटीबारे कुनै निष्कर्ष निकालिहाल्नु हतारो हुनसक्छ तैपनि केसम्म भन्न सकिन्छ भने आपले अवलम्बन गरेका कतिपय कुरा व्यावहरिक तथा अनुकरणीय छन्। नेपाली राजनीतिक दलले पनि आफ्ना व्यावहारिक पक्षमा थोरैमात्र परिवर्तन गर्न सकेको खण्डमा नेपालका सबै दल आपजस्तै बन्न सक्छन्। 
नागरिक दैनिक
बिहीबार १५ फागुन, २०७० 

Friday, 21 February 2014

प्रधानमन्त्री सुशील कोइरालाले संसद बैठकलाई गर्नु भएको संबोधन

February 22, 2014
सम्माननीय सभामुख महोदय,
नेपाली जनताले आफ्नो अधिकार प्राप्तिकोलागि पटक पटक गरेका संघर्ष र बलिदानको परिणामस्वरुप स्थापित संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको प्रधानमन्त्रीको हैसियतले यस व्यवस्थापिका संसदको गरिमामय बैठकलाई संबोधन गर्न पाउदा म अत्यन्त गौरवान्वित भएको छु । सर्वप्रथम यस गरिमामय पदमा मलाई निर्वाचित गर्नुहुने यस सदनका माननीय सदस्यहरुप्रति सम्माननीय सभामुख महोदयमार्फत हार्दिक आभार प्रकट गर्न चाहन्छु । यस अवसरमा गत मंसीर ४ गते सम्पन्न संविधानसभाको निर्वाचनमा अभूतपूर्व सहभागिता जनाउने सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइलाई हार्दिक धन्यवाद दिन चाहन्छु । संविधानसभाको निर्वाचन शान्तिपूर्ण वातावरणमा धाँधलीरहित र निश्पक्ष ढंगले सम्पन्न गर्ने निर्वाचन आयोग,अन्तरिम मन्त्रिपरिषद् र यसका अध्यक्ष विशेष धन्यवादका पात्र हुनुहुन्छ । निर्वाचनलाई सफल बनाउन कार्यक्षेत्रमा खटिएका सम्पूर्ण सुरक्षाकर्मी एवं कर्मचारीहरु, निर्वाचनको सञ्चालन र पर्यवेक्षणमा खटिएका सबै स्वदेशी एवं विदेशी संघ संस्थाका प्रतिनिधि र स्वयंसेवकहरुको पनि महत्वपूर्ण योगदान रहेको मैले विश्वास गरेको छु ।
सम्माननीय सभामुख महोदय,
अनेकौं राजनीतिक र संवैधानिक जटिलतामा अल्झिएको मुलुुकको राजनीति पुनः सही मार्गमा आएको यस अवसरमा नेपालमा लोकतन्त्रको स्थापना, पुनःस्थापना र स्थायित्वको आन्दोलनमा जीवन उत्सर्ग गर्नुभएका सम्पूर्ण ज्ञात अज्ञात सहिदहरुप्रति म भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु । यस ऐतिहासिक अवसरमा नेपाली जनतालाई सार्वभौम अधिकार सम्पन्न बनाउन जीवनभर समर्पित अग्रज प्रजातान्त्रिक र वामपन्थी नेताहरुको योगदानको स्मरण र सम्मान गर्न चाहन्छु । एक दशकभन्दा लामो सशस्त्र संघर्षलाई शान्तिपूर्ण रुपमा अवतरण गराई नेपालको राजनीति , संवैधानिक र आर्थिक विकासलाई सही मार्गमा ल्याउन महत्वपूर्ण योगदान गर्नुहुने सबै नेताहरुको योगदानको म कदर गर्दछु । यस्तै मधेश आन्दोलनबाट मुखरित राज्यका सम्पूर्ण निकायमा सहज र समान सहभागिता एवं स्वाभिमानपूर्ण समावेशिताको भावनाको पनि म सम्मान र कदर गर्दछु ।
सम्माननीय सभामुख महोदय,
मंसिर ४ मा सम्पन्न संविधान सभाको निर्वाचनमार्फत अभिव्यक्त जनताको उत्कट चाहना र उच्च सहभागितालाई मैले निर्धारित समयमा संविधान निर्माण गर्ने शक्ति र पूँजीको रुपमा लिएको छु । यस संविधानसभामा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलहरुले पनि यसलाई आत्मसात गर्नुभएको मैले महशूस गरेको छु । संविधानसभाको निर्वाचनको क्रममा जनतासंग मतदानको आह्वान गर्दा हामी सबैले एक बर्षमा संविधान निर्माण गर्ने कबुल गरेका थियौं । यो साझा राष्ट्रिय दायित्वलाई पूरा गर्न राजनीतिक दलका नेताहरु देखाउनुभएको परिपक्वता र जिम्मेवारीबोधको प्रसंशा गर्न चाहन्छु ।
सम्माननीय सभामुख महोदय,
अघिल्लो संविधानसभाका दुइवटा मुख्य कार्यभार थिए । पहिलो, शान्ति संझौतालाई टुंगोमा पु¥याउने र दोस्रो, संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान निर्माण गर्ने । असाध्यै जटिल मानिएको लडाकू समायोजन तथा पुनःस्थापना जस्ता शान्तिप्रकृयाका कतिपय पक्ष अघिल्लो संविधानसभाको अवधिमा सम्पन्न भएका छन । म यो ऐतिहासिक जिम्मेवारी पूरा गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्नु हुने एकिकृत नेपाल कम्युनिष्ट पार्टी माओवादीका अध्यक्ष पुष्पकमल दहाल र सम्बन्धित सबैको योगदानको सराहना गर्दछु । संविधान निर्माणको जिम्मेवारी भने विभिन्न कारणले अघिल्लो संविधानसभाले पूरा गर्न सकेन । यो गुरुत्तर दायित्व अहिले हाम्रो काँधमा आएको छ । अब एक बर्षमा संविधान निर्माणको ऐतिहासिक जिम्मेवारी पूरा गर्ने सम्बन्धमा अघिल्लो संविधानसभाको अनुभव हाम्रालागि सबैभन्दा ठूलो पूँजी हुनेछ । यसले हासिल गरेका विधिसम्मत उपलब्धिलाई पुन विवादमा नल्याई ग्रहण गर्दा समयको बचत हुनाको साथै विगतमा विवादित देखिएका विषयहरुमा सहमति जुटाउन बाँकी समय उपयोग गर्न सजिलो हुनेछ ।
जनतालाई सार्वभौम अधिकार सम्पन्न बनाउन २००७ सालको जनक्रान्ति, २०१७ सालपछि प्रजातान्त्रिक र वामपन्थी शक्तिहरुबाट थालिएका सशस्त्र र शान्तिपूर्ण आन्दोलन, जननेता वी.पी. कोइरालाले अंगीकार गर्नुभएको २०३३ सालको राष्ट्रिय एकता र मेलमिलापको नीति, २०३६ सालमा बहुदलीय संसदीय व्यबस्थाको पक्षमा जनताले व्यक्त गरेको अभिमत, २०४२ सालको सत्याग्रह, २०४६ सालको जनआन्दोलन ,त्यसपछि शुरुभएको सशस्त्र द्वन्द्व र २०६२÷६३ को जनआन्दोलनका साथै मधेश आन्दोलनको भावनालाई लिपिबद्ध गर्ने यो नै सर्वोत्तम अवसर पनि हो ।
सम्माननीय सभामुख महोदय,
अब म मेरो नेतृत्वको सरकारका सम्बन्धमा केही प्रकाश पार्न अनुमति चाहन्छु । नेपालको अन्तरिम संविधान २०६३ को भावना र प्राथमिकतालाई आत्मसात गर्दै संविधानसभाको सबैभन्दा ठूलो राजनीतिक दलको सभापति र संसदीय दलको नेताको हैसियतले सहमतीय सरकार बनाउने भगीरथ प्रयत्न गरेको सर्वविदितै छ । निर्धारित समयमा सो प्रयास सार्थक नभए पनि संविधान अनुरुप नै संविधानसभाभित्र रहेका दलहरुको अधिकतम सहमति र सहभागिताको सरकार बनाउने प्रयास निरन्तर भैरहेको अवगत गराउन चाहान्छु ।मन्त्रिमण्डललाई पूर्णता दिने क्रममा देखिएको वर्तमान अन्योललाई आपसी संवाद र समझदारीका साथ यथाशीघ्र व्यवस्थापन गरी अगाडी बढ्ने प्रतिबद्धता यस सम्मानित सदनसमक्ष व्यक्त गर्न चाहन्छु । यस सम्बन्धमा फागुन ६ गते सम्पन्न संविधानसभाका सम्माननीय अध्यक्षको निर्वाचनको क्रममा विकसित भएको उच्च स्तरीय राजनीतिक संस्कारको म सराहना गर्दछु । नवनिर्वाचित सम्माननीय सभाध्यक्षज्यूलाई १ बर्षभित्रमा संविधान निर्माण गर्ने कार्यमा सफलता प्राप्त होस भन्दै बधाई समेत ज्ञापन गर्दछु ।
यो सरकार जनतालाई राज्यले दिनसक्ने सेवा र सुविधा सहज ढंगले जनसमक्ष पुु¥याउन अत्यन्त व्यग्र छ । जनतालाई सेवा पु¥याउन प्रशासनलाई जनमुखी बनाइने छ । सरकारमा सहभागी हुने दलहरुले संविधानसभाको निर्वाचनमा जारी गरेको घोषणापत्रमा आधारित भएर यो सरकारले आफ्नो साझा प्राथमिकता निर्धारण गर्नेछ । यस सम्बन्धमा मैले गत माघ २७ गते प्रधानमन्त्री पदमा आफ्नो उमेदवारी प्रस्तुत गर्दा व्यवस्थापिका संसदसमक्ष व्यक्त गरेका प्रतिबद्धतालाई यहाँ दोहो¥याउन चाहन्छु ।
सम्माननीय सभामुख महोदय,
गरिबी र पछौटेपन मुलुकको सबैभन्दा ठूलो समस्या रही आएको छ । आर्थिक विकासका कार्यक्रम दु्रत गतिमा सञ्चालन गरेर समृद्धि हासिल गर्दै त्यसको प्रतिफल तल्लोवर्गसम्म पु¥याएमा मात्र यो समस्याको समाधान गर्न सकिन्छ ।यसकालागि मुुलुकको प्राकृतिक सम्पदा र मानव स्रोतको उच्चतम प्रतिफल प्राप्त हुनेगरी उपयोग गर्न जरुरी हुन्छ । उच्च आर्थिक बृद्धिदर हासिल गर्नकालागि सरकारले आन्तरिक र बाह्य लगानी प्रोत्साहित गर्ने नीति लिनेछ । अपार जलसम्पदाको सदुपयोग, कृषिको विविधिकरण र व्यवसायिकरण, पर्यटन र औद्योगिक विकासका माध्यमबाट मुलुकभित्रै आर्थिक अवसरहरुको सिर्जना गरी बेरोजगारी र गरिबीको समस्या समाधान गरिनेछ । यसै सन्दर्भमा छिमेकी मित्रराष्ट्र भारत र चीन तथा हाम्रा आर्थिक र सामाजिक विकासमा साझेदारी गर्दै आएका अन्तराष्ट्रिय समुदायको समेत निरन्तर सहयोगको मैले अपेक्षा गरेको छु । नेपाल र नेपालीको बृहत्तर हितकानिम्ति सबै मित्र राष्ट्रहरु र संयुक्त राष्ट्रसंघ लगायतका अन्तराष्ट्रिय र क्षेत्रीय संस्थाहरुसंगको कुटनीतिक सम्बन्धलाई अझ विकसित गरिनेछ । आगामी दिनमा पूरा गर्नुपर्ने जिम्मेवारीका साथै माननीय सदस्यहरुले दिनुभएको विश्वास प्रति म पूर्णतया सचेत छु । शान्तिप्रकृयालाई टुंगोमा पु¥याउन विगतमा भएका समझदारीको कार्यान्वयन गर्दै बाँकी कामहरु सम्पन्न गर्ने ,समयमै संविधानको निर्माण गर्ने ,स्थानीय निकायको निर्वाचन गर्ने, मुलुकको आर्थिक विकासलाई गतिदिदै सामाजिक न्याय स्थापित गर्न साझा कार्यक्रम तय गर्ने, महंगी नियन्त्रण र राहत कार्यक्रम , प्रशासनलाई भ्रष्ट्राचारमुक्त र सदाचारयुक्त बनाई उत्तरदायी र पारदर्शी बनाउदै सुशासनयुक्त विधिको शासनको सुनिश्चितता लगायत मैले गत माघ २७ गते प्रधानमन्त्रीको उमेदवारी प्रस्तुत गर्दा गरेका बाचाहरुप्रति म पूर्ण प्रतिबद्ध रहने विश्वास दिलाउन चाहन्छु ।
सम्माननीय सभामुख महोदय,
हामीबीच कायम रही आएको आपसी एकता , सद्भाव र सहकार्यको भावनालाई अझ मजबूत बनाउदै संविधान निर्माणको पवित्र अभियानमा सरिक हुन आजको दिनले प्रेरणा दिने मैले विश्वास लिएको छु । नेपाली जनताको अथक संघर्षको परिणामस्वरुप प्राप्त लोकतान्त्रिक उपलब्धीलाई संस्थागत गरी स्थिर, शान्त, समृद्ध र सुदृढ मुलुक निर्माणमा अभिमुख हुन हामीलाई अझ बढी ऊर्जा र प्रेरणा प्राप्त होस भन्ने कामना सहित संविधानसभाभित्र र बाहिर रहेका सबै राजनीतिक दलहरुलाई संविधान निमार्णमा दृढ संकल्पका साथ सहकार्य गर्नका लागि हार्दिक आह्वान गर्दछु ।


जय नेपाल
२०७० फाल्गुन ९ 

Wednesday, 19 February 2014

प्रधानमन्त्रीः को कहाँका

नेपालमा गत २०७ वर्षमा ६२ पटक प्रधानमन्त्री हेरफेर हुँदा बडाकाजी कालु पाँडेदेखि खिलराज रेग्मी (अध्यक्ष) सम्म ३६ जनाले सरकार चलाएका छन् ।
  • नेपालमा पुस महीनामा कोही प्रधानमन्त्री भएका छैनन् । पुसमा हटाइएका प्रधानमन्त्री चाहिं बीपी कोइराला हुन् ।
  • महीनाको हिसाबले नेपालमा जेठ र चैतमा सात–सात, साउनमा पाँच, असार, भदौ, मंसीर, माघ र फागुनमा तीन–तीन, वैशाख र असोजमा दुई–दुई र कात्तिकमा एक जना प्रधानमन्त्री भए । त्यस्तै महीनाको हिसाबले नेपालमा जेठ र असारमा ६–६, चैतमा ५, साउनमा ४, वैशाख, मंसीर र फागुनमा ३–३, भदौ, असोज र माघमा दुई–दुई, कात्तिक एक र पुसमा एक प्रधानमन्त्री पदमुक्त भए ।
  • जातीय हिसाबले प्रधानमन्त्री वा मूलकाजी भएकामा चौतरिया, दरबारिया बाहेकका ३८ जनामध्ये ब्राह्मण १४, क्षेत्री सात, राणा कुँवर क्षेत्री १२, ठकुरी तीन, नेवार एक, सन्न्यासी एक गरी ३८ जना छन् ।

Tuesday, 11 February 2014

मन्त्रिपरिषद्का सम्माननीय अध्यक्ष श्री खिलराज रेग्मीज्यूको मन्तव्य

February 11, 2014
२०७० माघ २८ गते, मंगलबार । २०७० माघ २८ गते, मंगलबार ।
आदरणीय आदरणीय दिदिबहिनी तथा दाजुभाइहरु, दिदिबहिनी तथा दाजुभाइहरु, दिदिबहिनी तथा दाजुभाइहरु,
१. परिवर्तित एवं विकसित परिस्थितिका सन्दर्भमा यहाँहरुलाई सम्बोधन गर्न पाउँदा मलाई खुसी लागेको छ । आजको यस अवसरमा सर्वप्रथम, नेपाली जनताको अधिकार प्राप्तिका लागि इतिहासका विभिन्न चरणमा नेपाली जनताले गरेका संघर्ष, जनआन्दोलन तथा सशस्त्र द्वन्दका क्रममा सहादत प्राप्त गर्नुभएका समस्त सहिदहरुप्रति भावपूर्ण हार्दिक श्रद्धासुमन व्यक्त गर्दै सहिद परिवारजनप्रति श्रद्धा र सम्मान प्रकट गर्दछु । साथै, ती संघर्षका क्रममा घाइते र अङ्गभङ्ग हुनुभएका सबैको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु ।
२. नेपाली जनताले आर्थिक, सामाजिक तथा राजनीतिक रुपान्तरणका लागि गरेका विभिन्न पटकका संघर्षहरुमार्फत् अभिव्यक्त भएको उत्कट चाहनालाई साकार पार्ने लक्ष्यका साथ नेपालको इतिहासमा विभिन्न प्रकारका राजनीतिक प्रणाली स्थापना र सञ्चालन भए । लोकतन्त्र, विधिको शासन, मानव अधिकारको प्रत्याभूति, स्वतन्त्र न्यायपालिका, प्रेस स्वतन्त्रता, आवधिक निर्वाचन प्रणाली, संसदीय शासन व्यवस्था जस्ता विशेषताहरुलाई अवलम्बन गरी अगाडि बढिरहेको नेपाली राजनीतिक व्यवस्थाको इतिहासमा विभिन्न पटक संवैधानिक तथा राजनीतिक घटनाहरु विकसित हुँदै आएका छन् । यसरी विकसित राजनीतिक क्रमसँगै संवैधानिक दस्तावेजहरु निर्माण हुँदै आएको भएतापनि नेपाली जनभावनालाई प्रतिनिधित्व गर्ने संविधान निर्माण हुन नसकेको भन्ने राजनीतिक मागका आधारमा विभिन्न संघर्षहरु पनि नेपालमा हुँदै आएका थिए । जनप्रतिनिधि मार्फत् संविधान निर्माण गरी नेपाली जनताको अधिकार स्थापना गर्ने र देशको शासन व्यवस्था सञ्चालन गरी आर्थिक–सामाजिक रुपान्तरणमा उन्मुख हुने उद्देश्यका साथ संविधानसभाबाट संविधान निर्माण हुनुपर्ने मागका साथ निर्देशित त्यस्ता संघर्षहरुले नेपालमा विशेष अर्थ र महत्व राखेका छन् ।
३. देश र जनताको सुख, शान्ति र समृद्धिको आकांक्षा अनुरुपको राजनीतिक प्रणाली स्थापनार्थ नेपालको इतिहासमा भएका यस्ता थुप्रै संघर्ष र आन्दोलनहरुमध्ये विगतमा करिब एक दशक लामो सशस्त्र द्वन्द्वले नेपाली समाजको अग्रगमन र रुपान्तरणका मुद्दाहरु उठान गरी थुप्रै नेपाली दिदिबहिनी तथा दाजुभाइहरुले आफ्नो अमूल्य जीवनको आहूति दिएको हामी सबैलाई जानकारी नै छ । देशमा जारी तत्कालिन सशस्त्र द्वन्द्वको अन्त्य गरी नेपाली समाजलाई शान्ति र समृद्धिको मार्गमा अग्रसर गराउन नेपाली राजनीतिको समग्र पृष्ठभूमिमा वि.सं. २०६२÷६३ सालको जनआन्दोलनमार्फत् जनप्रतिनिधिहरुको संलग्नतामा संविधान निर्माण गर्ने लक्ष्यका साथ संविधानसभाको निर्वाचन गर्ने अभिलाषा व्यक्त भएको थियो । यही उद्देश्यका साथ वि.सं. २०६४ साल चैत्र २८ गते नेपालमा सम्पन्न भएको संविधानसभाको निर्वाचनबाट गठन भएको संविधानसभाबाट नेपाली जनताले अपेक्षा गरेको सुख, शान्ति र समृद्धिको चाहनालाई साकार पार्न कस्तो शासनप्रणाली अपनाउने भन्ने कुराको निर्धारण गरी देशलाई आवश्यक पर्ने संविधान निर्माण गर्ने अवसर प्राप्त भएको थियो । साथै, संविधानसभाबाट संविधान जारी नभएसम्मका लागि राजनीतिक सहमतिमा निर्माण भई तत्कालिन प्रतिनिधिसभाबाट जारी भएको र अन्तरिम व्यवस्थापिका–संसदद्वारा अनुमोदन भएको नेपालको अन्तरिम संविधान, २०६३ बाट हालसम्म निर्देशित हुँदै मुलुकको व्यवस्था सञ्चालन भइआएको छ ।
४. संविधानसभाको निर्वाचन सम्पन्न भई प्रारम्भ भएको तत्कालिन संविधानसभाको पहिलो बैठकले नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राष्ट्र घोषणा गर्दै संविधान निर्माणको कार्य प्रारम्भ गरेको थियो । तथापि, सो संविधानसभाबाटनिर्धारित समयमा संविधान निर्माण हुन नपाउँदै संविधानसभा विघटन भई संविधान निर्माणको उद्देश्यलाई पूर्णता प्रदान गर्न संविधानसभाको निर्वाचन पुनः गराउनुपर्ने दायित्व हामी सबैका सामु उत्पन्न हुनपुग्यो । तत्कालिन संविधानसभाको विघटनसँगै व्यवस्थापिका–संसदको समेत रिक्तता रहेको र नेपालको अन्तरिम संविधान, २०६३ ले व्यवस्थापिका–संसदको रिक्ततामा के गर्ने भन्ने कुनै परिकल्पना नगरेको अवस्थामा संवैधानिक र कानूनी प्रबन्धबिना कसरी अर्को संविधानसभाको निर्वाचन गर्ने र उक्त निर्वाचन सम्पन्न गर्न कस्तो सरकार निर्माण गर्ने भन्ने विषयमा समेत संवैधानिक जटिलता उत्पन्न हुनपुगेको थियो । यसैबीच संवैधानिक प्रावधानका आधारमा संविधानसभाको निर्वाचन सम्पन्न गराउने प्रयोजनार्थ राजनीतिक सहमतिमा नेपालको अन्तरिम संविधान, २०६३ को धारा १५८ बमोजिम तत्कालिन मन्त्रिपरिषद्को सिफारिसमा सम्माननीय राष्ट्रपतिज्यूबाट २०६९ साल चैत्र १ गते जारी भएको बाधा अड्काउ फुकाउने आदेशमार्फत् विशिष्ट परिस्थितिमा वर्तमान सरकार निर्माण भएको स्मरण गर्न चाहन्छु ।
५. मेरो नेतृत्वको सरकार गठनसँगै सरकारलाई समर्थन गरी नैतिक बल, हौसला र सहयोग प्रदान गर्नुहुने नेपाली दिदिबहिनी, दाजुभाइ, राजनीतिक दल, विभिन्न वर्ग, समुदाय, नागरिक समाज, बुद्धिजीवि, मानव अधिकारकर्मी, व्यावसायिक संघ सङ्गठन, सञ्चारकर्मी, अन्तर्राष्ट्रिय समुदायलगायत सम्पूर्ण आम जनसमुदायप्रति आजको यस अवसरमा पुनः एकपटक आभार प्रकट गर्दछु । साथै, वर्तमान सरकार गठन प्रक्रियाप्रति पृथक धारणा राख्नुहुने विभिन्न महानुभाव तथा व्यक्तिहरुका हकमा मलाई के भन्न मन लाग्दछ भने – त्यसप्रकारका धारणाहरु लोकतान्त्रिक अभ्यासका रुपमा व्यक्त भएका उहाँहरुका रचनात्मक अभिव्यक्तिहरु हुन्, जसले सरकारलाई आफ्नो कर्तव्य र जिम्मेवारीप्रति थप सजग भई कार्य गर्न पनि सहयोग ग¥यो । सैद्धान्तिक रुपमा कुनैपनि विषयमा धारणाहरु निर्माण हुनु एउटा कुरा हो, तर, त्यसप्रकारका सैद्धान्तिक मान्यताहरुको अभ्यास गर्दै जाँदा व्यावहारिक कठिनाई उत्पन्न भई त्यस्ता सैद्धान्तिक मान्यतालाई व्यावहारिक रुप दिनका लागि जीवनका कतिपय अवस्थामा अपवादका रुपमा भएपनि केही खास व्यवस्था अपनाउनुपर्ने हुन्छ भन्ने हामीले बुझ्नु आवश्यक छ । वस्तुतः यस सरकारको गठन मुलुकमा विकसित असहज राजनीतिक प्रक्रियाबाट उत्पन्न भएको बाध्यात्मक परिस्थितिको उपज हो । सामान्य अवस्थाका लागि प्रतिपादित र अपनाइएका सैद्धान्तिक मान्यताहरु असामान्य परिस्थितिमा स्वाभाविक ढङ्गबाट क्रियान्वित हुन नसक्ने भएकाले हरेक सैद्धान्तिक मान्यताहरुका अपवाद हुने गर्दछन् । तर, त्यस्ता अपवादको अभ्यासको उद्देश्य सैद्धान्तिक मान्यताहरुलाई निष्क्रिय बनाउने हुनुहुँदैन, सकारात्मक नतिजा एवं राष्ट्र र जनताको बृहत्तर हितका लागि निर्देशित हुनुपर्दछ । नेपालको विशिष्ट परिस्थितिमा निर्मित यस सरकारको निर्माण पनि यही मान्यताका आधारमा भएको थियो । यो सरकार जुन उद्देश्य र प्रयोजनका लागि निर्माण भएको थियो, सोही अनुसार कार्य थालनी गरी विधिवत्रुपमा संविधानसभाको निर्वाचन सम्पन्न गरी जननिर्वाचित सरकारलाई कार्यकारी अधिकार हस्तान्तरण गर्ने अवस्थासम्म आइपुगेको छ । जननिर्वाचित सरकारलाई जिम्मेवारी हस्तान्तरण गर्न व्यग्र रुपमा प्रतिक्षारत मेरो नेतृत्वको सरकारले मुलुकको शासन व्यवस्था जननिर्वाचित मन्त्रिपरिषद्लाई सुम्पिई जिम्मेवारीबाट विश्राम लिन पाउँदा म लगायत सरकारका सबै मन्त्रीहरु तथा अन्य सदस्यहरुलाई गौरव र सन्तोषको अनुभूति भएको छ ।
आदरणीय आदरणीय दिदिबहिनी तथा दाजुभाइहरु, दिदिबहिनी तथा दाजुभाइहरु, दिदिबहिनी तथा दाजुभाइहरु,
६. मेरो नेतृत्वको सरकारको मुख्य उद्देश्य संविधानसभाको निर्वाचन सम्पन्न गर्ने रहेकाले सरकारको समूल लक्ष्य र प्रयासहरु निर्वाचनको सफलतामा केन्द्रित गरिएको थियो । तथापि, सार्वजनिक हितमा लक्षित हुँदै शान्तिसुरक्षाको प्रत्याभूति, वस्तु र सेवाको सहज आपूर्ति र व्यवस्थापन, विकास निर्माण, सुशासन, मानवअधिकारको रक्षा र प्रबद्र्धन आदि लगायतका कार्यलाई सरकारले उच्च प्राथमिकताका साथ सम्पन्न गर्नुपर्ने अभिभारा सँधै रहेको हुन्छ । यस उद्देश्यमा सरकारले प्रारम्भदेखि नै अधिकतम् प्रयासहरु गर्दै आयो । सरकार गठन र विस्तारसँगै आर्थिक अनुशासन कायम राख्न र मितव्ययीता अपनाउन दोहोरो सुविधा नलिने र बिना आधार फजुल आर्थिक सहायता वितरण नगर्ने निर्णय गरिएको थियो । तत्कालिन अवस्थामा देशमा सुशासन कायम गराउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने विभिन्न संवैधानिक निकायहरु अख्तियार दुरुपयोग अनुसन्धान आयोग, लोक सेवा आयोग, निर्वाचन आयोग र महालेखापरीक्षकमा रिक्त पदाधिकारीहरुको नियुक्ति गरी संवैधानिक निकायलाई क्रियाशील बनाइएको थियो । सरकारले संवैधानिक निकायका पदाधिकारीको नियुक्तिसँगै पूर्ण आकारको बजेट पारित गरी आर्थिक क्षेत्रमा तत्कालिन अवस्थामा रहेको अन्यौलको स्थितिलाई सम्बोधन गरेको थियो । विगतमा विभिन्न पटक उत्पन्न अवरोधका कारण समयमै पूर्ण बजेट आउन नसकिरहेकोमा यस सरकारले समयमै पूर्ण बजेट सार्वजनिक गरेबाट अर्थतन्त्रको सञ्चालन सहज हुन पुगेको छ । नेपाललाई सन् २०२२ सम्ममा अल्पविकसित राष्ट्रबाट विकासोन्मुख राष्ट्रमा स्तरोन्नति गर्ने लक्ष्यसहित राष्ट्रिय विकास परिषद्बाट तेह्रौँ त्रि–वर्षीय योजना (२०७०÷७१–२०७२÷७३) को आधारपत्र स्वीकृत भएकोमा सोही अनुरुप मेरो नेतृत्वमा गठित सरकारबाट वार्षिक बजेट मार्फत विभिन्न विकास कार्यक्रमहरु र थप राष्ट्रिय गौरवका आयोजनाहरु पारित भएको अवस्था छ । यसका साथै, उपभोक्ता अधिकारलाई लक्षित गरी उपभोग्य वस्तुको सर्वसुलभ उपलब्धता, उचित मूल्य र गुणस्तर कायम गर्न सरकारले निरन्तर रुपमा विभिन्न प्रयासहरु गर्दै आएको कुरा सर्वविदितै छ । गैरकानूनी र अस्वस्थकर प्रतिष्पर्धालाई निरुत्साहित गरी बजार अनुगमनको कार्यमा सरकारको सक्रियता रह्यो भने मुख्य चाडपर्वहरुमा सुपथ मूल्य पसल सञ्चालन गरिएको पनि स्मरण गर्न चाहन्छु । आर्थिक तथा पूर्वाधार विकासकै सन्दर्भमा स्वदेशमा सम्भावना रहेका जलविद्युत, सुरुङ्गमार्ग, द्रूतमार्ग, विमानस्थल, औद्योगिक क्षेत्र आदिको निर्माणमा स्वदेशी तथा विदेशी लगानीकर्ताहरुलाई प्रोत्साहन गर्न सरकारका सम्बद्ध निकायहरु र लगानी बोर्डले अधिकतम् प्रयास गरेको छ । साथै, कृषि, घरेलु उद्योग, वन तथा वातावरण सन्तुलन, भू–उपयोग नीतिको कार्यान्वयन, सहकारी, साना तथा मझौला उद्योग व्यवसाय आदि क्षेत्रको प्रबद्र्धनमा यस सरकारको सक्रियता रह्यो । काठमाण्डौमा जारी सडक विस्तार कार्यलाई वर्तमान सरकारले तीव्रता दिया,े जुन कार्य हालसम्म जारी छ । यी सबै पक्षहरु मैले किन व्यक्त गर्न खोजेको हुँ भने – मेरो नेतृत्वको सरकार प्राथमिकताका साथ स्वच्छ, निष्पक्ष र शान्तिपूर्ण वातावरणमा संविधानसभा निर्वाचन सम्पन्न गर्न जति क्रियाशील थियो, सँगसँगै, विकास निर्माण, आर्थिक समुन्नति, शान्तिसुरक्षा, महिला र वालबालिकाको हित संरक्षण, मानवअधिकारको प्रबद्र्धन कायम गर्दै नेपाली जनतालाई सुशासन र समृद्धिको प्रत्याभूति दिलाउन पनि निरन्तर क्रियाशील रह्यो ।

आदरणीय आदरणीय दिदिबहिनी तथा दाजुभाइहरु, दिदिबहिनी तथा दाजुभाइहरु, दिदिबहिनी तथा दाजुभाइहरु,
७. २०७० साल मंसिर ४ गते स्वच्छ, निष्पक्ष, विश्वसनीय र शान्तिपूर्ण वातावरणमा ऐतिहासिक सफलताका साथ संविधानसभाको निर्वाचन सम्पन्न गरी यस सरकारले संविधानतः आफ्नो जिम्मेवारी पूरा ग¥यो । संविधानसभाको निर्वाचन सम्पन्न गर्न सरकारले गरेका सबै प्रयासहरुमा आम जनसमुदाय र विभिन्न समूहका व्यक्तिहरुले निर्वाह गर्नुभएको सकारात्मक भूमिका नेपालको इतिहासमा सदैव सराहनीय रहिरहनेछ । निर्वाचनको वातावरण सहज बनाई जनताको अत्यधिक सहभागिता सुनिश्चित गराउन विभिन्न राजनीतिक दल तथा नागरिक समाजका प्रतिनिधिहरुसँग वार्ता गरी नेपाल सरकारले आवश्यक नीतिगत र कानूनी सुधार गरेको कुरा यहाँ स्मरण गर्न उपयुक्त ठान्दछु । यस सन्दर्भमा मेरो नेतृत्वमा गठित सरकारले विभिन्न समयमा सर्वदलीय बैठकको आयोजना गरेको, विभिन्न राजनीतिक दल र पक्षहरुसँग छुट्टाछुट्टै छलफल गरी निर्वाचनको माहौल निर्माण गरेको कुरा पनि एकपटक स्मरण गर्न चाहन्छु । उक्त प्रक्रियामा सघाउ पु¥याउने सबैप्रति आभार व्यक्त गर्न चाहन्छु । साथै, देशको विशिष्ट परिस्थितिमा सम्पन्न गर्नुपरेको संविधानसभा निर्वाचनका क्रममा सरकारले गरेको प्रबन्ध र व्यवस्थापकीय कार्यमा साथ दिने सबै महानुभावहरु राष्ट्रप्रति जिम्मेवार रहेको कुरा मैले अनुभव गरेको छु । निर्वाचनका अवधिमा भएका केही अवाञ्छित गतिविधि र बन्द, हड्ताल, तोडफोड जस्ता क्रियाकलापबाट कत्तिपनि विचलित नभई त्यस्ता क्रियाकलापको स्वःस्फूर्त अवज्ञा गर्दै मतदाताले मतदानमा देखाएको अपार सहभागिताबाट हाम्रो एकता र राष्ट्रप्रतिको जिम्मेवारीबोधको भावना पनि उजागर भएको छ । यसरी ऐतिहासिक रुपमा सम्पन्न निर्वाचनको सफलतासँगै देशमा राजनीतिक स्थायित्व, शान्ति र समृद्धिको दिशा तय हुनपुगेको छ । यसका साथै, सबैभन्दा महत्वपूर्ण उपलब्धिका रुपमा संविधानसभाको गठन र व्यवस्थापिका–संसदको अधिवेशन प्रारम्भ भएको छ, जसबाट देशमा जनप्रतिनिधिमूलक सँस्था स्थापना भई संविधानले परिकल्पना गरेका प्रमुख अङ्गहरु सक्रिय भएका छन् । सँगसँगै, शक्ति पृथकीकरणको व्यावहारिक अभ्यास हुनसक्ने राजनीतिक र संवैधानिक अवस्था श्रृजना भएको छ । नवगठित संविधानसभाले नेपाली जनताको चाहना अनुरुपको संविधान निर्माण गरी जनताले अभिव्यक्त गरेको संविधान निर्माणको चाहनालाई मूर्त रुप दिनेछ भन्ने मेरो दृढ विश्वास छ । साथै, विधायिकी कार्यमा व्यवस्थापिका–संसदको भूमिका प्रभावकारी रुपमा सञ्चालन हुनेछ भन्नेमा म विश्वस्त छु । आफ्ना सबै सकारात्मक उद्देश्यमा नवगठित संविधानसभाका माननीय सदस्यहरुको कुशल नेतृत्व र जिम्मेवारीपूर्ण भूमिकाले पूर्ण सफलता प्राप्त गरोस् भन्ने शुभकामना व्यक्त गर्दछु ।
आदरणीय आदरणीय दिदिबहिनी तथा दाजुभाइहरु, दिदिबहिनी तथा दाजुभाइहरु, दिदिबहिनी तथा दाजुभाइहरु,
८. २०७० साल माघ २७ गतेको व्यवस्थापिका–संसद बैठकबाट नेपालको अन्तरिम संविधान, २०६३ को धारा ३८ को उपधारा (२) बमोजिम प्रधानमन्त्रीको निर्वाचन सम्पन्न भई मुलुकले निर्वाचित प्रधानमन्त्री प्राप्त गरेको छ । जनआकांक्षालाई सम्बोधन गर्दै देशको शासन व्यवस्था सञ्चालन गर्ने अभिभारा अब मन्त्रिपरिषद्को हुनेछ । नेपाली राजनीतिक इतिहासको विशेष परिस्थितिमा निर्मित मेरो नेतृत्वको सरकारले आफूलाई ऐतिहासिक रुपमा प्राप्त जिम्मेवारी सम्पन्न गरी जननिर्वाचित सरकारलाई जिम्मेवारी हस्तान्तरण गर्ने यो अवसर मेरा लागि जीवनमा सन्तोष र सुखद अनुभूति दिलाउने अविष्मरणीय क्षण बनेको छ । नवनिर्वाचित सम्माननीय प्रधानमन्त्री श्री सुशील कोइरालालाई यसै सम्बोधनमार्फत् हार्दिक बधाई ज्ञापन गर्दछु । साथै, संविधान निर्माणको कार्यलाई गति दिँदै देशमा सुशासन, शान्ति, विकास निर्माण र स्थायित्व र समृद्धि हासिल गर्ने उद्देश्यमा नवगठित सरकारलाई पूर्ण सफलता प्राप्त होस् भन्ने कामना गर्दछु ।
९. मेरो अध्यक्षतामा निर्मित सरकारको सफलता सरकारमा आसिन व्यक्तिहरुको मात्र होइन, यो सम्पूर्ण नेपाली जनताको सफलता हो भन्ने मेरो निष्कर्ष छ । लोकतन्त्रमा जनता सर्वश्रेष्ठ र सर्वोपरि हुने भएकाले जनताको निर्णय नै सबैभन्दा वैधानिक र वस्तुपरक मानिन्छ । सरकार गठन भएदेखि आफ्नो कर्तव्य पूरा गर्दै जननिर्वाचित सरकारलाई जिम्मेवारी हस्तान्तरण गर्ने दिनसम्म आइपुग्दा सरकारबाट भएका सबै
निर्णयहरु देश र जनताको हितमा केन्द्रित गर्दै आएको कुरा पुनः दोहो
¥याउन चाहन्छु । मेरो नेतृत्वको सरकार गठन गर्न तत्कालिन अवस्थामा संवैधानिक प्रबन्धअनुरुप जारी भएको बाधा अड्काउ फुकाउने आदेश सार्वभौम जनताको मतबाट स्थापित व्यवस्थापिका–संसदबाट अनुमोदन भइसकेकाले अहिले नेपालमा सबै संवैधानिक
जटिलताहरु पनि एकैसाथ निराकरण भइसकेका छन् । तसर्थ, अबका दिनहरुमा नेपालको संवैधानिक अभ्यास, राजनीतिक व्यवहार र लोकतान्त्रिक प्रणाली सँस्थागत रुपमा अघि बढाउन संविधानसभाबाट नेपाली जनताको चाहनालाई सम्बोधन गर्ने संविधान निर्माण हुनेछ भन्नेमा आशावादी भई अघि बढ्न सबैसँग आग्रह गर्दछु ।

आदरणीय आदरणीय दिदिबहिनी तथा दाजुभाइहरु, दिदिबहिनी तथा दाजुभाइहरु, दिदिबहिनी तथा दाजुभाइहरु,
१०. मैले जुन प्रयोजनका लागि देशको अति विशिष्ट र जटिल राजनीतिक परिस्थितिमा मन्त्रिपरिषद्को कार्यभार सम्हालेको थिएँ त्यस अवस्थाबाट संविधानसभाको निर्वाचन भई आज जननिर्वाचित मन्त्रिपरिषद् गठन हुने निश्चित अवस्थामा देश आइपुगेको छ । विभिन्न चुनौतीका बाबजुद यो नै मेरो अध्यक्षतामा निर्मित मन्त्रिपरिषद्को प्रमुख उपलब्धि र राष्ट्रको निकास हो । अब एक वर्षभित्र संविधान निर्माण गर्नु राजनीतिक दलहरुका सामु चुनौती र दायित्व रहेको छ । एक वर्षभित्र संविधान निर्माण भएमा मेरो आत्मालाई शान्ति मिल्नेछ र त्यही नै राष्ट्रले मलाई दिएको ठूलो पुरस्कार पनि हुनेछ । यस्तो विशेष परिस्थिति र राज्यको निकासको असहज यात्राको चरण पार भएको अवस्थालाई सम्झेर मेरा लागि अन्य निजी विषय समेत गौण हुन पुगेका छन् । देश र जनताप्रतिको सेवाको समर्पणभाव र त्यागको भावनाबाट नै मैले सरकार प्रमुखको जिम्मेवारी लिन पुगेको थिएँ, पदीय लालसाले होइन । त्यसैले पनि पुनः न्यायपालिकामा फर्की जाने भन्नेमा लाभ, हानि र दिनगन्तिको अङ्कगणितको आशक्ति भाव मेरा लागि अनाकर्षणको विषय बनेको छ ।
न्यायपालिका र कार्यपालिकामा रही देश र जनताको सेवा गर्ने अवसर जो नियतिले मलाई दियो, त्यो नै मेरा लागि पर्याप्त ठान्दछु र अत्यन्त सन्तुष्ट पनि छु । यद्यपि, पुनः न्यायपालिकामा गई कार्य गर्न संविधान, कानून र कुनैपनि सिद्धान्त मेरो अहिलेको अवस्थामा बाधक हुँदैन, किनभने, कर्ता स्वतन्त्र र निष्पक्ष भए न्यायपालिका स्वच्छ र स्वतन्त्र हुने हो । सिद्धान्तको सफल कार्यान्वयन पनि व्यक्तिको आफ्नो
इमान्दारिता र व्यावसायिकताबाट सिद्ध हुनेहुँदा यो व्यक्तिको इच्छाशक्ति, व्यवहार र चरित्रमा निर्भर गर्दछ । तसर्थ, यी विषयहरुको समग्रताका बीचमा आफ्नो अन्तस्करणको स्पन्दनलाई सुन्दै उपयुक्त निर्णय गर्नु श्रेयष्कर हुने मेरो विश्वास हो । उल्लिखित समष्टिगत परिवेश र अवस्थालाई विचार गरी आफ्नो अन्तरआत्माको
आवाजलाई सुन्दै मैले आजैका मितिबाट लागू हुनेगरी सर्वोच्च अदालतको प्रधान न्यायाधीश पदबाट राजीनामा दिई अलग हुने निष्कर्षमा पुगी नेपालको अन्तरिम संविधान, २०६३ को धारा १०५ को उपधारा (१) को खण्ड (क) बमोजिम सम्माननीय राष्ट्रपतिज्यूसमक्ष सर्वोच्च अदालतमा मेरो पदाधिकार रहेको प्रधान न्यायाधीशको
पदबाट राजीनामा दिएको छु ।

११. अन्त्यमा, नेपालको विशिष्ट राजनीतिक परिस्थितिमा संविधानसभा निर्वाचन सम्पन्न गर्ने प्रयोजनार्थ निर्मित मेरो नेतृत्वको सरकारको विगत करिब एघार महिनाको अवधिमा सरकारको सहज कार्य सञ्चालनमा प्राप्त सहयोग र सद्भावका लागि सम्माननीय राष्ट्रपति महोदयप्रति आभार प्रकट गर्दछु । साथै, समस्त नेपाली
दिदिबहिनी तथा दाजुभाइहरु, विभिन्न सरकारी तथा गैरसरकारी निकायहरु, निर्वाचन आयोग, राजनीतिक दल, निर्वाचन अधिकृत, राष्ट्रसेवक कर्मचारी, सुरक्षाकर्मी, नागरिक समाज, बुद्धिजीवि, मानव अधिकारकर्मी, कानून व्यवसायी, सञ्चारकर्मी, व्यावसायिक संघ सङ्गठन, अन्तर्राष्ट्रिय समुदाय लगायत सम्बद्ध सबैलाई सहयोग र सद्भावका लागि हार्दिकतापूर्वक धन्यवाद ज्ञापन गर्दछु । संविधानसभा सदस्य निर्वाचन–२०७० बाट गठित संविधानसभाबाट एक वर्षभित्रै नेपाली जनतामा सद्भाव, सुख, शान्ति र समृद्धिको आधार दिने संविधान जारी हुनेछ भन्ने अटल विश्वासका साथ संविधान निर्माणको कार्यमा नवगठित संविधानसभालाई पूर्ण सफलताको शुभकामना व्यक्त गर्दै बिदा हुन चाहन्छु । धन्यवाद ।।

Wednesday, 15 January 2014

बिपि कोइरालाका प्रसिद्ध उक्तिहरू


जीवन

१—जीवन नै एक सुनिश्चित जोखिम हो।
२—जीवनको सार्थकता कुनै उद्देश्यका लागि प्रतिवध्दतामा निर्भर गर्दछ। मानिस आफ्नो सङ्कल्प र आस्थाले यथार्थमा मानिस हुन्छ।
३—मेरो राजनैतिक जीवन खुलेको पाना हो। मलाई आफ्नो सम्बन्धमा सफाई दिइरहने एकदम आवश्यकता छैन।
४—प्रश्न;
 तर तपाईंको जिवन भन्नु त तिनै संकट, जेल, यातना, मुद्दा, अभियोग इत्यादिकै कहानी होइन र ? 
उत्तर—मैले बुझेको जिवन नै त्यही किसिमको हो। अरू किसिमको जीवनलाई मैले बुझेको छैन। मानिसले अरू जुन किसिमको जीवनयापन गर्छन्, त्यसमा मलाई कुनै आकर्षण हुँदैन। त्यस्तो खालको जीवनयापन गर्नु परेको भए म दिक्क हुने थिएँ, शायद त्यसै दिक्दारीबाट मर्ने पनि थिएँ। मलाई अर्को नयाँ जीवन दिइयो भने पनि मेरो यो जिन्दगी जस्तो भयो, त्योभन्दा फरक खालको जीवन हुने छैन। तपाईंको प्रश्नका दुइटा पक्ष छन् जस्तो मलाई लाग्यो। एक पक्ष त के हो भने एक राजनीतिज्ञका हैसियतले म सफल हुन चाहन्थे होइन ? मैले जुन किसिमको समाज निर्माण गर्न चाहेको थिएँ, जुन प्रकारको आर्थिक व्यवस्था सिर्जना गर्न खोजेको थिएँ र जुन कुरा सफल भएको भए त्यसको असर मालईभन्दा अरूलाई बढी पर्ने थियो, त्यसमा सफलता नभएकोमा मलाई चिन्ता हुन्छ। तर जहाँसम्म मेरो व्यक्तिगत कुरा छ, मलाई सफलता या असफलताको कुनै महत्व छैन। आफूले चाहेको काममा आफ्नो सम्पूर्ण क्षमताको प्रयोग गरियो र आफूले सक्ने जति सम्पूर्ण कुराको बाजी लगाइयो भन्ने कुरा आफ्नो अन्तरआत्माले इमान्दारीसाथ मान्नसक्छ भने, त्यसले मानिसलाई सन्तोष दिन्छ। मलाई अनुभव भएको कुरा पनि यही हो। साधारणतया मानिसले सफलता भनेर जे कुरालाई भन्छन् त्यस अर्थमा म सफल भइन। तर जब म मानिसहरूले सस्तो सफलता प्राप्त गरेको देख्छु, त्यसबाट उनीहरूले आत्मिक सन्तोष प्राप्त गरे होलान् जस्तो मलाई लाग्दैन। असफल नै भएपनि सत्कार्यका लागि प्रयत्न गरिरहँदा एकप्रकारको आत्मिय आनन्द हुन्छ, मलाई यही नै भयो भन्ने लाग्छ।
(बी.
 पी. कोइरालाको अन्तिम अन्तरवार्ताबाट)  

राष्ट्रियता र राष्ट्रिय एकता

१—१८१६ ई. सं. पछि नेपाल देश बन्यो, नेपाल राष्ट्र बनाउने प्रयत्न भएन। शरीरको ढाँचा खडा भयो, त्यसमा आत्मा आउन सकेन। फ्रेम बनाइयो तर तस्वीर राखिएन। तसर्थ नेपालको राष्ट्रियताको इतिहासमा १८१६ पछिको काललाई, नेपाली भाषाको विकासलाई छोडेर मरूभूमिको युग भने पनि हुन्छ।

२—हिजोसम्म हाम्रो (नेपाली कांग्रेसको) संघर्ष जनताको प्रजातान्त्रिक अधिकारको निम्ति मात्र थियो। त्यसोहुनाले हामीले प्रजातान्त्रिक पक्षमा मात्र बढी जोड दियौँ। आज यसमा एउटा नायँ आयाम थपिएको छ। नेपाली कांग्रेसलाई आज दोहोरो जिम्मेवारी आई परेको छ। यो दोस्रो जिम्मेवारी हो—देशको अस्तित्वको रक्षा गर्ने।

३—राष्ट्रियताको भावनात्मक विकास एउटै विचारधाराको प्रचारले हुँदैन, त्यो विकासको क्रम द्वन्द्वात्मक हुन्छ। विचारको संघर्ष राष्ट्रिय हितका सम्बन्धमा मतभिन्नताबाट निस्केको त्यो सामूहिक निर्णयको फराकिलो शिलाखण्डमा राष्ट्रियताको भावना गहिरिँदै, बाक्लिदै र फराकिलो हुँदै दृढतर हुँदै जान्छ।
४—राष्ट्रियताको विवेचनामा सर्वप्रथम तत्व र अन्तिम तत्व पनि जनता हो। राष्ट्रियता जनताको सामूहिक मनोभावलाई लक्षित गर्ने शब्द हो। सामूहिक रूपबाट समयमा आइपर्ने व्यापक समस्याहरूको समाधानमा लाग्नुपर्दा सहज किसिमले उत्पन्न हुने जनभावना नै राष्ट्रियता हो। राष्ट्रियताको यस परिभाषामा तीन तत्व सामेल छन्—व्यापक समस्या, त्यसको समाधानको सामूहिक प्रयत्न र त्यस प्रयत्नबाट सहज किसिमले उत्पन्न हुने भावनात्मक एकता। अर्को शब्दमा राष्ट्रियता भन्नाले लक्षित गर्ने तत्वहरू—(१) जनता (२) तिनको अगाडि उपस्थित भएको समस्या (३) त्यस समस्याको सबैले मिलेर समाधान गर्ने दिशापट्टीको सामूहिक प्रयत्न र (४) त्यस प्रयत्नमा अनुभव गरेको एकताको भावना।
 यसरी राष्ट्रियताको विचार गर्दा भूगोलको भूमिका गौण भएर जान्छ।

५—राष्ट्रियता माटो होइन, जनताको सामूहिक भावना (विचार) हो।

६—हाम्रो नेपाल अत्यन्त पछि परेको देश हो। यसको पछिपरेको अवस्थाले गर्दा यसमा देखा परेका यावत कमजोरीहरू र दुर्गुणहरू हुन आएका हुन्।

७—राष्ट्रियता र प्रजातन्त्र अविभाज्य छन्।

८—राष्ट्रिय एकता प्रजातन्त्रको जगमा मात्र खडा हुन सक्छ र प्रजातन्त्रको जग देशको उत्तरोत्तर आर्थिक विकास र न्यायपूर्ण आर्थिक व्यवस्थामा मात्र बलियो हुनसक्छ। तसर्थ हाम्रो (नेपाली कांग्रेसको) दृष्टिकोणमा—राष्ट्रियता, प्रजातन्त्र, विकास र उन्नति एक अर्कामा आधारित तत्व हुन्।

९—यदि हामीले केवल राष्ट्रियताको चर्चा गर्छौँ र प्रजातन्त्रका सम्बन्धमा मौन रहन्छौँ भने अधिनायकवादका पक्षधर हुने छौं र यदि प्रजातन्त्रको चर्चा गरेर राष्ट्र रक्षाको कुरोलाई उपेक्षा गर्छौ भने हामी विदेशी तत्वको हतियार बन्न सक्छौ।

१०—राष्ट्रिय एकता कतिपय राजनेतिक नेताहरूको संयुक्त बक्तब्य होइन। त्यसको आधार त्यस्ता संस्थानहरू हुन्, जसमा विभिन्न राष्ट्रिय तत्वहरू एकत्रित हुन सक्छन् र छलफल र निर्णयद्वारा राष्ट्रिय भावना सबल र कार्यशील बनाउन सक्दछन्। यसअर्थमा प्रजातन्त्रमा मात्र राष्ट्रिय एकता सम्भव छ।

११—राष्ट्रिय सहमति प्रजातन्त्रबाट मात्रै स्थापित हुन सक्छ। दुईजना मिलेर राष्ट्रिय सहमति हुन सक्दैन।

१२—हाम्रो नेपाल अत्यन्त पछि परेको देश हो। यसको पछि परेको अवस्थाले गर्दा यसमा देखापरेका यावत कम्जोरीहरू र दुर्गुणहरू हुन आएाक हुन्। एक त यसको कमजोरी यसको राष्ट्रियताको बलियो जग बसी नसकेकाले हो। यस कमजोरीलाई हामीले हटाउनु छ। तसर्थ देशमा राष्ट्रिय भावनालाई जगाउने त्यसको अभिवृध्दि गर्दै लैजाने। हामी सङ्कीर्ण भावना, जातिगत, सम्प्रदायगत जस्ता क्षुद्र भावनाबाट माथि उठी राष्ट्रियस्तरमा सोच्ने र विचार्ने गर्नु पर्छ। यसो गर्न सकेनौँ भने हामी पछि परेका परै हुनेछौँ र त्यस्तो कमजोर अवस्थामा हामी माथि विदेशीहरूको चाल सजिलैसँग छल्न सक्छ।

१३—यदि हाम्रा बिरोधीहरूको विचार हाम्रो (नेपाली कांग्रेसको) राष्ट्रिय प्रतिवध्दतासँग मेल खाँदैन भने हाम्रो तिनीहरूसँगको सम्बन्धको कुनै आधार रहँदैन। विदेशी सरकारबाट प्रेरित र सञ्चालित संगठनहरू या समूहहरू जुनसुकै किसिमको तिनीहरूको नारा भए तापनि अराष्ट्रिय हुन्।

१४—राष्ट्रियाताको धुकधुकी अनुरूप राजनीति गरे अनन्त शक्ति प्राप्त हुन्छ।

१५—राष्ट्रियताका लागि पनि प्रजातन्त्र नभइ हुँदैन। आफ्नो राजनीतिक अधिकार खोसिएको जनता राष्ट्रियताका प्रति जागरूक हुँदैन। प्रजातन्त्र त्यसै पनि वाञ्छनीय लक्ष्य हो। त्यसमा हाम्रो देशको राष्ट्रियताको संरक्षणका लागि अन् यो आवश्यक भएको छ। त्यसैले मैले राष्ट्रियता र प्रजातन्त्र अन्योनाश्रित छन् भन्दै आएको छु। हाम्रो प्रजातान्त्रिक विचारसँग मेल नखाने तत्वहरूसँग हाम्रो राम्रो सम्बन्ध सम्भव छैन।

१६—राष्ट्रियता भनेको हामी सबै हौं। हामी तपाईंको अधिकार खोसिएपछि राष्ट्र बलियो हुन्छ भन्ने कुरो मलाई मूर्खताको कुरो जस्तो लाग्छ। तपाईंहरू बलियो हुन सक्नुभयो भने, हाम्रो अधिकार रम्रोसँग प्रयोग गर्न सक्यौँभने राष्ट्र बलियो हुन्छ। निर्धा, निमुखा, अधिकार नभएको, आफ्नो बुध्दिले सोच्न नसक्ने जनताले कहिल्यै पनि राष्ट्रियताको निर्माण गर्न सक्दैनन्।
  

प्रजातन्त्र

१—प्रजातन्त्र बिना देश रहँदैन।

२—Democracy is indispensable for development.

३—प्रजातान्त्रिक समाजवादीहरूको अहिले नेपालमा प्रजातन्त्रको निम्ति जुन सङ्घर्ष छ त्यो सबभन्दा महत्वपूर्ण सङ्घर्ष हो।

४—हामी भन्छौ हामीलाई प्रजातन्त्र चाहिन्छ—यो केवल राजनीतिक र प्रजातान्त्रिक अधिकारका निम्ति मात्र होइन। बरू जनशक्तिलाई सञ्चालित गर्नका निम्ति जनतालाई
विकासको प्रकृयामा समावेश गर्नुका साथै नीति निर्धारण र व्यवस्थापनको प्रकृयामा सहभागी बनाउन पनि।

५—आज विश्वको एकमात्र राजनैतिक समस्या प्रजातन्त्र र त्यसको निम्ति संघर्ष हो। प्रजातन्त्र अविभाज्य छ। यदि तपाईं आफ्नो निम्ति प्रजातन्त्र चाहनुहुन्छ भने विश्वभर त्यसको निम्ति चलिरहेको संघर्षको अबहेलना गर्न पाउनु हुन्न।

६—प्रजातान्त्रिक व्यवस्थामा अहिंसा साधन र साध्य दुबै हुन्छ, साथै प्रजातन्त्र भनेको अहिंसात्मक व्यवस्था हो।

७—प्रजातान्त्रिक व्यवस्थामा अहिंसा साधन र साध्य दुबै हुन्छ साथै प्रजातन्त्र भनेको अहिंसात्मक व्यवस्था हो।

८—मलाई विश्वास छ नेपालमा प्रजातन्त्रको पनर्स्थापना हुने छ।

९—प्रजातन्त्र त बडो सन्तुलित, विरोधीहरूको पनो कुरा सुन्ने, सहनशील, तर सुन्ने मात्र होइन, विरोधीहरूले भनेको ठीक छ भने हो पनि भन्ने किसिमको पध्दति हो।

१०—प्रजातन्त्र नै तीन मूलभूत सिध्दान्तहरूको व्याबहारिक राजनीतिमा प्रयोग भएको समग्र रूप हो। यी तीन सिध्दान्तहरूमा कुनै एउटा मात्रै पनि व्यवस्थामा समावेश भएको छैन भने त्यो प्रजातन्त्र नै होइन। तीनकुट्टे टेबुल जस्तै एउटा खुट्टामात्र भएको छैन भने त्यो उभिनै सक्तैन। ती तीन अनिवार्य तत्व हुन्—(१) नागरिकको मौलिक या नागरिक अधिकार
 (नागरिक भन्ने शब्दले नै ती अधिकारका उपभोक्तालाई बोध गराउँछ। नागरिक अधिकार नपाएको व्यक्ति नागरिक होइन। मोटमोटी ती अधिकार हुन्—अभिव्यक्तिको स्वतन्त्रता, वैचारिक स्वतन्त्रता, आवत जावतको स्वतन्त्रता र सङ्गठनको स्वतन्त्रता।) (२) कानूनी राज्य(Rule of Law) अर्थात् यस्तो व्यवस्था जहाँ ऐन कानूनको संरक्षण, मर्यादा र नियन्त्रणमा नागरिकहरूले आफ्नो अधिकारको उपभोग गर्ने र दायित्वलाई पालन गर्ने छन्। सरकारको निरंकुशता, हुकुमी शासन, सरकारी विभागहरूको अन्याय र अत्याचारका विरूध्द कानूनी राज्यको संरक्षण नागरिकहरूलाई चाहिन्छ। शासनको कार्यपालिका अङ्गले गैरकानूनी कार्यवाहीद्वारा नागरिकहरूमाथि अत्याचार नहोस् भनेर कानूनी राज्यको सिध्दान्त प्रजातन्त्रको मूलभूत सिध्दान्तमा गनिएको छ। (३) राज्यको नीति निर्धारण र राज्यको शक्तिको प्रयोगमा जनताको साधिकार र निर्वाध उपस्थिति र हस्तक्षेपको सिध्दान्त—यि सिध्दान्त जनताको सार्वभौमिकताको सिध्दान्तलाई प्रतिफलित छ। राज्य (State)  जनताको साझा सम्पत्ति हो। त्यसोहुनाले त्यसका उपर जनताको सर्वाधिकार रहन्छ।त्यसको व्यवस्था गर्ने अधिकार पनि जनतालाई छ भन्ने विचार नै सार्वभौमिकतामा निहित छ भन्ने सिध्दान्त हो।

११—म भन्दा धेरै दु:ख पाएका र यातना सहेका, त्याग गरेका, तपस्या गरेका हाम्रो मुलुकमा सयकडौँ यङ्गमेनहरू छन्। म त चिनिएको छु, अरूहरू त प्रजातन्त्रको जगमा त्यस्ता गडेका पत्थरहरू हुन् जसलाई कसैले छिन्दैन। प्रजातन्त्रको त्यो मन्दिरका तल गडेका जगमा रहेका ढुङ्गा जस्ता कति शहिदहरू भए, आजको उत्साहको दिनमा हामीहरूले तिनीहरूलाई सम्झिनु पर्छ, जसको त्याग र वलिदानबाट आज यस ठाउँमा म उभिएर तपाईँहरूसँग केही भन्न पाईरहेछु।
(जेठ २५, २०३६ सालमा काठमाण्डूको टुँडीखेलमा गरेको भाषणबाट) 
१२—मानिस जन्मदै परतन्त्र जन्मन्छ अनि उसले जे जति गर्छ सबै आफ्नो स्वतन्त्रताको लागि गर्छ। शिक्षा, दर्शन, राजनीति, जे पनि किन नहोस् प्रत्येकमा उसको स्वतन्त्रताको लालसाले काम गरेको हुन्छ।

१३—हामी भन्छौं हामीलाई प्रजातन्त्र चाहिन्छ—यो केवल राजनीतिक र प्रजातन्त्रिक अधिकारको निम्ति मात्रै होइन। बरू जनशक्तिलाई सञ्चालित गर्नका निम्ति, जनतालाई विकासको प्रक्रियामा समावेश गर्नुका साथै नीति निर्धारण र व्यवस्थापनको प्रक्रियामा सहभागी बनाउनका निम्ति पनि।

१४—प्रजातन्त्र नभए देश रहँदैन, राजा रहँदैनन्, हामीहरूको त कुरै भएन। त्यसैले आजको राष्ट्रियताको नारा हो—प्रजातन्त्र। 
(जेठ २५, २०३६ सालमा काठमाण्डूको टुँडीखेलमा गरेको भाषणबाट) 

१५—देशमा प्रजातन्त्रको पुनर्स्थापना गरिनु पर्दछ। त्यसो नभएमा शल्यक्रियाद्वारा बच्चा पैदा गराए जस्तै अन्य उपायद्वारा पनि प्रजातन्त्रको स्थापनाको लागि जनताले सोच्नु पर्ने छ।

हामी प्रजातान्त्रवादीहरूको कर्तव्य

 १—हामीले आफ्ना विरोधीहरूलाई सैध्दान्तिक आधारमा जित्ने प्रयत्न गर्नु पर्छ। उनीहरूको विश्वास प्राप्त गर्ने प्रयत्न गर्नु पर्छ। हाम्रो विरोधमा लागेका अधिकांश व्यक्तिहरू नबुझेर त्यसो हुन पुगेका हुन्। तिनीहरूलाई आफ्नो पक्षमा ल्याउने प्रयत्न गर्नु पर्छ।

१२—हामीले हाम्रो आफ्नो सिध्दान्तलाई त्यागेर कसैसँग कुनै पनि हालतमा सम्झौता गर्नु हुँदैन। तर हाम्रो विरोध कटुताहीन र सैध्दान्तिक हुनु पर्छ, व्यकतिगत हुनुहुँदैन।

राष्ट्रिय अस्तित्वको संकट

१—हाम्रो राष्ट्र अल्पसंख्यक जातिहरूको समूह हो। कुनै पनि जाति अरु जातिहरूको दाँजोमा अल्पसंख्यक छ। त्यसोहुनाले जातीय आधारमा यहाँ राजनीति सफल हुन सक्तैन। कुनै पनि क्षेत्रबाट कसैले जातिको आधारमा चुनाव जित्छु भन्ने आशा गर्न सक्तैन।

२—अन्यायको अनुभव कुनै समूहमा हुनगयो भने राष्ट्रको बलियो जग बनाउनमा ठूलो अडचन पर्छ।

३—हाम्रो नेपालका सम्बन्धमा तीनवटा ऐतिहासिक दायित्व हामीले (नेपाली कांग्रेसले) एकैचोटी पूरा गर्नु परेकोछ—(क) राष्ट्र बचाउनु (ख) प्रजातन्त्र ल्याउनु
  (ग) देशको आर्थिक वा सर्वाङ्गीण विकास गर्नु। 

४—हामीले स्पष्ट देखेका छौ, अराजकता र उग्रवादको सामना हाम्रो प्रजातान्त्रिक राजनीतिले गर्न सकेन भने अर्को तत्वले गर्छ—फासिष्ट सैनिक तानाशाहीले, जसको ज्वलन्त उदाहरण पाकिस्तान छ, या विदेशी सैनिक हस्तक्षेपले, जसको उदाहरण अफगानिस्तान छ। 

५—समाजको कुनै वर्गले अन्यायको अनुभव गरेसम्म राष्ट्रको जग मजबूत हुँदैन।

६—कुनै वर्ग वा सम्प्रदायसित हाम्रो शत्रुता कदापी छैन। नेपालमा बस्ने वा ऊ सित कुनै प्रकारको सम्बन्ध हुने सबै व्यक्ति हाम्रा दाजु-भाई हुन्।सम्पूर्ण देशको उन्नति नै हाम्रो अभिष्ट लक्ष हो। यसकारण कुनै वर्ग बिशेषले हामीबाट व्यक्तिगत अनिष्टको आशंका गर्नु उचित छैन। हाम्रो निमित्त सबैको सहायता ग्राह्य छ र हामी जाति, वर्ग वा कुलको पर्वाह नगरी योग्यताको विचार गर्दै सबका सहायक बन्ने छौँ। सम्पूर्ण राष्ट्रको उन्नति र अभ्यूदयमा नै हामी प्रयत्नशील रहेका छौँ।

जनशक्ति (जनता)

१—देश भन्नुहोस चाहे राष्ट्र भन्नुहोस—त्यो भूगोल होइन, त्यो माटो होइन, त्यो यथार्थमा जनता हो। जुन कुराले जनताको हित हुन्छ त्यही कुरो देश हितको कुरो हो। जनताको अधिकार हनन् देशको अधिकार हनन् हो।

२—राजनैतिक अधिकारबाट बञ्चित भएको नागरिक राष्ट्रको नागरिक हुँदैन। त्यो शोषित दलित रैति हुन्छ।नागरिक र रैतिमा धेरै फरक छ—यद्यपी दुबै एउटै देशका बासी भए पनि। नागरिक देशका समस्यालाई बुझ्ने, बुझ्न खोज्ने, चनाखो, आफ्नो अधिकार र जिम्मेवारीलाई बुझेको व्यक्ति हो। रैती निमुखो हुन्छ। त्यो अर्काको खटनमा हिँड्छ। उसलाई देशका प्रति न चाख हुन्छ, न अधिकारका प्रति जागरूकता। त्यो कुनै जिम्मेवारी लिँदैन, किनभने आज्ञा पालन गर्ने स्वभाव उसमा निर्मित भएको हुन्छ। नागरिकहरूबाट राष्ट्र बन्छ, रैतखीबाट बन्न सक्दैन।

३—नेपाल भनेको नेपालका ती गरीब जनता हुन्; जसको आङमा फाटेको र मैलो लुगा छ। टाउकोमा घेरा मात्र भएको टोपी छ। बिरामी परे ओखती-मूलो पाउँदैनन्। आफ्ना छोरा-छोरीलाई शिक्षा-दिक्षाको प्रबन्ध गर्न सक्तैनन्। जसलाई बिहान खाए बेलुका के खाउँ र बेलुका खाए बिहान के खाउँ भन्ने समस्या छ। तीनै गरिभ किसानको देश हो—नेपाल।
 ठूला-ठूला महलमा बस्ने र मोटरमा हिँड्ने त यहाँ १० प्रतिशत पनि छैनन्। तिनीहरू नेपाल होइनन्।

४—ठूला-ठूला महल र अट्टालिमा बस्नेलाई म जनता भन्दिन। त्यो त एक प्रतिशत पनि छैन जो मोटरमा हिँड्छ, राम्रो लगाउँछ र राम्रो खान्छ। जनता त गाउँमा बस्छन्।

५—अर्धनग्न हाम्रा निरीह जनता आफ्नो पुर्ख्यौली थलोमा जीविकाको केही उपाय नदेखेर प्राण रक्षाका लागि हिन्दुस्तानतिर पस्छन्।

६—जनताबाट म विश्वास चाहन्छु, आशा होइन। विश्वासमा सक्रियता, कर्मण्यता, सहउद्यमी, साख्यभाव परिलक्षित रहन्छ। आशा अकर्मण्यता र परमुखापेक्षी भावना हो।

७—मलाई नेपाली जनताले श्रेय दिन खोज्दछ भने एउटै कुरामा देओस् कि मैले देशभित्र, देशको सामर्थ्यलाई बुझेको रहेछु र देशको सामर्थ्यलाई मैले मुखरित गर्ने कोशिस गरेको रहेछु।

८—मलाई नेपाली जनतामाथि विश्वास छ। म राजनीतिमा लाग्ने थिइन यदि जनतामाथि विश्वास नभएको भए। यो देशको तकदिरमाथि मलाई यत्रो विश्वास नभएको भए म दश वर्ष जेलमा बस्दा र फाँसिको फन्दाको नगिच पुग्दासम्म म बाँची रहने थिइन।

९—जस्तोसुकै विद्वान्, प्रतिभाशाली, कार्यनिपुण भए पनि देशलाई चाहिएको नेतृत्ववर्गमा तिनले स्थान पाउन सक्दैनन्, जबसम्म तिनीहरूको जरो जनमानसमा पसेको हुन्न। नत्रभने सबै दार्शनिक या प्रोफेसर राष्ट्र निर्माता हुन्थे।

जनताको अधिकार र कर्तब्य

१—जनताको अधिकारको अपहरणले राजनीतिमा दमनको रूप लिन्छ र त्यसले आर्थिक क्षेत्रमा शोषणको रूप लिन्छ। अर्थात् आर्थिक क्षेत्रमा भइरहेको शोषणको अन्त्य गर्न राजनैतिक अधिकार नभएको ठाउँमा सकिदैन; किनभने कसैले पनि शोषणका विरूध्द आवाज उठाउन राजनीतिक अधिकार हुनुपर्छ। जबसम्म अन्यायका विरूध्द लड्ने अधिकार कुण्ठित रहन्छ तबसम्म दमन कायम रहिरहन्छ।

२—जनतालाई विकास कार्यका लागि उत्प्ररित हुने राजनैतिक संस्थाहरू मध्ये एक मौलिक अधिकारको प्रत्याभूति हो।

३—मानिसलाई मानव अधिकारले नै मानिस हो भनेर स्थापना गर्दछ। बाँचेर मात्रै मानिस होइदैन। आफ्नो मानव अधिकारका साथ उसले बाँच्नुपर्छ भन्ने सिध्दान्तको मैले प्रचार गरेको हुँ। त्यसैले मौलिक प्रजातान्त्रिक अधिकारलाई मानिसको जन्मसिध्द अधिकार भन्दछन्।

४—जन अधिकारको अपहरणले राजनीतिमा दमन, अर्थतन्त्रमा शोषणको रूप लिन्छ। म यी दुबै कुराको विरूध्दमा छु।

सम्विधान

१—तेल पुगेको असल यन्त्रको लक्षण हो ध्वनिहीन हुनु सानो स्पन्दन बाहेक। त्यस्तै सम्विधानको सञ्चालित प्रक्रिया पनि स्वाभाविक हुनु पर्दछ कि त्यो बोधहीन नहोस् र साथै यति सरल कि त्यसको पाठ साधारण नागरिकका लागि पनि बोधगम्य होस्।

२—कुनै सम्विधानको अध्ययन गर्दा त्यसका चिसा अक्षरमुनि कुनै स्पन्दित भइरहेको न्यानो आत्मा छ कि छैन भनेर खोज्छु। अधिकारको दस्तावेजभन्दा इरादाको अठोट खोज्छु। अधिकारको कागजी रूपलाई मात्र प्राप्त गर्ने कसैको उद्देश्य रह्यो भने त्यसले कागजको खोष्टो मात्र पाउँछ।

आर्थिक विकास

१-—म कुनै आर्थिक विशेषज्ञ होइन तर जुन विकासले ग्रामीण जनतालाई पछाडी छोडिदिन्छ त्यो विकास विकास नै होइन। मेरो विचारमा शहरको सुविधामात्र हेर्ने, गाउँको वेवास्ता गर्ने विकास विकास हुनै सक्दैन। किनभने नेपाल गाउँ नै गाउँले बनेको देश हो।
समाजजवाद

१—समाजवाद भविष्यको लहर हो भन्ने हामीलाई लाग्छ। समाजवाद तेस्रो विश्व भनौं या असंलग्न विश्वको स्वाभाविक मित्र हो। समाजवादीको मियोमा बाँधिएनन् भने यो तेस्रो विश्वका देशहरू या त फासिष्ट सैनिक तानाशाहीतिर जान्छन या कम्युनिष्ट तानाशाही या कुनै सुधारविरोधी प्रतिक्रियावादी धार्मिक मौलिकतावादी तानाशाहीतिर। त्यसकारण हाम्रो तेस्रो विश्वका समाजवादीहरूका अघिल्तिर एउटा ठूलो चुनौती छ। आज समाजवादको आकर्षणको केन्द्रविन्दु यूरोपबाट हटेर तेस्रो विश्वमा पुगेको छ जहाँ समाजवाद जीवनको एउटा प्रेरणादायी आदर्श र विकासको नमुनाका रूपमा सान्दर्भिक बनेको छ। यदि नेपालको कुनै भविष्य छ भने, बाँच्ने एउटैमात्र उपाय त्यही हो। समाजवादका मुख्य दुइटा पोया छन्—१—राजनीतिक स्तरमा प्रजातन्त्र
 २—आर्थिक क्षेत्रमा गरीब जनतालाई न्याय दिने विकास। यी दुईपक्ष बिना गरीबी उन्मूलन गर्छु भन्नु रा राजनीतिक स्वतन्त्रता ल्याउँछु भन्नु असम्भव कथा हाल्नु बराबर हो। यो केवल आदर्शको प्रश्न अथवा जीवनको उत्कृष्ट मूल्यमा विश्वास राख्ने प्रश्न मात्र होइन; यो जीवनमरणको प्रश्न हो।

२—समाजवादको एउटा मुख्य लक्ष छ जसले यस महान आन्दोलनलाई प्रेरणा दिन्छ। त्यो हो—समानता।
 समानता भनेको—राजनीतक तथा आर्थिक समानता। समानताका दुईटा पूर्वावश्था छन्—(१) समाज देँवि संरचना होइन। त्यो सुध्द भौतिक व्यवस्था हो।जसको उद्देश्य हो, समाजका सदस्यहरूको सर्वाधिक कल्याण र सुरक्षा। कल्याण र सुरक्षाको अर्थ शुध्द भौतिक छ आध्यात्मिक होइन। (२) समाजका सदस्यहरूको आकांक्षा  र आवश्यकताहरू प्राय: समान हुन्छन्। अर्थात् सदस्यहरूको खाने, लाउने, बस्ने आवश्यकता प्राय: सबैको सामन हुन्छ। उनीहरूको कला या विज्ञानको वृत्ति पनि प्राय: समान हुन्छ। जसका लागि आफ्नो वृत्तिको विकास गर्न सबैले समान अवसर पाउनु पर्छ।

तानाशाह

१—कम्युनिष्टहरू तानाशाहीलाई मान्दछन्। सर्वहाराको तानाशाही उनीहरूको सिध्दान्त हो। म त्यसलाई मान्दिन।

२—तानाशाही व्यवस्थालाई प्रजातान्त्रिक संज्ञा दिने प्रयत्न गर्नु एउटा असत्यलाई अर्को असत्यले ढाकछोप गर्ने प्रयत्न मात्र हो।

३—निरंकुश व्यक्ति प्रारम्भमा जस्तो भए तापनि अवस्यंबावी रूपले विग्रँदै जान्छ। उदार निरंकुशता एउटा निरर्थक अभिव्यक्ति मात्र हो। त्यसोहुँदा कुनै कारणले पनि अधिकारच्यूत तानाशाहको भयङ्कर दुर्गति हुन्छ र एकपछि एक गर्दै उसका कुकृत्यको भण्डाफोर हुँदै जान्छ।

४—दलबिहीन वा एकदलीय व्यवस्था स्वेच्छाचारी हुन्छ, निरंकुश प्रवृत्तिको शासकले नागरिकहरूलाई यातना दिन्छ र मौलिक अधिकारको पूर्णरूपेण उपेक्षा गरेको हुन्छ।

अध्यात्म
१—धर्मको विरूध्दमा त म पटक्कै छैन, छँदै छैन। तर सबैलाई थाहा छ म धर्मको अभ्यास गर्दिन।

२—ईश्वर छ तर प्रचलित होइन जस्तो कि हाम्रो नियतिको निर्माताको रूप होइन। ……ईश्वर कवितामा हुन्छन्, ईश्वर सपनामा हुन्छन्। ईश्वरलाई विज्ञानको माध्यमले व्याख्या गर्न सक्नु हुन्न। भौतिक आधारमा व्याख्या गर्न सक्नु हुन्न। ईश्वर भन्नु एक आध्यात्मिक अनुभव हो।

३—माटोले मानिसलाई यथार्थवादी र जलले भाववादी बनाउँछ। अनि मान्छे कहिल्यै पनि नसिध्दिने कौतूहलको विषय बन्न जान्छ।

४—मानिसलाई खान पाएर मात्र पुग्दैन। जीवनका अरू पक्षहरू छन् जो महत्वपूर्ण छन्, सायद बढी महत्वपूर्ण। ती रहस्यहरूको तपाईंलाई अनुभव भएको छैन भने या तीनबाट चकित हुनुभएको छैनभने तपाईंले जीवन पूर्ण रूपमा बाँच्नु भएन।

५—मलाई देवताले केही अनुकम्पा गर्लान भन्ने त्यस्तो लाग्दैन। मे देख्दछु कति साना बच्चाहरू मरिरहेका छन्। आमाहरूले कल्पेर कति देवताहरूको प्रार्थना गरेका होलान्। कतिको दुलाहा मरेका होलान्। घर बरवाद कतिको भयो होला। ती सब कुराहरू देख्दा भने मलाई ईश्वरको विशेष अनुकम्पा हुन्छ भन्ने लाग्दैन।

६—मानिसको जुन संकट छ—मानसिक होस् वा अध्यात्मिक, त्यसको निवारण उसको आत्मवलमा छ। सानो एउटा संकटले कतिलाई छटपटाएर मारिदिन्छ। कोही मान्छे त्यो संकट माथि विजय प्राप्त गर्छ। ……दैवी शक्ति भन्ने कुरा त्यसबाट नि:सृत हुन्छ।

७—मैले कुनै मन्दिरमा गएर मलाई यसो गरिदेऊ भनेको छैन। त्यसमा मलाई पत्यारै छैन किनभने म भन्दा पनि बेसी खाँचो भएका मानिस त्यहाँ पुगेका छन् र उसमा पूरा भरोसा पनि गर्छन्। मैले त्यो देखिरहेको छु भने मेरो कुरा किन पूरा हुन्छ ? त्यसोहुनाले म भन्दा पनि भन्दिन। तर मन्दिरमा जाँदाखेरी मलाई एउटा सम्वेदनशीलताको, अर्काका प्रति एउटा करूणाको भाव जागृत हुन्छ। त्यो नै मलाई लाग्दछ—मेरा निम्ति मन्दिरको त्यो महत्व छ। मन्दिरमा जान्छु म तर देवताबाट कुनै आशा गरेर जान्न तर म त्यहाँको वातावरणबाट केही न केही प्राप्त गर्दछु।

साहित्य र कला र संस्कृति

१—कुनै पनि कला मर्यादित हुँदैन। आफ्नो मर्यादा यसले आफैँ सृजना गर्छ।

२—साहित्य सभ्यताको प्रतिक हो।

३—संगित र भावको सममिश्रणबाट जन्मेको उच्चतम दर्शन नै साहित्य हो।

४—सहित्य जीवन जस्तै व्यापक छ। यथार्थमा समग्र जीवनको प्रतिविम्व नै साहित्य हो।

५—मेरो साहित्यिक उद्देश्य नियम बनाउने नभएकाले त्यसमा इन्साफको खोजी गरेमा त्यो त्यहाँ पाइने छैन।

६—साहित्यमा सम्राट पनि नाङ्गो हुन्छ।

७—जीवनका अनन्त ज्वालाबाट टिपेको शब्दमा बाँधिन सकेको भावको नाजुक फिलिंगो हो—कविता।
 जसले कुनै निहित अर्थको संकेत हाम्रो अन्तर चेतनामा झल्काउँछ।

८—लेखकको स्वतन्त्र अभिव्यक्ति माथि भाषिक विद्वता छाँटिनु उपयुक्त होइन किनभने स्वतन्त्र अभिव्यक्ति माथि भाषिक विद्वता छाँटिन थालियो भने भाषा र साहित्यको विकास अवरूध्द हुन्छ।
९—कला, साहित्य मानिसको अन्तर्प्रेरणा प्रवृत्तिको अभिव्यक्ति हो। कला सुरक्षा चाहँदैन, स्वतन्त्रता छाहन्छ। उसलाई हिँडिसकेको बाटोमा खुट्टा चाल्न मन लाग्दैन। आफूले हिँड्ने बाटो आफै बनाउन चाहन्छ। भौतिक तृप्तिभन्दा दैवी असन्तोषलाई ऊ अँगाल्छ। फ्रायडको सिध्दान्तलाई म मान्दछु तर अझ अघि बढेर म आज नैतिकत (Morality) मा पुगेको छु।

१०—म राजनीतिको मत साहित्यमा राख्न बिल्कुलै रुचाउँदिन। राजनीतिको घेरा साँगुरो छ—कानूनको निर्देशनमा, नियमवध्दतामा बाँच्छ र साहित्य विराट् शास्ततामा। राजनीति चारैतिरबाट बन्द छ र कला चारैतर्फ खुला।

११—राजनीतिमा म अन्तर्प्रेरणाले उकासिएको छु भने साहित्यमा ठीक विपरित अन्तर्प्रेरणाले। म राजनीतिमा समाजवादी हूँ भने साहित्यमा अराजकतावादी।

१२—भाषा व्याकरणका अधिनमा रहनु हुँदैन किन कि व्यकरण पनि राजनीति जत्तिकै अग्राह्य छीज हो। भाषा जति उन्मुक्त रहन्छ त्यति नै त्यो गतिशील रहन्छ।

१३—म युनिभर्सल कल्चर (विश्व संस्कृति) मा विश्वास गर्दछु।

१४—कसैको शिरमा कालो टोपी छ कि छैन भन्ने कुराले कुनै अर्थ राख्दैन। यथार्थमा संस्कृति भनेको मानवको व्यबहार हो।

१५—समालोचक हुन पर्याप्त ज्ञान र सीपको आवश्यकता हुन्छ।

१६—लक्ष्मीप्रसाद देवकोटा अभावमा पनि रसरङ्ग देख्ने, गरीबीमा पनि धनीपन देख्ने सर्वव्यापी भावना भएका हुनुहुन्थ्यो। देवकोटाको सम्वेदनशीलता व्यापक छ ।
साभारः सशाँक कोइराला ।

Infographics: The state of global youth unemployment

August 13, 2016 00:05 AM ,  Republica